जापानमा भूकम्पको ठूलो धक्का, सुनामीको चेतावनी, रेल सेवा अवरुद्ध

कार्तिक ५, २०७३ मा प्रकाशित | 6594 views

५ कार्तिक, टोकियो ।
जापानमा केही बेर अघि ६.६ रेक्टर स्केलको भूकम्प पछि सुनामीको चेतावनी जारी गरिएको छ ।

जापान मेटेरोलोजिकल एजेन्सीका अनुसार स्थानिय समय अनुसार २ बजेर ७ मिनेटमा ६.६ रेक्टर स्केलको शक्तिशालि भूकम्प गएको हो ।

भूकम्पको केन्द्र तोत्तोरिकेन चुबु क्षेत्र रहेको र भूकम्पको केन्द्र जमिनदेखी मात्र १० किलोमिटर तल रहेको जनाइएको छ ।

भूकम्प पछि सुनामी चेतावनीसँगै शिंकनसेन रेल सेवा अवरुद्ध हुन पुगेको छ । रेल सेवा अवरुद्धसँगै लाखौं यात्रु प्रभावित भएका छन् ।

एनएचके टेलिभिजनका अनुसार ओसाका र हाकाता स्टेशन बीच सान्यो शिंकनसेल क्षेत्रका सबै रेल सेवा अवरुद्ध छन् । रेल सेवा विद्युत आपुर्ति अवरुद्धका कारण गर्नुपरेको जनाइएको छ ।

भूकम्पबाट भएको क्षति वा मानविय असरको कुनै जानकारी आइसकेको छैन ।

भूकम्पको केन्द्र राजधानी टोकियोबाट ४३० माइल पश्चिममा रहेको छ । जापान सरकारले ६.६ रेक्टरको भूकम्प लगत्तै ५ रेक्टर र त्यो भन्दा केही साना भूकम्पको आधा दर्जन कम्पन गइसकेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web