७.२ म्याग्नीच्युडको भूकम्पको धक्का, सुनामीको चेतावनी

भानुआटु,चैत २१ ।  दक्षिणपूर्वी एसियाको टापु राष्ट्र भानुआतुमा ७.२ म्याग्नीच्युडको भूकम्प गएको छ।  नेपाली समय अनुसार आइतबार २:०८मा भूकम्प गएको अमेरीकी भूगर्व विभागले जनाएको छ। भूकम्पपछी सुनामी जानसक्ने चेतावनी दिएको छ ।  

अमेरिकी जियोलोजिकल सर्भेले सो भूकम्पको गहिराई २२।४ माइल रहेको बताइएको थियो। राजधानी पोर्ट भिलाबाट ४०७ किलोमिटर उत्तरपश्चिम तथा पोर्ट ओलारीको ८१ किलोमिटर उत्तरपश्चिममा केन्द्रबिन्दु भएको भूकम्पको गहिराई ३५ किलोमिटर छ। 

देशको उत्तर पश्चिम सान्टो केन्द्रविन्दू भएको सो भूकम्प लगत्तै भानुआटुको सरकारी निकायले सुनामी जान सक्ने चेतावनी दिए पनि पछि त्यसलाई रद्द गरेको थियो। 

प्रतिक्रिया

TOP