गोपाल किरातीद्धारा माओवादी केन्द्रीय कार्यालयबाट राजिनामा

६ कार्तिक, काठमाडौं ।
माओवादी केन्द्रका नेता गोपाल किरातीले पार्टी केन्द्रीय कार्यालबाट राजिनामा दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालयबाट राजिनामा पार्टी छाड्नको लागि नभई पार्टीलाई चुस्त बनाउन राजिनामा दिएको किराँतीले बताएका छन् ।

उनले सबै नेताहरुलाई एक तह घटुवा गर्न समेत पार्टी अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन् ।

भदौ २५ गते नै संगठन विभाग इन्चार्ज बादललाई राजिनामा बुझाएपनि स्विकृत नभएपछि सार्वजनिक रुपमा आफुले राजिनामा दिएको जानकारीमा ल्याएको उनले बताएका छन् ।

उनले आफु सचिवालयमा बसेर प्रदेशको जिम्मेवारी समाल्ने बताएका छन् । उनले पार्टी अध्यक्ष बाहेक सबैको एक तह घटवा गर्न समेत माग गरेका छन् ।

रेल दुर्घटनामा परि क्यामरुनमा कम्तिमा ५७ को मृत्यु

६ कार्तिक, काठमाडौं ।
अत्यधिक यात्रुले खचाखच रेल दुर्घटनामा परि कफ्रिकी देश क्यामरुनमा कम्तिमा ५७ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि अन्य ६ सय व्यक्ति घाइते भएको अलजजिरा अनलाईनले लेखेको छ ।

क्यामरुनको याउँडे तथा डूआला शहरबीच गुडीरहेको रेलको दशवटा डिव्वा लिकबाट उछिट्टींदा यतिधेरै व्यक्ति हताहती भएका हुन् ।

रेलबाट उछिट्टींदा यात्रुहरु रेलको डिब्बामा च्यापिएका तथा थिचिएका कारण सयौं व्यक्तिको हात तथा खुट्टामा गम्भिर चोट र भाँचिएको बताइएको छ ।

भारी वर्षाका कारण दुई सहरबीचको सडकका विभिन्न भागका क्षति पुग्दा रेलमा थप आठ वटा डिब्बा थपेर सञ्चालन गरिएको थियो ।

समाचार संस्था एपीले ६ सय यात्रु चढ्ने रेलमा थप डिब्बा समेत गरेर १३ सय बढी यात्रु रहेको अनुमान गरेको छ ।

एमाले महाअभियोग प्रस्तावबाट पछि हट्दैन : ओली

६ कार्तिक, काठमाडौं ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी विवादीत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीमाथि लगाएको महाअभियोग प्रस्तावबाट पछि नहट्ने प्रतिवद्धता जनाएका छन् ।

ओलीले समयको आवश्यकता र मागले कार्की बिरुद्ध महाअभियोग प्रस्ताव आएको भन्दै यो भन्दा पछाडि कोही जान नसक्ने बताए ।

संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र बुझ्दै अध्यक्ष ओलीले कार्कीले समानान्तर सरकार चलाउन खोजेकाले महाअभियोग आवश्यक परेको स्पष्ट पारे ।

कार्की विरुद्ध व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पास गराउन माग सहितको प्रस्ताव बुझ्दै ओलीले आफ्नै सरकारदेखि कार्की बिरुद्ध महाअभियोगको तयारी गरिएको समेत दाबी गरे ।

सरकार ढाल्न एमालेले षडयन्त्र पूर्वक संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएको नेपाली कांग्रेसका नेताहरुको आरोपको खण्डन गर्दै ओलीले भने षडयन्त्र गर्नेहरुका विरुद्धको कदम नै महाअभियोग प्रस्ताव हो ।

महाभियोग राजनीति जोगिने, जोगाउने :भरत दाहाल

लोकमान महाभियोग प्रकरणमा रैतीहरूमाथि रञ्जीत रे ले प्रदर्शन गरेको नाङ्गो शासनले सो प्रकरणको समापन कस्तो होला भन्ने तस्वीर देखाइ सकेको छ ।

लोकमानलाइ अख्तियारको प्रमूख आयुक्त बनाउन दिल्लीको प्रस्तावमा सर्वसम्मति जनाएकाहरूले लोकमानकै हातबाट शिकार बनाइने भयले महाभियोगको प्रस्ताव त दर्ता गरेर लोकमानलाइ ससम्मान जागिरबाट विदा दिने र आफू सुरक्षित हुने बाटो मात्र खोजेका हुन्, यीनीहरूबाट प्रस्ताव पारित गर्न संभव छैन ।

किनभने लोकमानमाथि महाभियोग प्रस्ताव पारित गर्दा उनलाइ प्रमूख आयुक्त बनाउँदा भएको अपराधिक खेलको लहरो तानिन्छ ।

महाभियोग प्रस्ताव आफू पनि जोगिने र लोकमान पनि जोगाउने रणनीति हो ।

यो रञ्जीत रे ले दलालहरूलाइ निर्देशन दिए जस्तै सुरक्षित अवतरणको उपायमा गएर टुंगिन्छ ।

आफ्नै दललाइ मूर्दावाद भन्दै मधेशवादी जुलुसमा हिंड्ने अमरेशकुमारलाइ प्रष्टिकरण लिन नसक्ने कांग्रेस, करोडौं पैसा ख्वाएर आफू सांसद भएको बयान दिने राज्यलक्ष्मी गोल्छालाइ दोसल्ला ओढाउने एमाले र लोकमानलाइ प्रमूख आयुक्तमा प्रस्ताव गर्ने एमाओवादीले रञ्जीत रे को आदेश उल्लंघन गर्नका लागि नेपालभित्रको बाह्य शक्ति सन्तुलन उल्टिनु पर्छ ।

लोकमानको घरमा म्याद टाँस्न नदिएको प्रायोजित कथा केवल नाटकको दृष्य हो ।

अदालतदेखि राजनीतिक वृत्तसम्मका सबै अपराधिहरूको मिलेमतो छ ।

लोकमानको घर भेटिएन भनेर पूर्जी फर्काउने र पूर्जी फर्काउनेहरूलाइ कार्वाहि गर्ने नाटक देखाएर जनता अल्मल्याउने सबै विदेशी गिरोहका सदस्यहरू हुन् ।

विश्व हिन्दु महासम्मेलनमा कुटाकुट, भरतकेशर सिंह पुन अध्यक्ष

५ कार्तिक, काठमाडौं ।
विश्व हिन्दु महासंघको राजधानीमा जारी विराट महासम्मेलन कुटाकुटका बिच सम्पन्न भएको छ ।

बन्दसत्रले पुन भरतकेशर सिंहलाई सर्वसम्मत भन्दै अध्यक्ष चयन गरेको छ ।

यसअघि बन्दसत्रमा विवाद हुँदा सहभागीबीच कुटाकुट भएको थियो । बिहीबार राजधानीको पशुपतिस्थित वनकालीमा उद्घाटन भएको सम्मेलनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको हो ।

लगातार सँगै एकै व्यक्ति अध्यक्ष हुने ज्ञानेन्द्र शासन सैलि भएको भन्दै सञ्चमा बिरोध हुन थालेपछि दुई पक्षबिच कुटाकुट भएको हो ।

विवादका क्रममा कुटाकुट हुँदा विश्व हिन्दु महासंघका आजीवन सदस्य रहेका विशाल शिवाकोटी घाइते भएका छन् ।

कार्यक्रमको तालिका विपरित शनिबार निर्वाचन नगरी शुक्रबार नै भरतकेशर सिंहलाई अध्यक्ष घोषणा गरेपछि विवाद भएको बताइएको छ ।

महासम्मेलनको बन्दसत्रमा हिन्दू सनातन मोर्चा र राप्रपा नेपाल निकट संस्थाका प्रतिनिधिले विरोध जनाउदै आएका थिए ।

झगडापछि सम्मेलनमा सहभागी विश्वहिन्दु महासंघ भारत एकाइका अध्यक्ष आदित्यनाथले कुटाकुटपछि मञ्चमा नै उक्लेर  ‘यो हिन्दु विराट सम्मेलन हो । यहाँ क्रिस्चियनको घुसपैठ भयो । यो सम्मेलनलाई कसैले भाड्न पाउदैन । यहाँ कसैले प्रवेश गर्न पाउदैन ।’ भने ।

पूर्व अध्यक्ष समेत रहेका भरतकेशर सिंह आगामी ५ बर्षका लागि अध्यक्ष निर्वाचित भए पनि अन्य पदाधिकारी भने महासमितिको सिफारिसपछि मनोनयन हुने व्यवस्था रहेको छ ।

लोकमानलाई दिने सरकारी सुविधा रोक्न सर्वोच्चमा निवेदन

५ कार्तिक, काठमाडौं ।
निलम्बनमा परेका विवादित अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीले लिंदै आएको सरकारी सेवा सुविधा रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवदेन परेको छ ।

लोकमानले भोग गर्दै आएको सरकारी सेवा सुविधा रोक्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा आज पूरक निवेदन दर्ता भएको हो ।

अधिवक्ता ओमप्रकाश अर्यालले शुक्रवार दिउँसो सर्वोच्च अदालतमा कार्कीलाई राज्यले दिँदै आएको सेवा सुविधा तत्काल रोक्न अन्तरिम आदेशको माग गर्दै पूरक निवेदन दर्ता गराउनुभएको हो ।

सर्वोच्च अदालतमा कार्कीको नियुक्तीको विषय विचाराधीन रहेको र संसदमा उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएकाले मुद्दाको अन्तिम किनारा नलागेसम्म सम्पूर्ण सेवा सुविधा रोक्न माग गरिएको छ ।

अधिवक्ता अर्यालले सर्वोच्च अदालत नियमावली २०४९ को नियम ४१, ५२ बमोजिम तत्काल अन्तरिम वा अन्तरकालिन आदेश र नेपालको संविधानको धारा १३३ बमोजिम अन्य जो चाहिने आदेश समेत जारी गरी पाऊ भन्दै निवेदन दर्ता गराउनुभएको छ ।

अर्यालले सर्वोच्चमा दर्ता गरेको पूरक निवेदनमा भनिएको छ,‘लोकमानसिंह कार्की ज्यूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदको अधिकार वा हैसियत प्रयोग गर्न नपाउने गरी निलम्बन गर्न, सो पदको जिम्मेवारी वहन गर्न नपाउने, निजले पाइरहेको सेवा, सुविधा, सुरक्षाकर्मी, सरकारी आवास लगायत कुनै पनि सुविधा प्रयोग गर्न नपाउने गरी तत्काल अन्तरकालिन आदेश जारी गरि पाऊँ।’

निवेदनमाब कार्कीले मुद्दा विचाराधिन रहेका बेला न्यायिक प्रक्रिया र न्यायसम्पादन कार्यमा समेत प्रतिकूल प्रभाव पार्न वा प्रमाण लोप गर्न वा दुषित र प्रतिशोधपूर्ण कामकारवाही गर्नका लागि सो पदको दुरुपयोग गर्ने, बदनियतपूर्ण र अनधिकृत कार्य गरिरहने प्रवल सम्भावना भएकोले सरकारी सेवा सुविधा रोक्नु पर्ने उल्लेख गरिएको छ ।

कार्कीले पदको आडमा राज्य शक्तिको दुरुपयोग गरी राष्ट्रकै संवेदनशीलता, गोपनियता भंग गर्ने, कानुन हातमा लिने, देशद्रोही कार्य वा राज्यविरुद्धका अपराधजन्य अन्य कार्यमा संलग्न हुने अवस्था विद्यमान रहेको निवेदनमा औंल्याइएको छ ।

Two accused of exploding IEDs at various Kathmandu schools arrested

Police has made public two persons accused of planting and exploding improvised explosive device (IED) at various schools in the Capital on September 20.

Keshab Dahal, General Secretary of Maoist Communist Centre, and Binod Thapa, chairman of All Nepal Free Students Centre, the party's sister organisation, were arrested from Nalinchok , Bhaktapur, said Additional Inspector General of Police, Pratap Singh Thapa.

Earlier, Shankar Lakhe of Ramechhap, Chandra Bahadur Tamang of Sindhuli, Bishnu Prasad Poudel and Mustakim Ansari were arrested on the same charge.

Other four suspects are still at large, police added.

Nepal and RoK hold 3rd bilateral consultation meeting

Nepal and the Republic of Korea (RoK) held the 3rd bilateral consultation meeting between the Ministries of Foreign Affairs of the Government of Nepal and RoK in Kathmandu today.

Joint Secretary and head of the North East Asia Division at Ministry of Foreign Affairs, Jhabindra Aryal, led the Nepali delegation and his counterpart Director General for South Asia and Pacific Affairs at Ministry of Foreign Affairs of the RoK, RyuJeong-hyun, led the Korean delegation of the bilateral consultation meeting.

During the meeting, both sides discussed the issues of mutual interests and reviewed all the matters of bilateral cooperation. The delegations shared views on the various aspects of Nepal-Korea relations so as to take them ahead in a forward looking manner, said press release issued by the Ministry of Foreign Affairs.

The Nepali side appreciated the RoK government for its continued support and cooperation in the overall socio-economic development of Nepal.

The Korean side expressed its readiness to continue cooperation in the socio-economic development efforts and priorities of the Government of Nepal.

लोकमानसिंह कार्कीलाई कारवाहीको माग गर्दै सल्यानमा जुलुश

५ कार्तिक, सल्यान ।
अख्तियार दुरुपयोग आयोगका प्रमुख आयूक्त लोकमानसिहं कार्की विरुद्धको महाअभियोग प्रस्ताव पारित गराउन दवाव दिन भन्दै सल्यानमा विरोध जुलुश निकालिएको छ ।

नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारी सल्यानले विरोध जुलुश प्रर्दशन गरेको हो ।

आयुक्त कार्कीले भष्टाचारलाई प्रशय दिएको तथा ठुला माछा समाउन नसकेको भन्दै क्रान्तिकारीले आज साँझ सल्यान खलंगामा विरोध जुलुश प्रर्दशन गरेको हो ।

महाअभियोगको प्रस्ताव पारित गर्न संसदहरुले खुट्टा नकमाउन भन्नका लागि विरोध जुलुश निकालिएको अखिल क्रान्तिकारीले  जानकारी दिएको छ ।

खलंगा टुडिखेलबाट सुरु भएको विरोध जुलुश डाँडागाउँ, हुदै पुरानो बसपार्कमा पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्ने वक्ताहरुले महाभियोग प्रस्ताव पारित नभए दलहरुको पनि अस्तित्व नामेट हुने चेतावनी दिएका छन् ।

भारतीय राष्ट्रपति आउने भएपछि सडक मर्मत

५ कार्तिक, जनकपुर ।
भारतका राष्ट्रपति प्रणव मुखर्जीको जनकपुरमा हुने भ्रमणका लागि सडक मर्मतको कामलाई तीब्र वनाइएको छ भने सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ ।

भारतका राष्ट्रपति प्रणव मुखर्जिको जनकपुरमा हुने भ्रमणको तायारीका क्रममा नेपालका र भारतीय सुरक्षा अधिकारीहरुले आज राष्ट्रपति जानु हुने स्थलको संयुक्त रुपमा निरिक्षण  गर्नु भएको छ ।

कार्तिक १९ गते भारतका राष्ट्रपतिले जानकी मंन्दिरमा विषेश पूँजा अर्चना र जनकपुर यदुकोहा सडक जोड्ने हुलाकी राजमार्गको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

प्रचण्डले नियुक्त गरेका महान्यायाधिवक्ता भन्छन्-‘कार्कीको तलब सुविधा रोकिन्न’

५ कार्तिक, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियुक्त गरेका महान्यायाधिवक्ता रमन श्रेष्ठले अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीको तलब सुविधा नरोकिने बताएका छन् ।

माओवादी सरकार बनेपछि प्रचण्डको सिफारिसमा महान्यायाधिवक्ता बनेका श्रेष्ठले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संविधानमा निलम्बन भन्ने सब्द नरहेको र काम गर्न नदिनु मात्रै भनेकाले सुविधान नरोकिने बताएका हुन् ।

सञ्चारमाध्यममा कार्की निलम्बनको समाचार प्रकाशनरप्रशारण भएपनि उहाँलाई सभामुखको कार्यलयबाट काम नगर्नु भन्ने आदेश मात्रै भएकाले सुविधा नरोकिने उनको भनाई छ ।

स्मरणीय छ लोकमानसिंह कार्की पुष्पकमल दाहाल उच्चस्तरिय राजनीतिक समितिको संयोजक रहँदा उनकै सिफारिसमा अख्तियार प्रमुख भएका हुन् ।

भारतीय दवावमा अख्तियार प्रमुख बनाइएका कार्कीसँगै पुष्पकमल दाहाल नेतृत्व सरकार पनि केपी ओली सरकार ढालेर भारतीय योजनामै काँग्रेसको समर्थनमा बनेको सरकारको रुपमा भारतीय मिडियाहरुले नै लेख्नेगरेका छन् ।

अदालतले बाटो खोलिदिएपछि एन्फा चुनाव सोमबार हुने

५ कार्तिक, काठमाडौं ।
पाटन उच्च अदालतले अखिल नेपाल फुटबल संघ एन्फाको चुनावको लागि बाटो खुल्ला गरिदिएको छ ।

अदालतको निर्णयपछि अब एन्फाको अध्यक्ष र बरिष्ठ उपाध्यक्षका लागि आगामी सोमबार निर्वाचन हुने पक्का भएको छ ।

एन्फाको बिधान र निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पूर्व राष्ट्रिय फुटबल खेलाडी लोकबहादुर शाही र पूर्व फिफा सहायक रेफ्री बिनोद केसीले दायर गरेको मुद्धामा उच्च अदालत पाटनले अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु नपर्ने फैसला गरेपछि एन्फा निर्वाचन समयमै हुने निश्चित भएको हो ।

न्यायधीशहरु डिल्लीराज आचार्य र भीमकुमार ओझाको इजलासले एन्फा निर्वाचन रोक्न परेको रिटमाथि गत असोज १४ गते दिइएको अन्तरिम आदेश जारी राख्नु नपर्ने फैसला सुनाएको हो । यद्यपी मुद्धाको अन्तिम फैसला बाँकी छ ।

एन्फा निर्वाचन रोक्न माग गर्दै शाही र केसीले गत असोज १३ गते उच्च अदालत पाटनमा मुद्धा दायर गरेका थिए ।

अदालतको आदेशसँगै एन्फाको अध्यक्ष र अपाध्यक्ष पदका लागि आगामी सोमबार निर्वाचन हुने निश्चित भएको छ ।

एक बर्षे कार्यकालका लागि हुन लागेको मध्यावधी निर्वाचनमा अध्यक्ष पदका लागि बर्तमान कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्मा छिरिङ शेर्पाबीच प्रतिस्पर्धा हुँदैछ ।

त्यस्तै उपाध्यक्ष पदका लागि श्रेष्ठ प्यानलबाट मणि कुँवर र शेर्पा प्यानलबाट दीपक खाती बरिष्ठ उपाध्यक्षको चुनावी प्रतिस्पर्धामा छन् । पूर्व राष्ट्रिय फुटबलर उपेन्द्रमान सिंहले पनि स्वतन्त्र रुपमा बरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

एन्फाका तत्कालिन अध्यक्ष गणेश थापा भ्रष्ट भएको पाइएपछि फिफाले प्रतिबन्धसँगै पदबाट निलम्बन गरेपछि एन्फा बरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठले सम्हाल्दै आएका थिए ।

तर श्रेष्ठको पनि असामयीक निधन भएपछि रिक्त पद पूर्तिका लागि एन्फाको चुनाव हुन लागेको हो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web