बिदेशी कामदार बृद्धि गर्दै जापान

बैशाख २०, २०७३ मा प्रकाशित
Published at 2016-05-02

830 views

२२ चैत, टोकियो ।
जापाले पहिलो पटक बिदेशी कामदारको संख्या बढाउने नीति सार्वजनिक गरेको छ । जापानको नयाँ योजना अनुसार विदेशी कामदारको संख्यामा वृद्धि गरेर १० लाख पुर्याइने भएको छ ।

सन् २०२० को ओलम्पिक खेल आयोजना गर्न लागेको जापानले त्यसअघि हुने कामदार अभावलाई मध्यनजर गर्दै यस्तो योजना अघि सारेको हो ।

नयाँ जापानी योजना अनुसार विशेष गरि नर्सिङ पेशामा लागेका विदेशी कामदार र हाउस किपिङ क्षेत्रमा काम गर्दै आएका विदेशी कामदारलाई वढि प्रथिमिकता साथ हेरिने भएको छ ।

घट्दो जनसंख्या बृद्धिद्धर तथा बृद्ध जनसंख्याको बृद्धिका कारण पद्धिल्लो दशक जापानले विदेशी कामदार बढाउँदै लगेको छ ।
जापानका प्रधानमन्त्री शिन्जो आबे सरकार आए देखि जापानले वैदेशिक रोजगार र पर्यटन क्षेत्रमा नयाँ नयाँ योजना र नीति सारिरहेको छ ।

जापानी तथ्यांक अनुसार जापानमा काम गर्ने विदेशी मध्ये धेरै चीनिया छन् । त्यस बाहेक भियतनाम, फिलिपिनस् र ब्राजिलका रहेका छन् ।
नेपाली कामदारको संख्यामा समेत बृद्धि भइरहेको जापानमा करिव ६० हजार नेपाली रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.