‘मान’ अभावपछि जापान सरकार नयाँ नोट छाप्दै

बैशाख २०, २०७३ मा प्रकाशित
Published at बैशाख २०, २०७३

897 views

२९ चैत, एजेन्सी ।
मान अर्थात् १० हजार रुपैयाँको नोट बजारमा अभाव पछि जापान सरकारले थप नयाँ नोट छाप्ने भएको छ ।

१० हजार र ५ हजार दरका नोट जापानी बजारमा अभाव देखिएको यहाँको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्रालयले प्रतिपत्र जारी गरेर नयाँ नोट छाप्ने प्रक्रिया अघि बढाइसकेको जापानी समाचार संस्था एनएचकेले जनाएको छ ।

यसको लागि जापान सरकारले २०१६ को आर्थिक वर्षमा १.२३ अर्ब येन छाप्ने अनुमति दिएको छ । जुन अघिल्लो वर्षको भन्दा १८० मिलियन बढी हो ।

जापानी अर्थविदहरुले बैंकले दिने न्युन व्याजका कारण जापानीहरुले ठूला दरका नोट घरमानै सञ्चित गरेर राख्ने क्रम बढेको बताएका छन् ।

गत फेब्रुअरीमा बैँक अफ जापानले नेगेटिभ व्याजदर नीति लागू गरेपछि बैंकमा पैसा जम्मा गर्नेको संख्यामा झनै कमी आउन थालेको बताइन्छ ।

जापानी अधिकारीहरुले नै करिव ५ खर्ब येन सर्वसाधारणले जम्मा गरेर राखेको बताएका छन् ।

पछिल्लो समय सरकारले माइ नम्बर कार्ड प्रणाली लागू गरेपछि आफ्नो सम्पत्ति बढी नदेखाउन समेत घरमानै पैसा सञ्चिति गर्ने क्रम बढेको ठानिएको छ ।

जसले गर्दा बजारमा जापानको सबैभन्दा ठूलो नोट १० हजार ऐन र ५ हजार दरका नोट बजारमा अभाव बढ्दै जान थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.