सेटलाइट मेघासिटी विकासका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

७ कार्तिक, काठमाडौं ।
सगरमाथा आरोही कृष्ण केसी र पूर्वसभासद् दीलिप महर्जन नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी काठमाडौं, ललितपुर र भक्तपुरको बृहत र एकीकृत शहरी विकास गरी काठमाडौं सेटलाइट मेघासिटी निर्माण गर्न आग्रह गरेको छ ।

टोलीले आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भेट गरी बृहत र एकीकृत सेटलाइट मेघासिटीको प्रस्ताव अघि सारेको हो ।

प्रस्तावमा काठमाडौं, ललितपुर र भक्तपुरको एकीकृत विकास र सेटलाइट मेघासिटीका रुपमा विकास गर्न, महाभारत पर्वतमालामा पर्यटन चक्रपथ र त्यसको बेसीमा पर्यटन नगर विकास गर्न, भूकम्पको पूनर्निर्माण र नवनिर्माणका लागि उपत्यकाबाट महाअभियान घोषणा गर्न, राजधानी विकास बोर्डको गठन गर्न, विश्व रिसर्च सेन्टर र पर्यटन विश्वविद्यालय स्थापना गर्न, राष्ट्रव्यापी होमस्टे निर्माणको थालनी गर्न र यी सबै प्रयोजनका लागि आवश्यक बजेटको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं, ललितपुर र भक्तपुरको एकीकृत र व्यवस्थित विकास आवश्यक रहेकोमा जोड दिँदै भन्नुभयो, ‘राजधानीको व्यवस्थित विकासका लागि काठमाडौं, ललितपुर र भक्तपुरको बृहत योजना र एकीकृत विकास आवश्यक छ । यसबारे मैले पहिलेदेखि नै चासो राख्दै आएको छु । तपाईहरुले प्रस्तुत गर्नुभएको अवधारणा मौलिक र नयाँ पनि छ । सबै पक्षसँग बृहत अन्तरक्रिया गरेर अगाडि बढ्नुस्, सरकार सकारात्मक सहयोगका लागि सधैं तयार छ ।’

महाअभियोगको पक्षमा उभिन माओवादी सांसदलाई प्रचण्डको निर्देशन

काठमाडौं,कात्तिक ७ ।  माओवादी केन्द्रको संसदीय दलको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोगको पक्षमा उभिने निर्णय गरेको छ । सिंहदरबारमा बसेको बैठकमा दलका नेता समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले कार्की विरुद्धको महाअभियोग प्रस्तावको पक्षमा उभिन आफ्ना सांसदहरुलाई निर्देशन समत दिएका छन् ।

संसदमा दर्ता भएको महाअभियोग पारित गर्न सबै सांसदलाई लाग्न निर्देशन दिएको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । बैठकमा दाहालले आफूले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरिरहेको र छलफलमा देउवा पनि महाअभियोग पारित गराउन सकारात्मक रहेको जानकारी गराएको नेता सापकोटाले जानकारी दिनुभयो ।

लोकमानविरुद्धको महाअभियोग संसदमा प्रवेश,छलफल मंगलवार

७ कार्तिक, काठमाडौं ।

अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावले व्यवस्थापिका संसदमा प्रवेश पाएको छ ।

आइतबार बसेको संसद बैठकमा सभामुख ओनसरी घर्तीले प्रस्तावमाथि मंगलबार दिउँसो ३ बजेका लागि छलफलको समय  तोकेकी हुन् ।

प्रस्तावमाथि सामान्य छलफलपछि प्रस्तावलाई महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइनेछ । समितिले अनुसन्धान सुरु गरेको ३० दिनभित्र संसदलाई प्रतिवेदन बुझाउनुपर्नेछ ।

समितिमा विस्तृत अनुसन्धान गर्ने, आरोपितसँग बयान लिने तथा सफाइको मौका दिने जस्ता काम हुनेछन् । त्यसपछि समितिले पठाएको प्रतिवेदनमाथि संसदमा फेरि छलफल हुनेछ ।

संसदले आवश्यक ठाने थप अनुसन्धानका लागि फेरि समितिमै पनि पठाउन सक्नेछ ।

यसअघि बिहीबारकै बैठकमा महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय निर्धारण गर्ने योजना थियो । तर, प्रमुख दलहरुले छलफलका लागि समय मागेको भन्दै संसद बैठक स्थगित गरिएको थियो ।

जलबिद्युतको विकासले मात्र देशको आर्थिक समृद्धी : सांसद केसी

काठमाडौं, कात्तिक ७  । सांसद तथा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले जलबिद्युतको विकास बिना देशको समृद्धी हुन नसक्ने बताउनुभएको छ । आइतबार नुवाकोटको बट्टारमा आयोजना भएको जलविद्युत विकासमा सहमति एवं जलविद्युत रिपोर्टिङमा क्षमता अभिवृद्धि प्रशिक्षण तथा कार्यशाला दुई दिने गोष्ठिमा बोल्दै नेता केसीले यस्तो बताउनुभएको हो ।

कार्यक्रमको उट्घाटनको क्रममा सांसद केसीले ऊर्जा सुरक्षा मानिसलाई गाँसबासको समस्या जत्तिकै आवश्यक रहने हुँदा उत्पादनमा जोड दिनुपर्ने कुरा बताउनुभयो । नेता केसीले नेपालमा जलविद्युतको प्रचुर संभाव्यता रहेको र यसको उत्पादनमा विशेष जोड निर्माणमा दिएर ऊर्जामा आत्मनिर्भर हुनुपर्ने बताउनुभयो । नेता केसीले नुवाकोट जलबिद्युतको प्रचुर सम्भाबना भएको भएपनि जलबिद्युत निर्माणमा राजनिति हुदाँ जलबिद्युतको विकास हुन नसकेको बताउनुभयो ।

उहाँले जलबिद्युतको विकासले देशको आर्थिक समृद्धी, हुने बताउनुभएको छ । नेपाली काँग्रेस नुवाकोट सभापति समेत रहनु भएका केसीले जलबिद्युतका आयोजनाहरु पर्याप्त रुपमा नहुदाँ उद्योग,कलकारखाना र बिकाशका पुर्बधारको समेत बिकाश हुन नसकेको बताउनुभयो । उहाँले नेपालको लगानीको स्रोत धैरै भएपनि स्थानिय स्तरमा जनचेतनाको कमीका कारण पनि त्यसको बिकाश नभएको दाबी गर्नुभयो । उहाँले जलबिद्युतको बिकाशको लागी आफ्नो दल नेपाली काँग्रेस नुवाकोट सम्पुर्ण सहयोग गर्न तयार रहेको बताउनुभयो ।

प्रचण्ड भेटेपछि देउवा पनि कार्कीलाई महाअभियोग लगाउन सहमत, प्रस्ताव संसदमा पेश हुँदै

७ कार्तिक, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटारमा भेटेपछि विवादीत अख्तियार प्रमुख लोकमानसिंह कार्कीको बचाउमा लाग्दै आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापनि उनिमाथि महाअभियोग लगाउन सहमत भएका छन् ।

झण्डै एकघण्टा भएको गोप्य छलफलपछि देउवा र प्रचण्डबिच अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता महाअभियोग प्रस्ताव अघि बढाउने सहमति भएको हो ।

सहमतिसँगै सभामुख ओनसरी घर्तीमगरले आइतबार संसद बैठकमा महाअभियोग प्रस्ताव पेश गर्ने भएकी छिन् ।
प्रस्ताव आजको संसदमा पेश भएपनि छलफल कहिले अघि बढ्ने अझै अनिर्णीत छ ।

गत बिहीबार बिहान महाअभियोग प्रस्ताव संसदमा पेश गरेर दिउँसो दोस्रो बैठक बोलाई सो प्रस्तावमा छलफल अगाडि बढाउने सभामुखको योजना थियो ।

तर अचानक कार्की बिरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि देउवाको आग्रह र भारतीय दवावमा प्रधानमन्त्री पुष्पकमल दाहालले सभामुख ओनसरी घर्तीलाई दवाव दिएर संसद बैठक आजसम्मका लागि सार्न लगाएका थिए ।

बुधबार साँझ एमाले र माओवादी केन्द्रका १५७ सांसदले अख्तियार प्रमुख कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए  ।

“मायाँ लागे लोकमानलाई भारत लगेहुन्छ”

७ कार्तिक, काठमाडौं ।
चरम विवादित पूर्व अख्तियार प्रमूख लोकमानसिंह कार्कीको बचाउमा लागेको भारतलाई प्रा डा गोविन्द केसीले मायाँ लागे भारत लगे हुने बताएका छन् ।

अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्नेमा काँग्रेस र भारत बचाउमा लागेपछि सर्वत्र बिरोध भइरहँदा कार्कीमाथि महाअभियोगको माग राख्दै आउनुभएका केसीले यस्तो बताउनुभएको हो ।

अख्तियार प्रमुख कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गर्न दबाव दिने उद्देश्यले सोलिडारिटी फर डा.केसी एलाइन्सले शनिवार गरेको सडक प्रदर्शनपछिको सभामा केसीले धारणा राख्नुभएको हो ।

सभालाई संवोधन गर्दै केसीले भन्नुभयो नेपाल कसैको उपनिवेश होइन । भ्रष्टलाई यहाँ राखेर नेपाललाई चाकडी गराउन खोज्छ भने हुन सक्दैन । लोकमानलाई इण्डिया लिएर जाओस् ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै डा। केसीले ढिलै भएपनि एमाले र माओवादीले लोकमानतन्त्रको अन्त्यका लागि महाअभियोग प्रस्ताव दर्ता भएको भन्दै स्वगत गरे ।

अख्तियार प्रमुख लोकमानले संविधानभन्दा माथि बसेर काम गरेको र लोकमान तन्त्र चलाएको भन्दै सामाजिक अभियन्ता केसीले पुष्पकमल दाहाल प्रचण्ड त देखावटी प्रधानमन्त्री मात्र भएको बताउनुभयो ।

महाअभियोगको पक्षमा उभिन आलटाल गरेको भन्दै ड.। केसीले काँग्रेसले लोकमानतन्त्रको प्रार्थना गरिरहेको टिप्पणी गर्नुभयो ।

संसद लोकमानको दरवार नभई जनताको आस्था केन्द्र भएको भन्दै उनले भने, जनताको हकहितका लागि लड्नेहरु मात्र त्यहाँ बस्न सक्छन् । लोकमानका सिपाही बस्नु पाप हुन्छ ।’ उहाँले भन्नुभयो, 'लोकमानको अफिसमा जानुस्, संसदमा आउन जरुरी छैन ।’

Tabei first women to scale MT Everest. no more

Junko Tabei, first woman to scale Mount Everest, has died at the age of 77.

Tabei was suffering from cancer for the past four years and died in the course of treatment at a cancer centre in a Japanese town of Saita, according to the Japanese Mountaineering Association.

Born in Japan on September 22, 1939, Tabei reached atop the Everest in 1975, becoming the first woman to ascent the highest peak in the world.

Breaking the sad news about Tabei's death, President of the Nepal Mountaineering Association Ang Tshering Sherpa said the Japanese Mountaineering Association and Alpine Club confirmed the death of Tabei, saying she died three days ago.

Tabei's last visit to Nepal marked on April 30 this year when she led a Japanese mountaineering team to observe the golden jubilee of the first ascend of Mount Manaslu and Mount Lhotse.

CPN-MC gives chair Dahal to decide on impeachment motion

CPN (Maoist Centre) has mandated its Chairman and Prime Minister Pushpa Kamal Dahal to decide on the impeachment motion filed at Parliament against suspended Chief of Commission for the Investigation of Abuse of Authority Lokman Singh Karki from party behalf.

A meeting held at Dahal's residence in Lajimpat today took a decision to this effect, finding it necessary to coordinate with various parties on the issue, said Maoist Centre Spokesperson Pampha Bhusal, adding that the meeting held discussion about consulting other political parties seeking support on the impeachment motion.

The meeting also dwelt on the matters of current political development after the filing of impeachment motion and its waves, she added.

‘Two-third majority will pass impeachment motion’

CPN (Maoist Centre) lawmaker and member of Impeachment Recommendation Committee, Amanlal Modi, has said the impeachment motion registered in the Parliament against Chief of the Commission for Investigation of Abuse of Authority (CIAA), Lokmam Singh Karki, will be approved by two-third majority.

At a programme organised at Reporters' Club Nepal in the capital today, Modi said the motion will be approved by huge majority as it is a major part of constitution implementation.

Similarly, CPM (UML) lawmaker, Rameshwor Phunyal claimed that there is no alternative to the Nepali Congress but to support the motion.

Likewise, senior leader of the Tarai-Madhes Sadbhawana Party, Ram Naresh Raya, blamed registering the impeachment motion against the CIAA chief rather than engaging efforts towards constitution implementation was only a ploy to deviate the issues of Madhes.

CPN-UML chief whip dhakal for common opinion on impeachment against CIAA Chief Karki

CPN-UML Chief Whip Bhanubhakta Dhakal has said that major political parties should make a common view regarding impeachment motion registered in the Legislature-Parliament against Chief of Commission for Investigation of Abuse of Authority.

At a tea reception and greetings exchange programme organized by UML, Balkhu Tole Committee on the occasion of festivals, Chief Whip Dhakal asserted that the major political parties should not lag behind to put forth their opinion on the same.

Furthermore, Dhakal expressed his confidence that the impeachment proposal process will see completion within one and half months the Speaker of the House tomorrow will determine the day for the deliberation on the same in the parliament tomorrow.

President offers special worship at Chhinnamasta Temple

President Bidya Devi Bhandari today visited the famous Chhinnamasta goddess temple at the Chhinnamasta village in Saptari district and offered special worship.

The President also paid homage at the Shiva, Narayan and Hanuman temples in the Chhinnamasta Temple complex.

On the occasion, she also received 'tika' and 'prasad' of the special worship from the temple peethadhish Mahakanta Thakur.

After the special worship, the President laid the foundation stone of the pavilion for the Shree Shree 1008 Lakshya Chandi Rudra Mahayagya, a grand religious fire offering ritual, being held for the first time in the country.  The Mahayagya religious ceremony, organised to pray for world peace and human welfare, will start from March 29, 2017.

Addressing a special function on the occasion, President Bhandari said each and every citizen of Nepal, a country with religious, cultural and ethnic diversity, should be committed to peace and wellbeing of humankind without any prejudice.

She urged one and all to adopt the path of development, giving up the instability, discrimination and conflict that prevailed in the country in over the last two decades as it has done nobody good.

यो साता नेप्से ९ अंकले घट्यो

६ कार्तिक, काठमाडौं ।
यो साता नेपाली शेयर बजारको परिसूचक नेप्से साताको पहिलो दिनको तुलनामा ९.२७ अंकले घटेर अन्तिम दिन १७९४.४७ अंकमा पुगेको छ । स्टकमा यो साताको कारोवार रकम पनि घटेको छ ।

यो साता नेपाल स्टक एक्सचेन्जमा विभिन्न १४९ कम्पनीहरुको कारोबार भएको छ ।

जस अनुसार १७१७८ कारोबारबाट तिन अर्ब एक करोड २८ लाख ५३ हजार रुपैयाँ बराबरका ३८ लाख ८८ हजार दुई सय कित्ता सेयरहरु किनबेच भएका छन् ।

यसैगरी यो साता समूहगत परिसूचक तर्फ जलविदूत, विमा र अन्य समुहको कारोवारमा सुधार भएको छ भने बाणिज्य बैक, विकास बैक, वित्त, होटेल, उत्पादनमूलक समूहको कारोवार घटेको छ ।

यो साता कारोबार रकम, कारोबार भएको सेयर संख्या तथा कारोबार संख्याको आधारमा कुमारी बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web