राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुने

बैशाख २०, २०७३ मा प्रकाशित
Published at बैशाख २०, २०७३

1145 views

काठमाडौं,चैत १९ ।  १४ औं राष्ट्रिय पुरुष तौल समूह तथा १३ औं राष्ट्रिय महिला खुल्ला फुल कन्ट्याक्ट कराते प्रतियोगिता – २०७२ चैत्र २६ र २७ गते त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजना हुने भएको छ ।
नेपाल क्योकुशिन कराते डो संघको आयोजनामा हुन लागेको प्रतियोगितामा पुरुष तर्फ ५० केजी, ६० केजी र ६० केजी माथी, महिला तर्फ खुला र कातामा गरि पाँच विकास क्षेत्रका पुरुष तर्फ ६० र महिला तर्फ ३० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।
प्रतियोगितामा पहिलो, दोश्रो, तेश्रो र उत्कृष्ट खेलाडीहरुले क्रमश १० हजार, ५ हजार, २५ सय र  एक हजार तथा काता तर्फ पहिलो, दोश्रो र तेश्रोले ५ हजार, २५ सय र एक हजारका साथै शिल्ड, मेडल, प्रमाण पत्र प्रदान गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.