२६ चैत, काठमाडौं ।
स्वदेशमानै दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले विगतमा नेपाल पौडी संघले स्वेदेशी दक्ष प्रशिक्षकहरुबाट संचालन गर्दै आएको लाईफ सेभिङ्ग कोर्ष यस पटक देखि अन्तराष्ट्रिय लाईफ सेभिङ्ग महासंघको प्राविधिक सहयोगमा संचालन गर्ने भएको छ ।
नेपाल पौडी संघ अन्तराष्ट्रिय लाईफ सेभिङ्ग महासंघ संग आवद्ध भए पछि स्वेदशमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको लाईफ सेभिङ्ग कोर्ष हुन लागेको जानकारी नेपाल पौडी संघका अध्यक्ष श्री अशोक बज्राचार्यले दिनु भएको छ ।
उक्त कोर्ष आगामी बैशाख २१ गते देखि २५ गते सम्म संचालन हुने छ भने कोर्ष संचालन गर्न अन्तराष्ट्रिय लाईफ सेभिङ्ग महासंघबाट प्रक्षिकहरु आउने छन् ।
नयाँदिल्ली,चैत २७ । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका नेता अरविन्द केजरीवालमाथि जुत्ता प्रहार भएको छ । केजरीवाललाई पत्रकार सम्मेलनमा एक व्यक्तिले जुत्ता हानेका हुन् । गएको महिनादेखि दिल्लीमा जोर बिजोर प्रणालीका आधारमा गाडी चल्न दिएको बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा केजरीवालमाथि जुत्ता प्रहार भएको हो । नाम नखुलाइएका जुत्ता हान्ने व्यक्ति आम आदमी सेनाका कार्यकर्ता हुन् । जुत्ता हानेलगत्तै ती व्यक्तिलाई प्रहरीले पक्रेको छ ।
२९ चैत, एजेन्सी ।
मान अर्थात् १० हजार रुपैयाँको नोट बजारमा अभाव पछि जापान सरकारले थप नयाँ नोट छाप्ने भएको छ ।
१० हजार र ५ हजार दरका नोट जापानी बजारमा अभाव देखिएको यहाँको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्रालयले प्रतिपत्र जारी गरेर नयाँ नोट छाप्ने प्रक्रिया अघि बढाइसकेको जापानी समाचार संस्था एनएचकेले जनाएको छ ।
यसको लागि जापान सरकारले २०१६ को आर्थिक वर्षमा १.२३ अर्ब येन छाप्ने अनुमति दिएको छ । जुन अघिल्लो वर्षको भन्दा १८० मिलियन बढी हो ।
जापानी अर्थविदहरुले बैंकले दिने न्युन व्याजका कारण जापानीहरुले ठूला दरका नोट घरमानै सञ्चित गरेर राख्ने क्रम बढेको बताएका छन् ।
गत फेब्रुअरीमा बैँक अफ जापानले नेगेटिभ व्याजदर नीति लागू गरेपछि बैंकमा पैसा जम्मा गर्नेको संख्यामा झनै कमी आउन थालेको बताइन्छ ।
जापानी अधिकारीहरुले नै करिव ५ खर्ब येन सर्वसाधारणले जम्मा गरेर राखेको बताएका छन् ।
पछिल्लो समय सरकारले माइ नम्बर कार्ड प्रणाली लागू गरेपछि आफ्नो सम्पत्ति बढी नदेखाउन समेत घरमानै पैसा सञ्चिति गर्ने क्रम बढेको ठानिएको छ ।
जसले गर्दा बजारमा जापानको सबैभन्दा ठूलो नोट १० हजार ऐन र ५ हजार दरका नोट बजारमा अभाव बढ्दै जान थालेको छ ।
२१ चैत, एजेन्सी ।
अतिवादी ईश्लामिक बिद्रोही संगठन स्लामिक स्टेट आइएसले ४० जनाको शव एउटै खाल्डोमा गाडेको फेला परेको छ ।
आइएसको कब्जामा रहेको सिरियाको ऐतिहासिक शहर पाल्मेरालाई मुक्त गरेपछि सो स्थानमा ४० जनाको सामूहिक चिहान फेला परेको छ ।
शहरको उत्तरपूर्वी क्षेत्रमा फेला परेको चिहानमा पुरुष, महिला र बालबालिकाको शव रहेको सरकारी सेनाले जनाएको छ ।
बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको १० महिने कब्जाबाट गएको हप्ता मुक्त भएको पाल्मेरामा ४० जनाको सामूहिक चिहान फेला परेको इजिप्टको सरकारी समाचार संस्था सानाले जनाएको हो ।
चिहान खुला अवस्थामा भेटिएको र त्यहाँ रहेका शवमा केहीको टाउको काटिएको तथा केहीलाई गोली हानी हत्या गरिएको अवस्थामा रहेको सिरियाली सेनाले बताएको छ ।
मुख्य गरी शहरको दक्षिण भाग एलेप्पोमा सरकारी सेना र बिद्रोहीबीचको भिडन्त केन्द्रित रहेको भएपनि चिहान भने उत्तरपूर्वमा फेला परेको हो । फेला परेका शव होम्समा रहेको सैनिक अस्पतालमा लगिएको छ । केहीको पहिचान पनि भएको छ ।
चिहान फेला परेका शवमा केही सैनिक, सरकारी सैनिकलाई सहयोग गर्ने लडाकु र उनीहरुका परिवारका सदस्य रहेको समाचार संस्था एएफपीले जनाएको छ ।
शव फेला परेका ४० मध्ये २४ जना सर्वसाधारण नागरिक रहेको र त्यसमा तीन बालबालिका रहेका छन् । सिरियन सैनिकले रुसी सैनिकको सहयोगमा पाल्मेराबाट आइएस लडाकुलाई हटाएको थियो ।
एजेन्सी,चैत १६ । इजिप्ट एयरको एउटा विमान अपहरणमा परेको छ। इजिप्टको सहर अलेक्जान्ड्रियाबाट काइरो तर्फ उडेको विमानलाई एक बन्दुकधआरी अपहरणकर्ताको अपहरणपछी साइप्रसको लार्नका विमानस्थलमा अवतरण गरेको छ। ६० यात्रु बोकेको ए ३२० एयर बस इजिप्टको एलेक्टजेन्डियाबाट कायरो जाँदै गरेको थियो । अपहरण कसले र किन गरेको हो खुल्न सकेको छैन।
एजेन्सी,चैत २८ । अफगानिस्तानको हिन्द कुश पर्वत श्रृंखलालाई केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली गएको हो । नेपाली समय अनुसार ४ बजेर १६ मिनेटमा गएको ६.८ म्याग्निच्यूडको भूकम्पको गएको अमेरिकी भूगर्भ अध्ययन केन्द्रले उल्लेख गरेको छ। भूकम्पको केन्द्र उत्तरपश्चिम पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा रहेकोले अफगानिस्तान, पाकिस्तान, भारतको उत्तरी भाग र नेपालमा समेत महसुस भएको थियो । पृथ्वीको सतहबाट एक सय ९० किलोमिटर भित्र गएको भूकम्पले भएको मानवीय तथा भौतिक क्षतिको विवरण आइसकेको छैन । भारत र पाकिस्तानमा यो भूकम्पको धक्का करिब २ देखि ३ मिनेटसम्म महसुस भएको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।
यो भूकम्पको धक्का भारतका उत्तरी राज्यहरु जम्मु काश्मिर, उत्तराखण्डसहित राजधानी दिल्लीमा समेत महुसस भएको थियो । त्यसैगरि राजस्थान, चण्डीगढ, उत्तरप्रदेश, हरियाणा र पञ्जावमा पनि भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको धक्कापछि नयाँदिल्लीमा रेल सेवासमेत रोकिएको छ ।
२२ चैत, टोकियो ।
जापाले पहिलो पटक बिदेशी कामदारको संख्या बढाउने नीति सार्वजनिक गरेको छ । जापानको नयाँ योजना अनुसार विदेशी कामदारको संख्यामा वृद्धि गरेर १० लाख पुर्याइने भएको छ ।
सन् २०२० को ओलम्पिक खेल आयोजना गर्न लागेको जापानले त्यसअघि हुने कामदार अभावलाई मध्यनजर गर्दै यस्तो योजना अघि सारेको हो ।
नयाँ जापानी योजना अनुसार विशेष गरि नर्सिङ पेशामा लागेका विदेशी कामदार र हाउस किपिङ क्षेत्रमा काम गर्दै आएका विदेशी कामदारलाई वढि प्रथिमिकता साथ हेरिने भएको छ ।
घट्दो जनसंख्या बृद्धिद्धर तथा बृद्ध जनसंख्याको बृद्धिका कारण पद्धिल्लो दशक जापानले विदेशी कामदार बढाउँदै लगेको छ ।
जापानका प्रधानमन्त्री शिन्जो आबे सरकार आए देखि जापानले वैदेशिक रोजगार र पर्यटन क्षेत्रमा नयाँ नयाँ योजना र नीति सारिरहेको छ ।
जापानी तथ्यांक अनुसार जापानमा काम गर्ने विदेशी मध्ये धेरै चीनिया छन् । त्यस बाहेक भियतनाम, फिलिपिनस् र ब्राजिलका रहेका छन् ।
नेपाली कामदारको संख्यामा समेत बृद्धि भइरहेको जापानमा करिव ६० हजार नेपाली रहेका छन् ।
भानुआटु,चैत २१ । दक्षिणपूर्वी एसियाको टापु राष्ट्र भानुआतुमा ७.२ म्याग्नीच्युडको भूकम्प गएको छ। नेपाली समय अनुसार आइतबार २:०८मा भूकम्प गएको अमेरीकी भूगर्व विभागले जनाएको छ। भूकम्पपछी सुनामी जानसक्ने चेतावनी दिएको छ ।
अमेरिकी जियोलोजिकल सर्भेले सो भूकम्पको गहिराई २२।४ माइल रहेको बताइएको थियो। राजधानी पोर्ट भिलाबाट ४०७ किलोमिटर उत्तरपश्चिम तथा पोर्ट ओलारीको ८१ किलोमिटर उत्तरपश्चिममा केन्द्रबिन्दु भएको भूकम्पको गहिराई ३५ किलोमिटर छ।
देशको उत्तर पश्चिम सान्टो केन्द्रविन्दू भएको सो भूकम्प लगत्तै भानुआटुको सरकारी निकायले सुनामी जान सक्ने चेतावनी दिए पनि पछि त्यसलाई रद्द गरेको थियो।
एजेन्सी,चैत २३ । पूर्वोत्तर भारतको मेघालयमा शक्तिशाली भूकम्पको धक्का अनुभव गरिएको छ। मेघालयको पूर्वी क्षेत्र तुरा नजिकै मंगलबार दिउँसो साढे १ बजे ५ रेक्टरस्केलको भूकम्प गएको अमेरिकी गूगर्व विभागले जनाएको छ। विभागका अनुसार भूकम्पको गहिराई जमिनको सतहबाट १० किलोमिटर छ।
भूकम्पको सबैभन्दा शक्तिशाली धक्का नागाल्यान्ड, मणिपुर सहितका सहरमा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। भारतको उत्तरपूर्वी सो क्षेत्र भूकम्पको उच्च जोखिममा रहेको मानिन्छ।
२३ दिन अघि आसाम केन्द्रविन्दू भएको ४।३ रेक्टरस्केलको भूकम्प गएको थियो। त्यसको एक दिनअघि बिरपाडा केन्द्रविन्दू भएको अर्को भूकम्प गएको थियो।
एजेन्सी,चैत २६ । युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लव लिभरपुल बराबरीमा रोकिएको छ । शुक्रबार बिहानै भएको खेलमा लिभरपुल जर्मन क्लव बोरुसिया डर्टमुन्डसँग एक एकको बराबरीमा रोकिएको हो ।जर्गेन क्लोप आफ्नो पूर्व क्लबको घरेलु मैदान फर्किएको खेलमा लिभरपुलले ओरिगीको गोलबाट अग्रता लिएको थियो । ४८ औं मिनेमा बोरुसिया डर्टमुन्डका माट्स हम्बल्स्ले बराबरी गोल फर्काए ।
शुक्रबार बिहानै सकिएका अरु खेलमा स्पेनिस क्लव सेभिल्ला र भिल्ला रियल तथा युक्रेनी क्लव शक्तर डोनेस्क विजयी भए । सेभिल्लाले आफ्नै देशको एथलेटिको विलवाओलाई, भिल्ला रियलले चेक रिपब्लिकको स्पार्टा प्रगालाई र सख्तर डोनेस्कले पोर्चुगिज क्लव स्पोर्टिङ ब्रागलाई समान २–१ ले नै हराए ।
काठमाडौं, चैत १७ ।
एघारौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा भाग लिन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार पाकिस्तान प्रस्थान गरेको छ ।
पुरुषको ५५ केजीमा सुरेश गुरुङ, ६० केजीमा रवि महर्जन, ६५ केजीमा अनिललाल श्रेष्ठ तथा ७० केजीमा महेश्वर महर्जनले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता चैत १७ देखि २२ गतेसम्म सञ्चालन हुनेछ ।
टोली नेतामा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठ तथा अफिसियलमा संघका प्रथम उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक विजयलाल कायश्थ रहेका छन् । टोलीलाई संघले कालीमाटीस्थित डिभाइन फिजिकल फिट्नेस सेन्टरमा बुधबारै एक कार्यक्रमबीच बिदाइ ग¥यो ।
काठमाडौं,चैत १९ । १४ औं राष्ट्रिय पुरुष तौल समूह तथा १३ औं राष्ट्रिय महिला खुल्ला फुल कन्ट्याक्ट कराते प्रतियोगिता – २०७२ चैत्र २६ र २७ गते त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजना हुने भएको छ ।
नेपाल क्योकुशिन कराते डो संघको आयोजनामा हुन लागेको प्रतियोगितामा पुरुष तर्फ ५० केजी, ६० केजी र ६० केजी माथी, महिला तर्फ खुला र कातामा गरि पाँच विकास क्षेत्रका पुरुष तर्फ ६० र महिला तर्फ ३० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।
प्रतियोगितामा पहिलो, दोश्रो, तेश्रो र उत्कृष्ट खेलाडीहरुले क्रमश १० हजार, ५ हजार, २५ सय र एक हजार तथा काता तर्फ पहिलो, दोश्रो र तेश्रोले ५ हजार, २५ सय र एक हजारका साथै शिल्ड, मेडल, प्रमाण पत्र प्रदान गरिनेछ ।