A flotilla of Russian warships is expected to enter the English Channel on Friday morning en route to Syria.

Two British naval ships are shadowing the vessels. The Ministry of Defence said they would be "man-marked every step of the way" while near UK waters.

A Russian tug, believed to be in convoy with the taskforce, has entered the channel off the coast near Ramsgate.

EU leaders have strongly condemned Russia's involvement in bombing the Syrian city of Aleppo.

The ships are within international waters but Defence Secretary Michael Fallon said the UK would "be watching as part of our steadfast commitment to keep Britain safe".

Armed militants have raided government buildings in the Iraqi city of Kirkuk.

Iraqi media said suicide bombers had attacked police stations and a power station, but that security forces repelled fighters.

The so-called Islamic State group said it was behind the attack, with its fighters breaking into the town hall and taking control of a hotel.

It comes as Iraqi government-led forces attempt to retake the IS stronghold of Mosul.

A curfew has been imposed in Kirkuk "until further notice", Iraqi media said.

A local TV channel showed footage of black smoke rising over the city, with automatic gunfire audible.

The US has said it will seek clarity on the Philippine president's announcement of a "separation from the US".

Rodrigo Duterte made the comments in China on Thursday at an economic forum, saying the separation applied to military and economic co-operation.

US State Department spokesman John Kirby said the remarks were "at odds" with the "close relationship" shared by the countries.

This is not the first mention of a separation from the US by Duterte.

Relations between China and the Philippines had deteriorated over a territorial dispute in the South China Sea, after an international tribunal sided with Manila and rejected Beijing's claims.

On Thursday, the two countries said they would restart dialogue to resolve the dispute.

CPN (UML) Chair KP Sharma Oli's visit to Bangladesh that was scheduled to begin from today has been cancelled at the eleventh hour.

Leader Oli decided to cancel his visit bearing in mind the latest political developments in the country, according to party Office Secretary Krishna Gopal Shrestha.

The UML chair was scheduled to fly to Dhaka today to take part in the 20th National Council of the Awami League.

Party central member Rajan Bhattarai is representing the party in the Council.

Most of the political party leaders have cancelled their scheduled foreign trips after an impeachment motion was registered at the Legislature-Parliament against Chief of the Commission for Investigation of Abuse of Authority, Lokman Singh Karki.

Visiting Chinese Minister of State Administration for Industry and Commerce, Zhang Mao, today paid a courtesy call on Prime Minister Pushpa Kamal Dahal at the latter's official residence in Baluwatar.

On the occasion, Prime Minister Dahal expressed happiness as an agreement on intellectual property protection was signed between the two countries during the Chinese Minister's Nepal visit.

According to Prime Minister Dahal's press advisor Govinda Acharya, Dahal had shared that such visit would help further strengthen the decades-long bilateral relations.

Prime Minister Dahal, praised China's 'One belt: One road' developmental roadmap and expressed confidence that Nepal could get benefit from the policy.

Minister Zhang expressed pleasure saying that the bilateral projects are smoothly moving ahead in Nepal and Chinese companies are getting appropriate working environment in Nepal.

Similarly, British ambassador to Nepal Richard Morris today paid a courtesy call to Prime Minister Pushpa Kamal Dahal at the latter's official residence in Baluwatar.

According to PM Dahal's private secretariat, they held discussions on bilateral relations and mutual benefits between the two countries during the meeting.

५ कार्तिक, काठमाडौं ।
भारतीय आशिर्वादमा अख्तियार प्रमूख बनेका चरम बिवादित अख्तियार दूरुपयोग अनुसन्धान अयोगको निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले पदमा नरहेपनि निवासबाटै अख्तियारको नियमीत काम गरिरहेको खुलाशा भएको छ ।

संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि नियमित काम कारबाही गर्न नपाउने भएपनि कार्कीले टंगालस्थित परिसरबाटै अख्तियार सञ्चालन गरिरहेको पाइएको छ ।

आयोग मुख्यालयसँगै रहेको परिसरबाट कार्कीले प्रमुख आयुक्तले झै नियमित गतिविधि गरिरहेको प्रमाण पाएको कान्तिपुरले समाचार लेखेको छ ।

कार्कीको कार्यकक्ष र सचिवालयमा रहेका महत्वपूर्ण फाइल र प्रमाणका कागजात निवासमा पुर्याइएको स्रोतले बतायो । अधिकांश ठूला, संवेदनशिल र महत्वपूर्ण मुद्दाका अनुसन्धान अधिकृतले सोझै प्रमुख आयुक्त कार्कीलाई ब्रिफिङ गर्थे । ती सबै कागजात कार्कीको निवास पुर्याइएको छ । ‘प्रमुखको निजी सचिवालयमा अहिले खासै कुनै कागजात छैन,’ स्रोतले भन्यो, ‘सबै ओसारेर निवासमा पुर्याइएको छ ।’

कार्कीमाथिको महाभियोग पछि पनि आलोचक र विरोधीहरुमाथि निगरानी र गोप्यताको जासूसी गर्न प्रयोग भएको टिम झनै सक्रिय भएको स्रोतले बतायो । यसबीचमा कतिपयको फोनको ‘कले डिटेल’ हेर्ने र म्यासेजका विवरणहरु तान्ने काम भइरहेको स्रोतले बतायो । यस्ता विवरण टंगाल परिसरस्थित कार्कीकै निवासमा पुर्याइएको छ ।

शुक्रबार आयोग कार्यालय खुल्नासाथ कान्तिपुर संवाददातालाई सूचना चुहावट गरेको भन्दै सोधपुछ भइरहेको छ । एक उपसचिवले सामान्य भलाकुसारी गरेकै कारण केही कर्मचारीमाथि अप्ठेरो परेको बताए ।

उनले भने, ‘को आएको थियो, किन भेट्यो र उसँग किन कुराकानी गरेको भनेर कार्कीको सचिवालयले उनीहरुलाई सोधखोज गरिरहेका छन् ।’

स्रोतका अनुसार, कार्कीसँग निकट रहेर काम गरेका आयोगका आयुक्त राजनारायण पाठकले आयोगभित्रका गतिविधिबारे उनलाई जानकारी गराइरहेका छन् । कार्कीकै आदेशमा बिहीबार केही कर्मचारीहरुको विदेश भ्रमण लगायतबारे निर्णय भएको थियो ।

‘उनको हस्ताक्षर छैन भन्ने मात्रै हो,’ स्रोतले भन्यो, ‘निवासबाटै उनले सबै काम गरिरहेका छन् ।’स्रोतका अनुसार बिहीबार र शुक्राबार उनको निवासमा निजी सवारीसाधनमा विभिन्न व्यक्तिहरुको आउजाउ तीब्र भएको छ ।

कार्कीले नियमित काम कारबाही नगरेपनि आयोगका सुरक्षाकर्मी, उनीप्रति बफादार सचिवालयका कर्मचारीहरु आयोगमै सक्रिय छन् । उनले विशेषज्ञका रुपमा नियुक्त गरेका केही व्यक्तिले हरेक महाशाखाको निगरानी गरिरहेको स्रोत बताउँछ ।

यो पनि पढ्नुहोस्

'लोकमानसिंह कार्कीलाई हटाउन काँग्रेस भारतको आदेश कुर्दै'

अब त केही बोलौं ! लोकमानसिंह कार्कीलाई जोगाउन भारत सक्रिय

५ कार्तिक, टोकियो ।
जापानमा केही बेर अघि ६.६ रेक्टर स्केलको भूकम्प पछि सुनामीको चेतावनी जारी गरिएको छ ।

जापान मेटेरोलोजिकल एजेन्सीका अनुसार स्थानिय समय अनुसार २ बजेर ७ मिनेटमा ६.६ रेक्टर स्केलको शक्तिशालि भूकम्प गएको हो ।

भूकम्पको केन्द्र तोत्तोरिकेन चुबु क्षेत्र रहेको र भूकम्पको केन्द्र जमिनदेखी मात्र १० किलोमिटर तल रहेको जनाइएको छ ।

भूकम्प पछि सुनामी चेतावनीसँगै शिंकनसेन रेल सेवा अवरुद्ध हुन पुगेको छ । रेल सेवा अवरुद्धसँगै लाखौं यात्रु प्रभावित भएका छन् ।

एनएचके टेलिभिजनका अनुसार ओसाका र हाकाता स्टेशन बीच सान्यो शिंकनसेल क्षेत्रका सबै रेल सेवा अवरुद्ध छन् । रेल सेवा विद्युत आपुर्ति अवरुद्धका कारण गर्नुपरेको जनाइएको छ ।

भूकम्पबाट भएको क्षति वा मानविय असरको कुनै जानकारी आइसकेको छैन ।

भूकम्पको केन्द्र राजधानी टोकियोबाट ४३० माइल पश्चिममा रहेको छ । जापान सरकारले ६.६ रेक्टरको भूकम्प लगत्तै ५ रेक्टर र त्यो भन्दा केही साना भूकम्पको आधा दर्जन कम्पन गइसकेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

टोकियो ।
नेपालमा व्यवसायिक सफलता र लोकप्रिय बनेको चलचित्र झुम्की पर्सी आइतबार २३ तारिखमा जापानमा प्रदर्शन गर्न सबै तयारी सकिएको आयोजकले जनाएको छ ।

टोक्यो ड्रिम्स ईन्टरटेन्मेन्टको व्यानरमा प्रदर्शन हुन लागेको झुम्की अपिल विस्ट फिल्म प्रोडक्सनमा बनेको चलचित्रलाई सिनेमा आर्टले निर्माण गरेको हो ।

यौवनको भोक मेट्न गरिएको प्रेम–नाटकले निम्त्याएको आत्महत्या र हत्यासँगै चोखो प्रेमको दुःखद् अन्त्य चलचित्र ‘झुम्की’को मुख्य कथा रहेको छ ।

दुई असफल प्रेम कहानी बोकेको चलचित्रकी मुख्य पात्र देवकी 'रिस्मा गुरुङ', असई गोकुल 'मनोज आरसी', झुम्की 'मलिना जोशी', इन्सपेक्टर 'दयाहाङ राई', फागुराम 'प्रमोद अग्रहरी', एसपी कविन्द्र 'रविन्द्रसिंह बानियाँ' वरपर चलचित्र घुमेको छ ।

चलचित्र झुम्कि राजधानी टोकियोको मेगुरोमा रहेको मेगुरो कुमिगं हल साँझ ६ बजे खुल्ने छ भने ठिक ६:३० बजेबाट चलचित्र प्रदर्शन सुरु हुने आयोजकले बताएको छ ।

अक्टोवर २३ तारिखका दिन प्रदर्शन हुने झुक्की चलचित्रको लागि २५ सय जापानी येन टिकट मूल्य तोकिएको छ । चलचित्र प्रदर्शन अयोजकले टिकट बुकिगं अन्तिम चरणमा रहेको भन्दै समयमै टिकट लिन अनुरोध गरेको छ ।

जापान ।
मिस नेपाल सेकेण्ड रनरअप उपाधि बिजेता बर्षा लेखी नेपालको प्रतिनिधित्व गर्दै मिस इन्टरनेशनलमा सहभागी हुन जापान आइपुगेकी छिन् ।

बर्षा अक्टोबर २७ मा जापानमा हुने मिस इन्टरनेशनलको ५६ औं संस्करणमा भाग लिन जापान आएकी हुन् ।

थारु पोसाक मोडिफाइ गरिएको थारु लेहेँगा चोलिया र निधारमा मंगिया पहिरिएकी बर्षाले जापानमा आफ्नो संस्कृति र नेपालीपन झल्काउने बताएकी छिन् ।

वर्षाले भनेकी छिन्-'जापानमा आफ्नो संस्कृति र नेपालीपन झल्काउँछु'

टोकियो ।
अमेरिकोको पोर्टल्याण्डमा सम्पन्न ११ औं इन्टरनेशनल ओपन फ्रेण्डशिप तेक्वाण्डो च्याम्पियनसिपमा जापानबाट गएकी सन्दिपा अमगाईले स्वर्णपदक जितेकी छिन् ।

युनिभर्सल युनाईटेड नेप्लिज तेक्वाण्डो फेडेरेशन जापान च्याप्टरबाट सहभागि खेलाडी संदिपा अमगाईले सो उपाधि जितेकी हुन् ।

यहि अक्टोवर १२ मा २ खेलाडी संदिपा र उमेश मानन्धर जापानबाट सो प्रतियोगिताको लागि अमेरिका गएका थिए ।े

५ कार्तिक, काठमाडौं ।
नेपाली काँग्रेसमाथि विवादीत अख्तियार प्रमूख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन भारतको आदेश कुरेको आरोप लागेको छ ।

सामाजिक सञ्जालमा काँग्रेसकै कारण कार्कीमाथि महाअभियोग प्रक्रिया रोकिएको भन्दै काँग्रेसको भ्रष्ट नेतृत्व र भारतभक्ती देखिएको व्यापक टिप्पणीहुन थालेको छ ।

आम नागरिकले मात्र नभई काँग्रेसमाथि नेकपा एमालेका नेताहरुले समेत सिधा आरोप लगाएका छन् ।
एमाले नेता शंकर पोखरेलले काँग्रेस सभापती शेरबहादुर देउवाको कुरा सुन्दा काँग्रेस महाभियोगको पक्ष वा विपक्षमा उभिने सकसवाट जोगिन लोकमानको राजिनामाको व्यग्र प्रतिक्षामा रहेको ट्विटरमा लेखेका छन् । उनले काँग्रेसको इच्छा के पुरा होला त भनेर समेट टिप्पणी गरेका छन् ।

यस्तै एमाले पूर्व सांसद सान्ता चौधरीले अख्तियार प्रमुखमा लोकमानलाई नियुक्त गर्दा सर्बदलिय सहमतीमा नै नियुक्ति गरिएको स्मरण गरेकी छिन् ।

चौधरीले आज बर्खास्त गर्न पनि सर्बदलिय सहमतीको आवस्यकता रहेकोमा लोकमानलाइ बर्खास्त गर्न काँग्रेसले भारतको आदेश कुर्नु पर्ने कस्तो दुखद बिडम्बना भन्दै-'अब त काङ्ग्रेसलाई सामान्य जनताले पनि स्पष्टसग चिन्ने मौका पाए नेका नेपाली जनताको हितका निम्ति होइन भारतिय हितका निम्ति काम गर्छ भन्ने स्पष्ट भयो । 'लोकमान जि' तपाइका बिरुद्दमा आज जनताद्वारा निर्बाचित सम्सद भबन तातेको छ, देश तथा बिदेशमा रहेका सारा नेपाली तपाइ माथी आक्रोशित भएका छन । यदि जनताको मनमस्तिस्कमा बस्न सक्नुभएको भए आज तपाइको समर्थनमा जनताले सडकमा जिन्दावादको नारा घन्काउने थिय र तपाइको जयजयकार गर्ने थिए । तपाइको ज्यादतीलाई महाभियोग लगाएर निलम्बन गर्दैमा मात्र पूरा हुन्न । अख्तियार प्रमुख हुदा तपाइले गरेका काला कसुरलाई जनता माझ पुर्याएर सजाएको भागिदार बन्नुस ।' भनि फेसबुकमा लेखेकी छिन् ।

५ कार्तिक, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावको छलफल ‘विशेष’ कारणले स्थगित भएको छ । महाअभियोग प्रस्ताव कसरी अघि बढाउने भन्नेबारे प्रमुख दलबीच एउटै धारणा बनाउन छलफलको कार्यसूची आइतबारसम्मका लागि स्थगित गरिएको हो ।

सभामुख ओनसरी घर्तीले बिहीबार बिहान शीर्ष नेताहरूसँग छलफल गर्नुभएपछि दलहरूको आग्रहअनुसार बैठक तीन दिनका लागि स्थगित गरेकी हुन । प्रधानमन्त्री र काँग्रेस सभापतिबीच बिहीबार बिहान भएको छलफलपछि सदन स्थगित गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले नै आग्रह गरेका थिए । प्रधानमन्त्रीको आग्रहपछि बैठक स्थगित भएको जानकारी सभामुख घर्तीले राजनीतिक दलका प्रमुख सचेतकहरूलाई दिएकी दिइन । आजको गोरखापत्रमा खबर छापिएको छ ।
‘शीर्ष नेतासँगको छलफलपछि प्रस्तावमा एकमत बनाएर अघि बढ्न एक,दुई दिन दलबीच छलफल आवश्यक भएको भन्दै बैठक स्थगित गरिएको सभामुखले जानकारी गराउनुभयो’, एमाले सचेतक गोकुल घर्तीले भने ।

माओवादी केन्द्रको प्रस्तावमा र एमालेको समर्थनमा महाअभियोगको सूचना दर्ता भए पनि दुवै दलबीच पनि पर्याप्त गृहकार्य भएको छैन । माओवादी केन्द्रले बिहीबारै संसदीय दलको बैठकमा छलफल गरेको छ । एमालेले दर्ता भएको प्रस्तावलाई अघि बढाउने निर्णय गरेको छ । उसले काठमाडौँबाहिर रहेका आफ्ना सांसदहरूलाई पनि काठमाडौँ फर्कन ह्वीप जारी गरेको छ ।
तर, संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको स्पष्ट धारणा आएको छैन ।

काँग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेतासँगको छलफलमा सकरात्मक कुरा गरे पनि औपचारिक निर्णय भएको छैन ।
‘शेरबहादुरजीले प्रस्तावमा असहमति जनाउनुभएको छैन । तर पार्टीमा आन्तरिक रूपमा केही छलफलको आवश्यकता ठान्नु भएको छ’ शीर्ष नेताको छलफलमा भएको कुराकानीबारे सञ्चारकर्मीलाई जानकारी दिँदै एमाले अध्यक्ष केपी ओलीले भने ।