५ कार्तिक, काठमाडौं ।
विश्व हिन्दु महासंघको राजधानीमा जारी विराट महासम्मेलन कुटाकुटका बिच सम्पन्न भएको छ ।

बन्दसत्रले पुन भरतकेशर सिंहलाई सर्वसम्मत भन्दै अध्यक्ष चयन गरेको छ ।

यसअघि बन्दसत्रमा विवाद हुँदा सहभागीबीच कुटाकुट भएको थियो । बिहीबार राजधानीको पशुपतिस्थित वनकालीमा उद्घाटन भएको सम्मेलनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको हो ।

लगातार सँगै एकै व्यक्ति अध्यक्ष हुने ज्ञानेन्द्र शासन सैलि भएको भन्दै सञ्चमा बिरोध हुन थालेपछि दुई पक्षबिच कुटाकुट भएको हो ।

विवादका क्रममा कुटाकुट हुँदा विश्व हिन्दु महासंघका आजीवन सदस्य रहेका विशाल शिवाकोटी घाइते भएका छन् ।

कार्यक्रमको तालिका विपरित शनिबार निर्वाचन नगरी शुक्रबार नै भरतकेशर सिंहलाई अध्यक्ष घोषणा गरेपछि विवाद भएको बताइएको छ ।

महासम्मेलनको बन्दसत्रमा हिन्दू सनातन मोर्चा र राप्रपा नेपाल निकट संस्थाका प्रतिनिधिले विरोध जनाउदै आएका थिए ।

झगडापछि सम्मेलनमा सहभागी विश्वहिन्दु महासंघ भारत एकाइका अध्यक्ष आदित्यनाथले कुटाकुटपछि मञ्चमा नै उक्लेर ‘यो हिन्दु विराट सम्मेलन हो । यहाँ क्रिस्चियनको घुसपैठ भयो । यो सम्मेलनलाई कसैले भाड्न पाउदैन । यहाँ कसैले प्रवेश गर्न पाउदैन ।’ भने ।

पूर्व अध्यक्ष समेत रहेका भरतकेशर सिंह आगामी ५ बर्षका लागि अध्यक्ष निर्वाचित भए पनि अन्य पदाधिकारी भने महासमितिको सिफारिसपछि मनोनयन हुने व्यवस्था रहेको छ ।

17.12¡ÆC