२१ चैत, एजेन्सी ।
अतिवादी ईश्लामिक बिद्रोही संगठन स्लामिक स्टेट आइएसले ४० जनाको शव एउटै खाल्डोमा गाडेको फेला परेको छ ।
आइएसको कब्जामा रहेको सिरियाको ऐतिहासिक शहर पाल्मेरालाई मुक्त गरेपछि सो स्थानमा ४० जनाको सामूहिक चिहान फेला परेको छ ।
शहरको उत्तरपूर्वी क्षेत्रमा फेला परेको चिहानमा पुरुष, महिला र बालबालिकाको शव रहेको सरकारी सेनाले जनाएको छ ।
बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको १० महिने कब्जाबाट गएको हप्ता मुक्त भएको पाल्मेरामा ४० जनाको सामूहिक चिहान फेला परेको इजिप्टको सरकारी समाचार संस्था सानाले जनाएको हो ।
चिहान खुला अवस्थामा भेटिएको र त्यहाँ रहेका शवमा केहीको टाउको काटिएको तथा केहीलाई गोली हानी हत्या गरिएको अवस्थामा रहेको सिरियाली सेनाले बताएको छ ।
मुख्य गरी शहरको दक्षिण भाग एलेप्पोमा सरकारी सेना र बिद्रोहीबीचको भिडन्त केन्द्रित रहेको भएपनि चिहान भने उत्तरपूर्वमा फेला परेको हो । फेला परेका शव होम्समा रहेको सैनिक अस्पतालमा लगिएको छ । केहीको पहिचान पनि भएको छ ।
चिहान फेला परेका शवमा केही सैनिक, सरकारी सैनिकलाई सहयोग गर्ने लडाकु र उनीहरुका परिवारका सदस्य रहेको समाचार संस्था एएफपीले जनाएको छ ।
शव फेला परेका ४० मध्ये २४ जना सर्वसाधारण नागरिक रहेको र त्यसमा तीन बालबालिका रहेका छन् । सिरियन सैनिकले रुसी सैनिकको सहयोगमा पाल्मेराबाट आइएस लडाकुलाई हटाएको थियो ।
16.12¡ÆC