६ कार्तिक, काठमाडौं ।
चालु आर्थिक बर्षको भदौ महिनामा मुलुकको राजस्व संकलन ५१.६ प्रतिशतले बढेको छ । भदौमा राजस्व संकलन बढेर ८० अर्ब ४७ करोड पुगेको छ ।

गत बर्ष यसै अवधीमा राजस्व संकलन ३.६ प्रतिशतले घटेको थियो ।

मूल्य अभिवृद्धिकर, भन्सार तथा अन्तशूल्क लगायतका राजस्वका शिर्षकहरुमा उच्चदरले वृद्धि भएकोले राजस्व संकलन बढेको नेपाल राष्ट्र बैकले शुक्रवार जारी गरेको चालु आर्थिक बर्षको दुई महिनाको आर्थिक समिक्षा प्रतिवेदनमा उल्लेख छ ।

नेपाल राष्ट्रबैकले स्रोतको परिचालनको तुलनामा सरकारी खर्च न्यून भएकोले नेपाल सरकारको ट्रेजरीमा २०० अर्ब ९० करोड मौज्दात रहेको पनि जनाएको छ ।

समीक्षा अवधीमा कुल आन्तरिक कर्जा ०.१ प्रतिशतले बढेको छ । गत बर्षको यसै अवधीमा यस्तो कर्जा २.४ प्रतिशतले घटेको थियो ।

बार्षिक विन्दुगत आधारमा भदौ मसान्तसम्ममा आन्तरिक कर्जा २०.४ प्रतिशतले बढेको छ ।

६ कार्तिक, काठमाडौं ।
नेपालीको महान् दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरी अग्निजन्य प्रकोप व्यवस्थापन गर्ने उद्देश्यले “अग्नि सुरक्षा तथा जनचेतना अभिवृद्धि सप्ताह–२०७३” को आयोजना गरिएको छ ।

आगोको गुण पहिचान गरेर सही उपयोग गरे यसबाट लाभ हुने अन्यथा आगोले जनधनको क्षति हुने भन्दै काठमाडौँ महानगरपािलकाले आजदेखि सुरू गरेको महानगरका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जानकारी दिनुभयो ।

महानगरपालिकाले विगतमा भएका आगलागीका घटना विश्लेषण गर्दै सामान्य सावधानी अपनाए आगलागीको सम्भावित ठूलो क्षतिबाट बच्न सकिन्छ भन्ने चेतना जगाउन पनि सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको हो ।

६ कार्तिक, टोकियो ।
पहिलो महिला सागरमाथा आरोही जुन्को तावेईको ७७ वर्षको उमेरमा निधन भएको छ ।

जापानको साइटामा क्यान्सर सेन्टरमा उपचारका क्रममा तावेईको निधन भएको जापान माउन्टेनरिङ एसोसिएसनले जनाएको छ । जापानी टेलिभिजन एनएचकेले पनि तावेईको निधन भएको जनाएको छ ।

जापानको फुकुसिमामा जन्मनुभएकी तावेईले सन् १९७५ मा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकी पहिलो महिला आरोही बन्नुभएको थियो ।

तावेईको तीन दिनअघि निधन भएपनि खवर ढिलो गरि सार्वजनिक भएको हो ।

जुनको तावेई गत अप्रिल ३० मा काठमाडौँमा भएको मनास्लु र ल्होत्से हिमालको हीरक महोत्सवमा सहभागी हुन जापानी आरोहीको नेतृत्व गर्दै नेपाल जानुभएको थियो ।

नेपाललाई आफ्नो दोस्रो घर बताउने तावेई सगरमाथा र नेपालका हिमालहरु जस्ता मनमोहक हिमाल कतै नभएको बताउने गर्थिन् ।

नेपालको पर्यटन र हिमाल आरोहणमा जापानमा प्रचार प्रसार र पर्यटन प्रवद्र्धन सघाउँदै आएकी तावेईको निधनपछि जापानमा रहेका नेपालीहरुले दुख व्यक्त गरेका छन् ।

तावेई जापानस्थित नेपाली राजदूतावास तथा नेपालीहरुले गरेका विशेष कार्यक्रमहरुमा समेत सहभागी हुनेगर्नुभएको थियो ।

६ कार्तिक, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकले समाजको प्रगतिमा दिनुभएका महत्वपूर्ण योगदान राष्ट्रका महत्वपूर्ण सम्पत्ति भएको बताउनुभएको छ ।

मनमोहन स्मृति प्रतिष्ठानद्वारा यहाँ आज आयोजित ज्येष्ठ नागरिक महोत्सवको उद्घाटन गर्दै उहाँले सिङ्गो राष्ट्रको प्रतिमूर्तिका रुपमा ज्येष्ठ नागरिकको असल अनुभवलाई समाजको विकासमा ऊर्जाका रुपमा सदुपयोग गर्न सुझाव दिनुभयो ।

उहाले राज्यले पर्यटन र तीर्थाटनमा जाने वृद्धवृद्धाका लागि विशेष व्यवस्था गर्नुपर्ने, जेष्ठ नागरिकहरुका लागि मनोरञ्जन पार्क स्थापना गर्नुपर्ने र आवश्यकता अनुसार सामाजिक कानून निर्माण गरी वृद्धवृद्धा तथा बालबालिकाको सुरक्षामा ग्यारेण्टी गर्नुपर्ने उल्लेख गर्नुभयो ।

राष्ट्रपती भण्डारीले नया संविधानले जेष्ठ नागरिकको अधिकारलाई मौलिक अधिकारको रुपमा संस्थागत गरेको समेत बताउनु भयो ।

राष्ट्रपती भण्डारीले तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारले वृद्धवृद्धाका लागि अबलम्बन गरेको सामाजिक सुरक्षा भत्ता दक्षिण एसियाकै नमूना भएको भन्दै यसले जेष्ठ नागरिकको जीवनयापनमा सहजता आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जेष्ठ नागरिकको औषधोपचारका लागी सातवटै प्रदेशमा जेष्ठ नागरिक अस्पताल स्थापना गर्नुपर्ने बताउनुभयो ।

उहाले जेष्ठ नागरिक समाजको अमुल्य सम्पती भएकाले परिवारका सवैले उनीहरुलाई माया र स्नेह दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष भरतमोहन अधिकारीले जेष्ठ नागरिकको मनोवल उच्च राख्दै उहाँहरुको सम्मानका लागी कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

दुई दिनसम्म चल्ने सो महोत्सवको पहिलो दिन आज १ नम्वर प्रदेशका ३ हजार सातसय जेष्ठ नागरिकलाइ प्रतिष्ठानले सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको छ । सम्मानीत हुनेमा १ सय बर्षभन्दा बढी उमेरका २२ जना हुनुहुन्थ्यो ।

६ कार्तिक, काठमाडौं ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विषयलाई लिएर अनावश्यक टिप्पणी गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

नेपाली काँग्रेसले आज गरेको कार्यक्रममा नेता पौडेलले यस विषयमा काँग्रेसको केन्द्रीय समितिभित्रै छलफल गरी एउटा निष्कर्ष निकाल्ने बताउनुभयो ।

संविधानको कार्यान्वयन र तिनवटै तहको चुनावमा अगाडि बढ्नुपर्ने बेला एउटा व्यक्तिको विषयलाई लिएर सर्बत्र बहसको विषय बनाइएको भन्दै नेता पौडेलले चिन्तासमेत व्यक्त
गर्नुभयो ।

६ असोज, काठमाडौं ।

नेकपा 'माओवादी केन्द्र'ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव सम्बन्धमा आवश्यक निर्णय लिने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।

अध्यक्ष दाहाल निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालय बैठकले महाअभियोग प्रस्तावमा विभिन्न पक्षसँग समन्वय गरी अगाडि बढ्न आवश्यक निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई दिने निर्णय गरिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

बैठक महाअभियोग दर्ता भएपछिको राजनीतिक अवस्था र त्यसको प्रभावको विषयमा केन्द्रित रहेको प्रबक्ता भूषालले जानकारी दिनुभयो ।

बैठकमा महाअभियोगको पक्षमा अन्य दलसँग आवश्यक छलफल गर्ने सहमति भएको छ ।

महाअभियोग प्रस्ताव दर्ता गर्दा अपनाइएको शैलीका सम्बन्धमा बैठकमा कतिपय सदस्यले असन्तुष्टि राखेका थिए ।

माओवादी केन्द्र र नेकपा ९एमाले०सहितका १५७ जना सांसदले गत कात्तिक ३ गते संसद्मा प्रमुख आयुक्त कार्कीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
स्मरणीय छ कार्की अख्तियार प्रमूखमा प्रधानमन्त्री पुष्पकमल दाहाल संयोजक रहेको उच्चस्तरिय राजनीतिक संयन्त्रले सिफारिस गरेपछि नियुक्त भएका हुन् ।

६ कार्तिक, गोरखा ।
जनमत जे कुराको पछि लाग्छ त्यसैको पछि लाग्दै बोली फेर्ने बतासे राजनीतिको पछिल्लो उदाहरण हुन पुराना नेता तर नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई ।

देशभर लोकमानसिंह कार्कीको बिरोध र उनलाई अख्तियार प्रमुखमा नियुक्त गर्न नहुने दबाव हुँदा समेत कार्की कुशल पूर्व प्रशासक भएको भन्दै उनलाई भारतीय योजनामा अख्तियार प्रमुखमा नियुक्त गर्न सघाएका बाबुराम भट्टराईले अहिले आएर बोली फेरेका छन् ।

कार्कीको नियुक्तीको बिरोध गर्दा बिरोधको लागि बिरोध गर्ने, आफु बिकल्प दिन नसक्ने भन्दै कार्कीको नियुक्तीमा बचाउ गरेका यिनै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले अहिले जनस्तरबाट बिरोध र उनलाई हटाउन महाअभियोग प्रस्ताव नै दर्ता भएपछि कार्की असनको साँढेजस्तो बनेकोले अहिलेको अवस्था आएको बताएका छन् ।

पछिल्लो हप्ता कार्की बिरुद्ध महाअभियोग प्रस्ताव अघि बढ्ने भएपछि बोलि फेर्न थालेका भट्टराईले गृह जिल्ला गोरखा आएर भनेलोकमान कसैलाई नटेर्ने असनको साँढेजस्तो बन्न खोजे । त्यही कारण आज यो अवस्था आयो ।

कार्कीलाई हटाएर मात्र समस्या समाधान नहुने भन्दै भट्टराईले अख्तियार पदाधिकारीमा नियुक्त गर्दा हुने राजनीतिक भागवण्डालाई अन्त्य गर्नुपर्ने समेत बताए ।

अख्तियारको नै काम नभएको भन्दै भट्टराईले शक्तिशालि लोकपाल बनाउनुपर्ने भन्दै लोकमानलाई कारबाही गर्ने नाममा धेरै भ्रष्टाचारीलाई उम्काउने खेल भइरहेको समेत बताए ।

तर उनले कसलाई बचाउने खेल भएको भने केही बताएनन् । घुमाउरोगरि कार्कीको केही बचाउ गर्दै भट्टराईले भने लोकमानलाई कारबाही गर्ने नाममा भ्रष्टाचारमा संलग्न कसैले पनि उन्मुक्ति पाउनु हुन्न ।

भट्टराईले हिन्दु धर्मका नाममा पूर्वराजा र राजावादीहरुले गतिविधि बढाएको भन्दै हिन्दुत्वको आवारणमा राजतन्त्र फर्काउने गतिविधि भएरहेको बताउँदै यसमा राजनीतिक दलहरु सतर्क हुनपर्ने बताए ।

प्रचण्ड नेतृत्व सरकारले केही गर्न नसकेको आरोप लगाउँदै भट्टराईले सरकार २४ सै घन्टै सुतेर बसेको आरोप समेत लगाए ।

आफुले काम गर्न नसक्ने अनि बिदेशी हस्तक्षेप भयो भन्नु गलत भन्दै पछिल्लो समय भारतले नेपाली राजनीति र संविधान संशोधनका नाममा गरिरहेको राजनीतिक दवावको बचाउ गर्दै उनले संविधान संसोधन छिट्टो गर्नुपर्ने समेत बताए ।

६ कार्तिक, काठमाडौं ।
नेपालले पाकिस्तानमा भएको अन्तराष्ट्रिय ब्याडमिनटन प्रतियोगितामा स्वर्णपदक जितेको छ ।

आफ्नै दिदी भाइ रत्नजित र नङ्सल तामाङको जोडीले पाकिस्तानमा सम्पन्न योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा मिश्रित युगल ९मिक्स डबल्स० तर्फ स्वर्ण पदक जितेका हुन् ।

शुक्रबार साँझ सम्पन्न फाइनलमा रत्नजित र नङ्सलको जोडीले पाकिस्तानी मेहमोना अमिर र मोहम्मद भाटीको जोडीलाई २१(१३, २१–१५ को सोझो सेटमा हराउँदै उपाधि उचालेको हो ।

प्रतियोगितामा सिरिया, बंगलादेश, पाकिस्तानसहित सात राष्ट्रको सहभागिता थियो । पाकिस्तानसँगको पछिल्लो समयको सिमा विवादका कारण जनाउँदै प्रतियोगितामा भारतले भाग नलिइ पन्छेको थियो ।

अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा यसअघि नेपाली खेलाडी मिश्रित युगलमा क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेका थिएनन् । नेपाली खेलाडी अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा तीनपटक पुगे पनि उपाधि जित्न भने असफल थिए ।

२०५२ सालमा नेपालमै आयोजना भएको महेन्द्र मेमोरियल इन्टरनेसनल च्याम्पियनसिपमा नेपालका नवीनविक्रम शाह पुरुष एकलको फाइनलमा पुगे पनि उपाधि जित्न असफल भएका थिए ।
नङ्सल र सुमिनाले दक्षिणएसियाली खेलकुद ९साग० को महिला एकलतर्फ कांस्यपदकसम्म जितेका थिए ।

२७ वर्षीय नङ्सल र २३ वर्षीय रत्नजित पछिल्ला केही संस्करणयता एकल स्पर्धामा लगातार नेपाल च्याम्पियन हुन् । नङ्सल र रत्नजितकी दिदी सरादेवी तामाङ पनि केही पटककी नेपाल च्याम्पियन हुन् । घरेलु ब्याडमिन्टनमा यी तीनैजना नेपाल आर्मी क्लबबाट खेल्ने गर्छन् ।

नेपाली महिला ब्याडमिन्टमा उत्कृष्ट खेलाडीको पहिचान बनाएकी सरादेवीकै प्रेरणामा बहिनी नङ्सल र भाइ रत्नजितले सफलताको बाटो तय गरेका हुन् ।

६ कार्तिक, बुटवल ।
नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले उत्पादनमुलक र श्रृजनात्मक कार्यमा लाग्न एमाले नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

नेकपा एमाले रुपन्देहीले रुपन्देहीको मधवलीयामा निर्माण गर्न लागेको मदन आश्रित भवनको आज शिलान्यास गर्दै आफु, मुलुक र पार्टी बलियो बनाउन पार्टी कार्यकर्ता सहित सबैलाई उत्पादन र स्वरोजगारमुलक कार्यमा लाग्न आग्रह गर्नु भयो ।

उहाले कार्यकर्तालाई गुट उप गुटमा बिभाजित नभई समग्र पार्टीलाई बलियो बनाउने गरी पार्टी निर्माणमा लाग्न पनि निर्देशन दिनु भयो ।

करिव ८ कठ्ठा जग्गामा ५ करोड रुपैयाको लगानीमा अत्याधुनिक पार्टी कार्यालय सहितको मदन आश्रित भवनको निर्माण गरीने जिल्ला अध्यक्ष भोज प्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।

६ कार्तिक, भोजपुर ।
भोजपुरको षडानन्द नगरपालिकाबाट प्रहरीले एक हजार दरका दुई थान नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर षडानन्द नगरपालिका ४ बस्ने ३० वर्षिय धुव्र दुमिहाङ राई र सोही स्थान बस्ने २९ वर्षिय सन्तोष राई रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

उनीहरु एक हजार दरका नक्कली नोट बोकेर गाउँमा रुद्राक्षको दाना खरिद गर्न हिड्दै गरेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट घ १०००४००४६ र घ १०००४००६६ नम्बरको दुई थान नोट बरामद भएको छ ।

दुबैलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खोटा चलन अन्तरगत मुद्दा दर्ता गरी म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

Police have arrested two persons with 2 thousand set of fake 1 thousand notes from Sadananda municipality of Bhojpur district yesterday.

According to Eastern Regional Police Office, Birtanagar, the arrestees have been identified as 30 year old Dhurba Dumi Rai and Santosh Rai of Sadananda municipality of Bhojpur district.

Police said, they arrested duo at the time of buying Rudrakshya beads carrying fake notes.

६ कार्तिक, खोटाङ ।
सर्वसाधारणको गुनासो सुन्न र सुझाव संकलनका लागि जिल्ला प्रहरी कार्यालय खोटाङ गाउँमा पुगेको छ । प्रहरी सेवालाई थप प्रभावकारी र जनमैत्री बनाउनका लागि जिल्ला प्रहरी कार्यालयले नुनथलाका सर्वसाधारणसँग भेटघाट गरेर गुनासो र सुझाव लिएको छ ।

‘नागरिक सुनुवाई’कार्यक्रमको सिलसिलामा गुनासो तथा सुझाव संकलनका लागि गाउँका सर्वसाधारणकहाँ पुगिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नबिनकिशोर प्रधानले बताउनुभयो ।

‘शान्ति, सुरक्षा, विकास, सभ्य समाज निर्माणमा प्रहरीको भूमीकाका बिषयमा सुझाव लिन र प्रहरीप्रतिको गुनासो सुन्नका लागि नागरिक सुनुवाई गरिएको हो,’ प्रनाउ प्रधानले भन्नुभयो । समाजमा शान्ति स्थापनार्थ हिंसा, दुर्घटना, अपराधिक क्रियाकलापका बिषयमा तत्काल खबर गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

मध्यपहाडी लोकमार्गले छोएको नुनथलाका सर्वसाधारणलाई लैगिंक हिंसा र ट्राफिक नियमका विषयमा समेत जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय, सामुदायिक सेवा केन्द्र र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा शुक्रबार नुनथलामा जनचेतनामुलक कार्यक्रम गरिएको हो ।

स्थानीयले सभ्य र शान्तिपूर्ण समाज निर्माण, दुधकोसीको पुल तथा सडक निर्माणमा भइरहेको ढिलासुस्ती लगायतका बिषयमा समेत ध्यान दिन प्रहरीको ध्यानाकर्षण गराएका छन् । प्रनाउ प्रधानले प्रहरी जनताको घरदैलोमा पुगेर शान्ति सुरक्षा कायम गर्न सदैब जुटिरहेकाले निश्चिन्त बन्न सर्वसाधारणलाई आग्रह गनुभयो ।

सामुदायिक सेवा केन्द्रका अध्यक्ष सनमान खड्काले महिलामाथि घरेलु हिंसाले नै समाज असभ्य भएकाले त्यसको अन्त्यमा जोड दिनुभयो । यस्तै, ट्राफिक प्रहरीका सहायक प्रहरी निरीक्षक तेजबहादुर बस्नेतले ट्राफिक नियम पालन गरेर सवारीसधान चलाउन तथा चढ्न निर्देशन दिनुभयो ।