तारकेश्वर गाउँपालिका अध्यक्षको घोषणा, चार जिपिए ल्याउनेले एक लाख पाउने

बैशाख १६, २०८३ मा प्रकाशित | 381 views


नुवाकोट । तारकेश्वर गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘गाउँपालिका अध्यक्ष प्रोत्साहन पुरस्कार’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

गाउँपालिकाले यसै वर्षदेखि लागू हुने गरी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (SEE) मा ४ जिपिए ल्याउने प्रत्येक विद्यार्थीलाई रु. १ लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, तारकेश्वर गाउँपालिकाका स्थायी बासिन्दा भई गाउँपालिका बाहिरका सामुदायिक विद्यालयबाट ४ जिपिए प्राप्त गर्ने विद्यार्थीलाई रु. ५० हजार पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल) ले उक्त पुरस्कार हरेक वर्ष वितरण हुने व्यवस्था मिलाउन शिक्षा शाखालाई निर्देशन दिनुभएको छ ।

यसअघि, गाउँ कार्यपालिकाले गाउँपालिका र सबै वडाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीले आफ्ना सन्तान अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गराउनुपर्ने निर्णयसमेत गरेको थियो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने अभियान अन्तर्गत गाउँपालिकाले शिक्षा क्षेत्रमा विभिन्न सुधारका कार्यक्रम समेत सञ्चालनमा ल्याएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web