प्रचण्ड भेटेपछि देउवा पनि कार्कीलाई महाअभियोग लगाउन सहमत, प्रस्ताव संसदमा पेश हुँदै

कार्तिक ७, २०७३ मा प्रकाशित | 1054 views

७ कार्तिक, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटारमा भेटेपछि विवादीत अख्तियार प्रमुख लोकमानसिंह कार्कीको बचाउमा लाग्दै आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापनि उनिमाथि महाअभियोग लगाउन सहमत भएका छन् ।

झण्डै एकघण्टा भएको गोप्य छलफलपछि देउवा र प्रचण्डबिच अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता महाअभियोग प्रस्ताव अघि बढाउने सहमति भएको हो ।

सहमतिसँगै सभामुख ओनसरी घर्तीमगरले आइतबार संसद बैठकमा महाअभियोग प्रस्ताव पेश गर्ने भएकी छिन् ।
प्रस्ताव आजको संसदमा पेश भएपनि छलफल कहिले अघि बढ्ने अझै अनिर्णीत छ ।

गत बिहीबार बिहान महाअभियोग प्रस्ताव संसदमा पेश गरेर दिउँसो दोस्रो बैठक बोलाई सो प्रस्तावमा छलफल अगाडि बढाउने सभामुखको योजना थियो ।

तर अचानक कार्की बिरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि देउवाको आग्रह र भारतीय दवावमा प्रधानमन्त्री पुष्पकमल दाहालले सभामुख ओनसरी घर्तीलाई दवाव दिएर संसद बैठक आजसम्मका लागि सार्न लगाएका थिए ।

बुधबार साँझ एमाले र माओवादी केन्द्रका १५७ सांसदले अख्तियार प्रमुख कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web