५ कार्तिक, काठमाडौं ।
पाटन उच्च अदालतले अखिल नेपाल फुटबल संघ एन्फाको चुनावको लागि बाटो खुल्ला गरिदिएको छ ।

अदालतको निर्णयपछि अब एन्फाको अध्यक्ष र बरिष्ठ उपाध्यक्षका लागि आगामी सोमबार निर्वाचन हुने पक्का भएको छ ।

एन्फाको बिधान र निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पूर्व राष्ट्रिय फुटबल खेलाडी लोकबहादुर शाही र पूर्व फिफा सहायक रेफ्री बिनोद केसीले दायर गरेको मुद्धामा उच्च अदालत पाटनले अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु नपर्ने फैसला गरेपछि एन्फा निर्वाचन समयमै हुने निश्चित भएको हो ।

न्यायधीशहरु डिल्लीराज आचार्य र भीमकुमार ओझाको इजलासले एन्फा निर्वाचन रोक्न परेको रिटमाथि गत असोज १४ गते दिइएको अन्तरिम आदेश जारी राख्नु नपर्ने फैसला सुनाएको हो । यद्यपी मुद्धाको अन्तिम फैसला बाँकी छ ।

एन्फा निर्वाचन रोक्न माग गर्दै शाही र केसीले गत असोज १३ गते उच्च अदालत पाटनमा मुद्धा दायर गरेका थिए ।

अदालतको आदेशसँगै एन्फाको अध्यक्ष र अपाध्यक्ष पदका लागि आगामी सोमबार निर्वाचन हुने निश्चित भएको छ ।

एक बर्षे कार्यकालका लागि हुन लागेको मध्यावधी निर्वाचनमा अध्यक्ष पदका लागि बर्तमान कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्मा छिरिङ शेर्पाबीच प्रतिस्पर्धा हुँदैछ ।

त्यस्तै उपाध्यक्ष पदका लागि श्रेष्ठ प्यानलबाट मणि कुँवर र शेर्पा प्यानलबाट दीपक खाती बरिष्ठ उपाध्यक्षको चुनावी प्रतिस्पर्धामा छन् । पूर्व राष्ट्रिय फुटबलर उपेन्द्रमान सिंहले पनि स्वतन्त्र रुपमा बरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

एन्फाका तत्कालिन अध्यक्ष गणेश थापा भ्रष्ट भएको पाइएपछि फिफाले प्रतिबन्धसँगै पदबाट निलम्बन गरेपछि एन्फा बरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठले सम्हाल्दै आएका थिए ।

तर श्रेष्ठको पनि असामयीक निधन भएपछि रिक्त पद पूर्तिका लागि एन्फाको चुनाव हुन लागेको हो ।

५ कार्तिक, काठमाडौं ।
काठमाडौं र ललितपुरका विद्यालयमा बम पड्काएर धम्क्याउँदै चन्दा असुल गर्न खोज्ने दुईजना एक महिनापछि पक्राउ परेका छन् ।

गत असोज ४ गते काठमाडौं र ललितपुरका १० वटा स्कुलमा एकसाथ बम पड्काउने योजनाकारलाई प्रहरीले १२ घण्टाको अपरेशनपछि समातेको जनाएको छ ।

प्रहरीका अनुसार सहयोगी ४ जना यसअघि नै पक्राउ परेपनि मुख्य योजनाकार ठानिएका मीन देवकोटा भन्ने विनोद थापा र माओवादी कम्युनिष्ट केन्द्रका महासचिव भनिएका केशव दाहाललाई प्रहरीले पक्राउ गरेको छ ।

असोज ४ गते उपत्यकामा बम बड्काएपछि मुख्य योजनाकार मध्येका मीन देवकोटा भन्ने विनोद थापा र बम विष्फोट गराउने योजनाकार भनिएका माओवादी कम्युनिष्ट केन्द्रका महासचिव केशव दाहाल फरार भएका थिए ।

थापाले फोनै गरेर बम विष्फोट आफूहरुले गराएको जिम्मा लिएपछि अपराध महाशाखा र काठमाडौं परिसरको संयुक्त टोलीले उनीहरुको खोजीलाई थप तीव्र पारेको थियो ।

प्रहरीले पक्राउ परेका दुवैजना काभ्रेको सिमथलीबाट उनिहरुलाई पक्रेको हो । दोलालघाटबाट करिब चार घण्टाको पैदल यात्रामा पुगिने सो गाउँमा थापा र दाहाल लुक्न सक्ने सम्भावित ६ वटा घरको सूची प्रहरीले तयार पारेर गएको प्रहरीको विशेष टोलीले उनिहरुलाई पक्रेको हो ।

अपराध महाशाखाका डीएसपी रमेश थापाको नेतृत्वमा २० जनाको टोलीले विद्यालयमा बम पड्काएर भागेको अभियुक्तहरुलाई पक्रेको हो ।

बुधबार राति करिब साढे १ बजे प्रहरीले एकसाथ ती ६ वटै घरमा अपरेशन गर्दा दाहाल र थापा पक्राउ परेको र उनीहरु पक्राउ परेको घर थापाका काकाको भएको बताइएको छ ।

प्रहरीका अुनसार दुबैजना सिन्धुपाल्चोकबाट करिब एकसाता अघि काभ्रे पुगेका थिए । बम विष्फोटपछि सञ्चार माध्यममा फोन गरेर घटनाको जिम्मा लिएपछि थापा र दाहाल दुबैले मोबाइल बोक्न छाडेका थिए ।

प्रहरीले आफन्तको सहायताबाट उनिहरुलाई पक्राउ गरेको जनाएको छ । यस्तै प्रहरीका अनुसार सिन्धुपाल्चोक, दोलखा र काभ्रेका विकट गाउँमा लुक्दै बस्दै आएका उनिहरुले राती सुत्दा समेत गार्डको रुपमा सेन्ट्री राख्ने गरेका थिए ।

गाउँमा नयाँ मान्छे आएको सूचना दिन राति ११ बजेसम्म सेन्ट्री राख्ने गरेका उनिहरु बिहान ४ बजेनै उठेर जंगलतिर गएर लुक्ने गरेको पाइएको प्रहरीले बताएको छ ।

पक्राउ परेकाबाट प्रहरीले लिएको सूचना अनुसार दशैं, तिहारजस्ता चाडपर्व नजिकिएसँगै चन्दा उठाउने योजना बनाउन भदौ २५ गते माओवादी कम्युनिष्ट केन्द्रका अध्यक्ष भनिएका देवेन्द्र सिंह महतको नेतृत्वमा बैठक बसेको थियो ।

काठमाडौं परिसरका एसएसपी बिक्रम सिंह थापाका अनुसार टोखास्थित महतको कोठामा बसेको बैठकमा ९ जना सहभागी थिए । सोही बैठकले विद्यालयमा बम राख्ने योजना बनाएको प्रहरीको दाबी छ ।

एसएसपी थापाले पत्रकार सम्मेलनमा भने, ‘विद्यालयलाई आतंकित बनाए सजिलै पैसा असुल गर्न सकिने उद्देश्यसहित यिनीहरुको योजना बनेको देखिन्छ र त्यही अनुसार सबैले कामको जिम्मेवारी बाँडफाँड गरेका थिए ।’

राति १२ बजेदेखि बम राख्ने योजनाअनुसार हरेक ठाउँमा कमाण्डर छुट्याइएको थियो । बौद्ध क्षेत्रको नेतृत्व शंकर लाखे र चन्द्रबहादुर तामाङले गरेका थिए ।

प्रहरीका अनुसार १५ जनाभन्दा बढी मान्छे एकसाथ बम राख्न परिचालित भएका थिए । उनीहरुले असोज ४ गते विहानपख दुई बजे नै तोकिएका सबै विद्यालयमा बम राखिसकेपछि महतसहित मुख्य योजनाकारहरु काठमाडौं छाडेर भागेका थिए ।

बम राख्न आवश्यक विष्फोटक पदार्थ र सिलिण्डरको व्यवस्था मुस्ताकिम अन्सारीले गरेका थिए ।

घटनाका मुख्य योजनाकार महतसहित बम बनाउने र राख्ने अन्य दुईजना भने अझै फरार छन् ।

एसएसपी थापाका अनुसार बम विष्फोटका योजनाकार महासचिव भनिएका केशव दाहाल आठौं पटक समातिएका हुन् । ०६६ सालमा सुरेन्द्र लम्साललाई अपहरण गरेर तीन करोड फिरौती मागेको अभियोगमा समातिएयता उनी बम विस्फोट, गैंडाको खाग र चितुवाको छाला तस्करी लगायत काण्डमा ७ पटक पक्राउ परेर नेताको सोर्स फोर्स लगाउँदै छुट्टै आएका थिए ।

प्रहरीले यो समुहसँग हातहतियार पनि हुनसक्ने भन्दै थप अनुसन्धान अघि बढाएको छ । साथै प्रहरीले पक्राउ परेकामाथि हदैसम्मको जन्म कैद दाबी सहित मुद्दा तयार गर्ने र संगठित अपराध अन्तर्गत मुद्दा चलाउने बताएको छ ।

५ कार्तिक, काठमाडौं ।
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा काँग्रेसका केही नेताहरुले लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन नहुने भन्दै उनको बचाउ गरेका छन् ।

विवादीत अख्तियार प्रमुख लोकमानसिंह कार्की्विरुद्ध ससदमा दर्ता भएको महाभियोग प्रस्ताव सविधान सशोधन, स्थानिय निकायको पुर्नसरचना, पार्टी सगठन र देशको समसामयिक राजनीतिक स्थितिका बिषयमा आजको बैठकमा छलफल भएको बताइएको छ ।

बैठकमा अख्तियार प्रमुख कार्की्विरुद्ध ससदमा दर्ता भएको महाभियोग प्रस्तावका बारेमा सदस्यहरुले दुईथरी धारणा व्यक्त गरेको केन्द्रिय सदस्य गोविन्द भटराईले जानकारी दिए ।

बैठकमा केही केन्द्रिय सदस्यले महाभियोग प्रस्तावका आधारहरुलाई केलाएर पार्टीले जिम्मेवार भएर निर्णय लिनु पर्ने धारणा राखेका थिए ।

केही केन्द्रिय सदस्यले अख्तियार प्रमुख कार्कीको नियुक्ति नै गलत भएकाले अहिले दर्ता भएको महाभियोग प्रस्तावलाई मौकाको रुपमा लिएर त्यसलाई समर्थन गर्नु पर्ने धारणा राखेका थिए ।

बैठकमा प्रकाशमान सिंह, डा. शेखर कोइराला, दिलेन्द्र बडु, नवीन्द्रराज जोशी, आनन्द प्रसाद ढुंगाना, ज्ञानेन्द्र बहादुर कार्की, रमेश लेखक, एन. पी साउद, कमला पन्त, प्रदीप पौडेल, किरण यादव, मान बहादुर विश्वकर्मा, जीवन परियार, फरमुल्लाह मन्सुर, देवेन्द्रराज कँडेल, मोहन बहादुर बस्नेत र रत्ना शेरचन लगायतका १६ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका थिए ।

काँग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक कार्तिक ८ गते सोमबार बिहान ८ बजे बस्नेगरि स्थगि भएको छ ।

५ कार्तिक, डडेल्धुरा ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले समितिद्वारा सिफारिश गरी र सरकारद्वार कार्यान्वयनमा ल्याइएको न्यूनतम पारिश्रमिक सबै सञ्चारगृहमा लागू गरिने बताउनुभएको छ ।

नेपाल प्रेस युनियनको डडेल्धुरामा सम्पन्न क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष केसीले न्यूनतम पारिश्रमिक लागू नगर्ने सञ्चारमाध्यमलाई कारवाही गरिने बताउनुभयो ।

सोही सम्मेलनलाई सम्बोधन गर्दै नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्दै संघीय शासन प्रणालीलाई कार्यान्वयनमा ल्याउन पत्रकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

यस्तै नेपाल प्रेस युनियनका सुदूरपश्चिम संयोजक लाल बहादुर ऐरीको अध्यक्षतामा सम्पन्न सोही सम्मेलनले ९ बुँदे सुदूरपश्चिम घोषणापत्र जारी गर्दै संगठन सुदृढीकरणका लागि ९ ओटै जिल्लामा बिशेष टोली खटाउने निर्णय गरेका छ ।

५ कार्तिक, काठमाडौं ।
काठमाण्डौको रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण पुरातत्व विभागले गर्ने भएको छ ।

पुरातत्व विभागले दिएको नमूना डिजाइन अनुसारको काम काठमाडौं महानगरपालिकाले प्राविधिक कारणले गर्न कठिन परेकाले पुनर्निर्माणको जिम्मेवारी पुरातत्व विभागलाई दिने निर्णय भएको राष्टिय पुर्ननिर्माण प्रधिकरणले जनाएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली लगायतको कार्य टोली तथा पुरात्व विभागका महानिर्देशक भेषनारायण दाहाल, काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ सहित शुक्रवार बसेको बैठकले सो निर्णय गरेको हो ।

महानगरपालिकाले निर्माण गरेको बालगोपलेश्वर मन्दिरको पुनर्निर्माण मापदण्ड अनुसार नभएको भन्दै पुरातत्व विभागले आपत्ति जनाएपछि केही समयदेखि मन्दिर पुनर्निर्माण प्रक्रिया अवरुद्ध भएको थियो ।

बैठकमा भएको सहमति अनुसार रानीपोखरी निर्माणका सम्बन्धमा बालगोपालेश्वर मन्दिर बाहेकका निर्माण गर्नुपर्ने सबै कामको निर्माण कार्य काठमाडौं महानगरपालिकाले यथाशीघ्र कार्यन्वयन गर्ने गराउने पूर्ववतः निर्णयलाई काठमाडौं महानगरपालिकाले प्राथमिकताका साथ कार्यान्वयन गर्नेछ ।

यस्तै भाई टिका एवं छठ पर्वका कार्यक्रमहरु सहज बनाउन काठमाडौं महानगरपालिकाले नेतृत्व लिई आवश्यक व्यवस्थापन गर्ने गराउने निर्णय भएको छ ।

काठमाडौकों दरबारक्षेत्रलाई सुव्यवस्थित बनाउने सम्बन्धमा गुरु योजना तयार पार्नका लागि काठमाडौं महानगरपालिकाले अध्ययन गराउने कार्य अघि बढाउने तथा सो कार्यमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं महानगरपालिका र पुरातत्व विभाग लगायतका सम्बद्ध निकायसँग आवश्यक सहजीकरण एवं समन्वय गर्ने निर्णय पनि भएको छ ।

यस्तै काठमाडौं दरबार क्षेत्रमा बन्ने वा बन्दै गरेका मापदण्ड विपरितका निजी घरहरुका सम्बन्धमा महानगरपालिका एवं पुरातत्व विभागले अनुगमन गरी अनाधिकृत रुपमा बन्न लागेको पाइएमा तत्काल निर्माण कार्य रोकी सो को प्रतिवेदन प्राधिकरणमा पठाउने निर्णय भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनु भयो ।

५ कार्तिक, सुनसरी ।
ईलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक शिव कुमार पोखरेलको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रवार विहान करिब ९ बजे जिल्ला सुनसरी दुहवी भलुवा न.पा. वार्ड नं. ३ स्थित दुहवी इनरुवा सडक खण्डमा सवाडी साधन चेक जाँच गर्ने क्रममा तनमुना गा.वि.स. वार्ड नं. ५ वस्ने २५ वर्षिय दिनेश उराँवले लेडिज साइकलमा बोरामा सामान राखि दुहवी तर्फ आउँदै गरेको अवस्थामा चेक जाँचको क्रममा निजको साथबाट २०० मि.ली. कोरेक्स १४७ थान र नाइट्रोजन टायाबलेट ३८९ थान बरामद गरी लागू औषध ओसारपसार गरेकोमा (नियन्त्रण ऐन २०३३) बमोजिम मुद्दा चलाइएको ईप्रका दुहवीका प्र.नि. शिवकुमार पोखरेलले शुक्रवार साँझ ६ः०० बजे पत्रकार सम्मेलन गर्दै जानकारी गराउनु भयो ।

एजेन्सी ।
संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनले सैन्य उपायबाट सिरिया सङ्कट समाधान नहुने भएकाले शान्तिप्रक्रियाबाट नै जारी द्वन्द्वको समाधान खोज्नु पर्ने बताउनु भएको छ ।

रसियाले एकपक्षीय रुपमा गरेको युद्धविरामको स्वागत गर्ने गर्दै महासचिव महासचिव बानले पूर्वी एलेप्पोमा पूर्ण मानवीय सहयोगको आवश्यकता रहेको औंल्याउनु भएको छ ।

राष्ट्रसंघले गत सेक्टेम्बर २३ देखि हालसम्म सिरियाको एलेप्पोसहरमा जारी द्धन्द्धमा ५सय जनाको मृत्यु हुनुको साथै अन्य २ हजार जना घाइते भएको जनाएको छ ।

द्धन्द्धका कारण झण्डै दुई लाख ७५ हजार नागरिक प्रभावित भएको पनि राष्ट्रसङ्घको अनुमान रहेको छ ।

सिरियामा सन् २०११ देखि राष्ट्रपति बासेर अल असदको राजीनामाको माग गर्दै सुरु भएको हिंसामा परी दुई लाख ९० हजार भन्दा बढी व्यक्तिको मृत्यु भैसकेको छ ।

एजेन्सी ।
विश्वमा हरेक दिन ४७ हजार सात सय बालिकाको बालबिबाह हुने गरेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले जनाएको छ ।

बालिकाहरुले विशेषगरी बालविवाह, बालश्रम तथा लैङ्गिक विभेदका कारण आफ्नो युवा अवस्थाका निकै सुनौला अवसरहरु गुमाइरहेको कोषले जनाएको छ ।

बेलायतको लण्डनमा यो तथ्याँक सार्वजनिक गर्न आयोजित कार्यक्रममा कोषले चीन र भारतले पछिल्लो समयमा बालिका शिक्षामा राम्रो प्रगति गरेको जनाएको छ ।

अरब मुलुकहरुका थोरै बालिका माध्यमिक शिक्षाका लागि भर्ना हुने गरेको र अफ्रिकी मुलुकमा १० वर्ष मुनिका ७० प्रतिशत बालिका शिक्षाबाट वञ्चित भएको अनुसन्धानले देखाएको छ ।

कार्यक्रममा कोषले बालिकाहरुको स्वास्थ्य र यौन शिक्षामा सुधार ल्याएका विकास विकासशील मुलुकका लागि कोषले २१ अर्ब अमेरिकी डलरको सहयोग गर्ने घोषणा समेत गरेको छ ।

५ कार्तिक, टोकियो ।
आज अपरान्ह गएको ६.६ रेक्टर स्केलको शक्तिशालि भूकम्पपछि जारी सुनामीको चेतावनी टरेको छ ।

जापान मेटेरोलोजिकल एजेन्सीले भूकम्प लगत्तै केही स्थानमा सुनामीको चेतावनी जारि गरेपनि समयसँगै त्यो खटरा टरेको भन्दै वेवसाइटमा सुनामीको कुनै खतरा नरहेको उल्लेख गरेको छ । यसअघि मेटेरोलोजिकल एजेन्सीले भूकम्प लगत्तै केही स्थानमा सुनामीको खतरा रहेको उल्लेख गरेको थियो ।

जापानटाइम्स अनलाईनले उल्लेख गरे अनुसार भूकम्प पछि केही स्थानमा सवारीका साधन आवतजावतमा असर पर्नेगरि सडक भत्किएको छ ।

यसैगरि करिव ४० हजार घर परिवारको घरहरुमा असर परेको छ । भूकम्पले घरका छानाहरु बिगार्नुका साथै केही घरको भौतिक संरचनामा पनि नराम्ररी असर पारेको छ । विशेषगरि टाइल लगाएका घरका टाइलहरु उप्किएर घरका छतहरु भत्किएको जापानी टेलिभिजनहरुले दृश्य प्रशारण गरेका छन् ।

जापानको पश्चिम समुन्द्री क्षेत्र टोटोरीलाई केन्द्र बनाएर आएको भूकम्पपछि सो क्षेत्र वरपर विद्युत सेवा अवरुद्ध छ । केही समयका लागि रोकिएको रेल सेवाहरु साँझबाट सुचारु भएका छन् ।

केही स्थानमा बैंक तथा एटीएम सेवाहरु समेत अवरुद्ध भएका छन् । केही स्थानमा भने साँझबाट सुचारु भएको छ ।

समाचार अनुसार ओकायामा शहरमा ७० बर्षिय एक महिलाको दाहिने खुट्टा भाँचिएको छ । महिलालाई अस्पताल भर्ना गरिएको र अन्य पाँच व्यक्ति पनि घाइते भएको खवर आएका छन् ।

भूकम्पको मापन टोट्टोरी प्रान्तको केही स्थानमा ७ रेक्टरको पनि देखिएको छ र टोट्टोरी प्रान्त र ओकायामा प्रान्तमा ५ रेक्टरसम्मको मापन देखाएको छ ।

भूकम्पपछि ओकायामा विमानस्थलमा सुरक्षा जाँच सेवा अवरुद्ध हुन पुग्दा रनवे बन्द गर्नुपरेको थियो । ६.६ रेक्टर स्केलको पहिलो शक्तिशालि भूकम्प पछि साँझ सम्ममा ५ रेक्टरसम्ममा आधा दर्जन बढी भूकम्पका धक्काहरु सोही क्षेत्र भएर गएको छ ।

शक्तिशालि भूकम्पपछि पराकम्पनहरु आउने क्रम जारी रहेको साँझ ९ बजेसम्ममा १४ पटक यस्ता साना ठूला कम्प गएको र यो अझै रहनसक्ने भन्दै प्रशासनले सजगता अपनाउन सुचना जारी गरेको छ ।

जापानमा भूकम्पको ठूलो धक्का, सुनामीको चेतावनी, रेल सेवा अवरुद्ध

५ कार्तिक, बिराटनगर ।
नेकपा एमालेका नेता एंव पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुख्य तिनदलको सहमतीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमान सिंह कार्की माथीको महाअभियोग प्रस्ताव पास हुने बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरागर्दै नेता नेपालले नेपाली कांग्रेससंग छलफल गरेरै महाअभियोग प्रस्ताव ल्याइएको बताउनुभयो । प्रस्तावको विषयमा नेपाली कांग्रेससंग पटकपटक छलफल भएको उहाको भनाई थियो ।

कांग्रेसका सांसदहरुपनी महाअभियोग प्रस्तावको पंक्षमा रहेकाले कांग्रेस , एमाले तथा माओवादी केन्द्रको सहमतीमा महाअभियोग प्रस्ताव सांसदवाट पास हुने उहाले दावी गर्नुभयो ।

सवै तिर हल्ला गरेर वाजा वजाएर महाअभियोग प्रस्ताव लैजान नमिल्ने भएकाले साना तिना विषयलाई नेपाली कांग्रेसले मुद्धा बनाउन नहुने उहाको भनाई थियो ।

सरकार गिराउने र ढाल्ने भन्दापनी कानुनको सर्वोचता स्थापितगर्न लोकमान सिंह कार्की विरुद्ध महाअभियोग प्रस्ताव ल्याइएको उहाको भनाई थियो ।

नेता नेपालले सम्मानित अदालतको आदेश नमान्ने, भाषण गरेर राजनितिकदलका विरुद्ध उत्रने र समान्तर सत्ता संचालन गर्न खोज्ने अख्तिियार प्रमुख कार्कीलाइ अव पद्धमा वस्ने कानुनी हैसियत नभएको बताउनुभयो ।

नेता नेपालले अहिलेको प्राथमिकता संविधान संसोधन भन्दापनी महायोग प्रस्ताव पास गर्ने रहेकाले महाअभियोग प्रस्ताव पास भएपछी मात्र संविधान संसोधनका विषयमा छलफल हुने बताउनुभयो ।

५ कार्तिक, बर्दिया ।

बर्दियाको बाँसगढीमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

लाईन्स क्लव अफ बाँसगढी र ऐचोपैचो कृषि सहकारी संस्था लि को संयुक्त आयोजनामा नेपाल रेड्क्रस सोसाईटी मध्यपश्चिम क्षेत्रिय कार्यालय रक्तसञ्चार नेपालगञ्जको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।

रक्तदान कार्यक्रममा ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख महेन्द्रजंग शाही, बाँसगढी नगरपालीकाका कार्यकारी प्रमुख बखतबहादुर खड्का, नेपाल शशस्त्र प्रहरी व्यस क्याम्प कर्तनिया र ईलाका प्रहरी कार्यालय मोतिपुरका शशस्त्र प्रहरी, नेपाल प्रहरी, उद्योगी व्यवसायी, पत्रकार लगायत गरी ६४ जनाले रक्तदान गरेका छन ।

A flotilla of Russian warships is expected to enter the English Channel on Friday morning en route to Syria.

Two British naval ships are shadowing the vessels. The Ministry of Defence said they would be "man-marked every step of the way" while near UK waters.

A Russian tug, believed to be in convoy with the taskforce, has entered the channel off the coast near Ramsgate.

EU leaders have strongly condemned Russia's involvement in bombing the Syrian city of Aleppo.

The ships are within international waters but Defence Secretary Michael Fallon said the UK would "be watching as part of our steadfast commitment to keep Britain safe".