बाबुरामले बोली फेरे । ‘पहिला-कुशल प्रशासक’ ‘अहिले-असनको साँढे’

कार्तिक ६, २०७३ मा प्रकाशित | 1136 views

६ कार्तिक, गोरखा ।
जनमत जे कुराको पछि लाग्छ त्यसैको पछि लाग्दै बोली फेर्ने बतासे राजनीतिको पछिल्लो उदाहरण हुन पुराना नेता तर नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई ।

देशभर लोकमानसिंह कार्कीको बिरोध र उनलाई अख्तियार प्रमुखमा नियुक्त गर्न नहुने दबाव हुँदा समेत कार्की कुशल पूर्व प्रशासक भएको भन्दै उनलाई भारतीय योजनामा अख्तियार प्रमुखमा नियुक्त गर्न सघाएका बाबुराम भट्टराईले अहिले आएर बोली फेरेका छन् ।

कार्कीको नियुक्तीको बिरोध गर्दा बिरोधको लागि बिरोध गर्ने, आफु बिकल्प दिन नसक्ने भन्दै कार्कीको नियुक्तीमा बचाउ गरेका यिनै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले अहिले जनस्तरबाट बिरोध र उनलाई हटाउन महाअभियोग प्रस्ताव नै दर्ता भएपछि कार्की असनको साँढेजस्तो बनेकोले अहिलेको अवस्था आएको बताएका छन् ।

पछिल्लो हप्ता कार्की बिरुद्ध महाअभियोग प्रस्ताव अघि बढ्ने भएपछि बोलि फेर्न थालेका भट्टराईले गृह जिल्ला गोरखा आएर भनेलोकमान कसैलाई नटेर्ने असनको साँढेजस्तो बन्न खोजे । त्यही कारण आज यो अवस्था आयो ।

कार्कीलाई हटाएर मात्र समस्या समाधान नहुने भन्दै भट्टराईले अख्तियार पदाधिकारीमा नियुक्त गर्दा हुने राजनीतिक भागवण्डालाई अन्त्य गर्नुपर्ने समेत बताए ।

अख्तियारको नै काम नभएको भन्दै भट्टराईले शक्तिशालि लोकपाल बनाउनुपर्ने भन्दै लोकमानलाई कारबाही गर्ने नाममा धेरै भ्रष्टाचारीलाई उम्काउने खेल भइरहेको समेत बताए ।

तर उनले कसलाई बचाउने खेल भएको भने केही बताएनन् । घुमाउरोगरि कार्कीको केही बचाउ गर्दै भट्टराईले भने लोकमानलाई कारबाही गर्ने नाममा भ्रष्टाचारमा संलग्न कसैले पनि उन्मुक्ति पाउनु हुन्न ।

भट्टराईले हिन्दु धर्मका नाममा पूर्वराजा र राजावादीहरुले गतिविधि बढाएको भन्दै  हिन्दुत्वको आवारणमा राजतन्त्र फर्काउने गतिविधि भएरहेको बताउँदै यसमा राजनीतिक दलहरु सतर्क हुनपर्ने बताए ।

प्रचण्ड नेतृत्व सरकारले केही गर्न नसकेको आरोप लगाउँदै भट्टराईले सरकार २४ सै घन्टै सुतेर बसेको आरोप समेत लगाए ।

आफुले काम गर्न नसक्ने अनि बिदेशी हस्तक्षेप भयो भन्नु गलत भन्दै पछिल्लो समय भारतले नेपाली राजनीति र संविधान संशोधनका नाममा गरिरहेको राजनीतिक दवावको बचाउ गर्दै उनले संविधान संसोधन छिट्टो गर्नुपर्ने समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web