यो साता नेप्से ९ अंकले घट्यो

कार्तिक ६, २०७३ मा प्रकाशित | 901 views

६ कार्तिक, काठमाडौं ।
यो साता नेपाली शेयर बजारको परिसूचक नेप्से साताको पहिलो दिनको तुलनामा ९.२७ अंकले घटेर अन्तिम दिन १७९४.४७ अंकमा पुगेको छ । स्टकमा यो साताको कारोवार रकम पनि घटेको छ ।

यो साता नेपाल स्टक एक्सचेन्जमा विभिन्न १४९ कम्पनीहरुको कारोबार भएको छ ।

जस अनुसार १७१७८ कारोबारबाट तिन अर्ब एक करोड २८ लाख ५३ हजार रुपैयाँ बराबरका ३८ लाख ८८ हजार दुई सय कित्ता सेयरहरु किनबेच भएका छन् ।

यसैगरी यो साता समूहगत परिसूचक तर्फ जलविदूत, विमा र अन्य समुहको कारोवारमा सुधार भएको छ भने बाणिज्य बैक, विकास बैक, वित्त, होटेल, उत्पादनमूलक समूहको कारोवार घटेको छ ।

यो साता कारोबार रकम, कारोबार भएको सेयर संख्या तथा कारोबार संख्याको आधारमा कुमारी बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web