लोकमानविरुद्धको महाअभियोग संसदमा प्रवेश,छलफल मंगलवार

कार्तिक ७, २०७३ मा प्रकाशित | 539 views

७ कार्तिक, काठमाडौं ।

अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावले व्यवस्थापिका संसदमा प्रवेश पाएको छ ।

आइतबार बसेको संसद बैठकमा सभामुख ओनसरी घर्तीले प्रस्तावमाथि मंगलबार दिउँसो ३ बजेका लागि छलफलको समय  तोकेकी हुन् ।

प्रस्तावमाथि सामान्य छलफलपछि प्रस्तावलाई महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइनेछ । समितिले अनुसन्धान सुरु गरेको ३० दिनभित्र संसदलाई प्रतिवेदन बुझाउनुपर्नेछ ।

समितिमा विस्तृत अनुसन्धान गर्ने, आरोपितसँग बयान लिने तथा सफाइको मौका दिने जस्ता काम हुनेछन् । त्यसपछि समितिले पठाएको प्रतिवेदनमाथि संसदमा फेरि छलफल हुनेछ ।

संसदले आवश्यक ठाने थप अनुसन्धानका लागि फेरि समितिमै पनि पठाउन सक्नेछ ।

यसअघि बिहीबारकै बैठकमा महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय निर्धारण गर्ने योजना थियो । तर, प्रमुख दलहरुले छलफलका लागि समय मागेको भन्दै संसद बैठक स्थगित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web