लिभरपुल डर्टमुण्डसँग बराबरीमा रोकियो

बैशाख २०, २०७३ मा प्रकाशित | 899 views

एजेन्सी,चैत २६ । युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लव लिभरपुल बराबरीमा रोकिएको छ । शुक्रबार बिहानै भएको खेलमा लिभरपुल जर्मन क्लव बोरुसिया डर्टमुन्डसँग एक एकको बराबरीमा रोकिएको हो ।जर्गेन क्लोप आफ्नो पूर्व क्लबको घरेलु मैदान फर्किएको खेलमा लिभरपुलले ओरिगीको गोलबाट अग्रता लिएको थियो । ४८ औं मिनेमा बोरुसिया डर्टमुन्डका माट्स हम्बल्स्ले बराबरी गोल फर्काए ।

शुक्रबार बिहानै सकिएका अरु खेलमा  स्पेनिस क्लव सेभिल्ला र भिल्ला रियल तथा युक्रेनी क्लव शक्तर डोनेस्क विजयी भए । सेभिल्लाले आफ्नै देशको एथलेटिको विलवाओलाई, भिल्ला रियलले चेक रिपब्लिकको स्पार्टा प्रगालाई र सख्तर डोनेस्कले पोर्चुगिज क्लव स्पोर्टिङ ब्रागलाई समान २–१ ले नै हराए । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web