६ कार्तिक, काठमाडौं ।
नेपालले पाकिस्तानमा भएको अन्तराष्ट्रिय ब्याडमिनटन प्रतियोगितामा स्वर्णपदक जितेको छ ।

आफ्नै दिदी भाइ रत्नजित र नङ्सल तामाङको जोडीले पाकिस्तानमा सम्पन्न योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा मिश्रित युगल ९मिक्स डबल्स० तर्फ स्वर्ण पदक जितेका हुन् ।

शुक्रबार साँझ सम्पन्न फाइनलमा रत्नजित र नङ्सलको जोडीले पाकिस्तानी मेहमोना अमिर र मोहम्मद भाटीको जोडीलाई २१(१३, २१–१५ को सोझो सेटमा हराउँदै उपाधि उचालेको हो ।

प्रतियोगितामा सिरिया, बंगलादेश, पाकिस्तानसहित सात राष्ट्रको सहभागिता थियो । पाकिस्तानसँगको पछिल्लो समयको सिमा विवादका कारण जनाउँदै प्रतियोगितामा भारतले भाग नलिइ पन्छेको थियो ।

अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा यसअघि नेपाली खेलाडी मिश्रित युगलमा क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेका थिएनन् । नेपाली खेलाडी अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा तीनपटक पुगे पनि उपाधि जित्न भने असफल थिए ।

२०५२ सालमा नेपालमै आयोजना भएको महेन्द्र मेमोरियल इन्टरनेसनल च्याम्पियनसिपमा नेपालका नवीनविक्रम शाह पुरुष एकलको फाइनलमा पुगे पनि उपाधि जित्न असफल भएका थिए ।
नङ्सल र सुमिनाले दक्षिणएसियाली खेलकुद ९साग० को महिला एकलतर्फ कांस्यपदकसम्म जितेका थिए ।

२७ वर्षीय नङ्सल र २३ वर्षीय रत्नजित पछिल्ला केही संस्करणयता एकल स्पर्धामा लगातार नेपाल च्याम्पियन हुन् । नङ्सल र रत्नजितकी दिदी सरादेवी तामाङ पनि केही पटककी नेपाल च्याम्पियन हुन् । घरेलु ब्याडमिन्टनमा यी तीनैजना नेपाल आर्मी क्लबबाट खेल्ने गर्छन् ।

नेपाली महिला ब्याडमिन्टमा उत्कृष्ट खेलाडीको पहिचान बनाएकी सरादेवीकै प्रेरणामा बहिनी नङ्सल र भाइ रत्नजितले सफलताको बाटो तय गरेका हुन् ।

26.12¡ÆC