काठमाडौं,कात्तिक ७ । माओवादी केन्द्रको संसदीय दलको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोगको पक्षमा उभिने निर्णय गरेको छ । सिंहदरबारमा बसेको बैठकमा दलका नेता समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले कार्की विरुद्धको महाअभियोग प्रस्तावको पक्षमा उभिन आफ्ना सांसदहरुलाई निर्देशन समत दिएका छन् ।

संसदमा दर्ता भएको महाअभियोग पारित गर्न सबै सांसदलाई लाग्न निर्देशन दिएको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । बैठकमा दाहालले आफूले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरिरहेको र छलफलमा देउवा पनि महाअभियोग पारित गराउन सकारात्मक रहेको जानकारी गराएको नेता सापकोटाले जानकारी दिनुभयो ।

17.12¡ÆC