भारतीय राष्ट्रपतिको भ्रमणमा किन आउँदैछ ४ सय सेना

५ कार्तिक, काठमाडौं ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणको तयारीबारे बिहीबार नेपाल र भारतका अधिकारीबीच छलफल भएको छ ।

भ्रमणको तयारीलाई दुवै देशका तर्फबाट अन्तिम रूप दिनका लागि नेपाल आएको भारतीय टोली र परराष्ट्र मन्त्रालयका अधिकारीबीच छलफल भएको हो ।

परराष्ट्रका एक अधिकारीका अनुसार शिष्टाचार महापालको नेतृत्वमा आएको भारतीय टोलीले नेपालका समकक्षीको टोलीसँग भ्रमण तयारीबारे जानकारी लिएका थिए ।

‘कुनै पनि देशको विशिष्ट व्यक्तिको भ्रमण अघि गरिने यो सामान्य औचारिक प्रक्रिया हो’, परराष्ट्रका एक अधिकारीले भने, ‘उहाँहरूलाई हामीले भ्रमणबारे भइरहेको तयारीको जानकारी गरायौँ । ’ ती अधिकारीका अनुसार टोलीले राष्ट्रपतिले भ्रमण गर्ने भनिएको पोखरा, जनकपुरलगायत स्थानको अवलोकन भ्रमण गर्नेछन् ।

परराष्ट्र मन्त्रालयनिकट स्रोतका अनुसार भारतीय पक्षबाट राष्ट्रपतिको भ्रमणका लागि करिब चार सयको सङ्ख्यामा भारतीय कमान्डो टोली पनि आउने छन् । ‘

सुरक्षा खतरा वा त्यस्तो कुनै विशेष परिस्थिति भनेर होइन कि प्रोटोकलको कारणले हो,’ परराष्ट्रका ती अधिकारीले भने, ‘एक वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको बेला पनि करिब दुई सयको सङ्ख्यामा कमान्डो टोली खटिएको थियो । ’

दुई दिनसम्म रहने करिब दर्जन अधिकारीको टोलीसँगको छलफलपछि भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणको अन्तिम तालिका सार्वजनिक गरिने गोरखापत्रमा समाचार छ ।

मुखर्जी भाइटीकाको भोलिपल्ट अर्थात कात्तिक १७ मा तीनदिने राजकीय भ्रमणमा नेपाल आउने तय भए पनि औपचारिक घोषणा भएको छैन ।

अन्य देशको भ्रमणमा जाँदा भारतीय सेनाको विशेष कमाण्डो फोर्स यतिधेरै संख्यामा नजाने गरेकोमा नेपालमा किन आउँदैछ यसबारेमा भने कतै केही उल्लेख छैन ।

भारतले गरेको नाकाबन्दी र त्यसपछिका लगातारका भारतीय हस्तक्षेप र विवादका कारण पछिल्लो समय नेपालमा भारत बिरोधी भावना बढेर गएको छ ।

नेपालको संविधानमा संशोधन, संविधानको अझैसम्म स्वागत नगर्नु, तराई केन्द्रित जातिय क्षेत्रिय पार्टीको पक्ष लिएर अभिव्यक्ति दिने गरेका कारण पनि भारत बिरुद्ध नेपालमा भावना र आवाज बढ्दै गएको छ ।

स्पेनिस कम्पनीले बिमानस्थल काम सक्नुपर्ने समयमा १६ प्रतिशत सक्यो

५ कार्तिक, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजना सम्पन्न हुनुपर्ने समयमा करिब १६ प्रतिशत काम मात्र भएको छ । स्पेनिस निर्माण कम्पनी सान्जोसे कन्स्ट्रक्टोराले ठेक्का पाएको यस आयोजनाको पहिलो चरणको काम मार्च २०१६ मा नै सम्पन्न भइसक्नुपर्ने थियो । आयोजनाको काम मार्च ०१३ मा सुरु भएको थियो । तर, अहिले ठेकेदारले काम रोकेको छ, आयोजना अलपत्र अवस्थामा छ । ‘

आयोजनास्थलमा कहिलेकाहीँ एक–दुईजना मानिस आएर काम गरेजस्तो देखिन्छ,’ त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले भने, ‘तर, कामले गति लिएको पाइँदैन ।’आजको नयाँ पत्रिकामा खबर छापिएको छ ।

आयोजनाका लागि करिब २० लाख घनमिटर माटो बाहिरबाट ल्याउनुपर्ने हुन्छ । त्यसमध्ये हालसम्म चार लाख घनमिटर मात्र माटो ल्याइएको छ । ठेकेदार कम्पनीले पशुपति क्षेत्र विकास कोषको जग्गाबाट माटो ल्याएर काम गरिरहेको थियो । तर, उक्त माटोको ठेक्का दिने क्रममा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि माटो ल्याउने काम अवरुद्ध भएको थियो ।

त्यसपछि भूकम्प, नाकाबन्दीजस्ता घटनाले काममा अवरोध गरेको थियो । पशुपति क्षेत्र विकास कोष भने अब आयोजनालाई माटो नदिने निष्कर्षमा पुगेको छ ।

ठेकेदार कम्पनीले पशुपतिकै माटो नपाए आयोजना कार्यान्वयन गर्न नसक्नेसमेत बताएको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

निर्माण कम्पनीले समयमै आयोजना कार्यान्वयन गर्न नसकेपछि उसको कार्यशैलीप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरण तथा लगानीकर्ता एसियाली विकास बैंकसमेत सन्तुष्ट छैनन् ।

तर, काम नगर्ने ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रियामा जानसमेत यी निकाय हच्किरहेका छन् । ‘ठेक्का तोडेर नयाँ प्रक्रियामा जाँदा समय र लागत दोब्बर हुन्छ,’ प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘अर्कोतर्फ प्रक्रिया पूरा नगरी हतारमा निर्णय गर्दा पछि कानुनी झमेलामा फस्न सक्ने डर छ ।’

प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार ठेकेदार कम्पनीले प्राधिकरणबाट माग गरिएबमोजिम स्पष्टीकरण दिएको छ ।

कम्पनीसँगको ठेक्का सम्झौताको अवधि भने अक्टोबरसम्म छ । त्यसपछि मात्र ठेक्काले निरन्तरता पाउने या रद्द हुने भन्ने सम्बन्धमा निर्णय हुने क्यानका अधिकारीहरू बताउँछन् ।

सामाजिक अभियन्ता केसी भन्छन् ‘महाअभियोग प्रस्ताव स्वागतयोग्य

५ कार्तिक, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संदमा दर्ता भएको महाअभियोग प्रस्तावलाई त्रिवि शिक्षण अस्पतालका डा गोविन्द केसीले स्वागत गरेका छन् । उनले अख्तियारका विवादित अन्य आयुक्तलाई छानबिन गर्नुपर्ने बताएका छन् ।

डा केसीले आठौं र नवौं आमरण अनशनमा अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउनुपर्ने मागसमेत अघि सारेका थिए । ‘ढिलो भए पनि छिट्टै महाभियोग प्रक्रिया निष्कर्षमा पुर्‍याएर कार्कीलगायत अन्य दोषी ठहरिनेलाई बर्खास्त गर्न सांसदहरूलाई आग्रह छ,’ बिहीबार उनले कान्तिपुरसँग भने । अख्तियारका आयुक्त राजनारायण पाठकविरुद्ध पनि महाभियोग प्रक्रिया अघि बढाउनुपर्ने डा.केसीको माग छ । विधिको शासन कायम गर्न र जनतालाई सुशासनको अनुभूति दिलाउन सांसदहरूले अहिले मौका पाएको जनाउँदै डा.केसीले यो मौका चुकाउन नहुने बताए ।आजको कान्तिपुरमा खबर छापिएको छ ।

चिकित्सा शिक्षा, स्वास्थ्य सेवामा सुधार र सुशासनसँग सम्बन्धित आफ्ना अन्य मागहरू तिहारअघि पूरा नभए वा अन्य उपलब्धिलाई बिथोल्ने प्रयास गरिए कुनै पनि बेला आमरण अनशनमा बस्ने चेतावनी पनि उनले दिएका छन् । जनता र विद्यार्थीमुखी सुझाव समेटिएको चिकित्सा शिक्षा ऐन पारित हुन नदिन तीन दर्जन सांसद लागिपरेको पनि उनले बताए ।

केही सांसद माफिया र नेताको स्वार्थ पूरा गर्न विद्यार्थी र जनताको हितविपरीत रहने गरी गलत संशोधन प्रस्ताव पारित गराउने प्रयासमा रहेको आरोप उनले लगाए ।

चिकित्सा शिक्षा ऐनलाई आफूले सरकारसमक्ष पेस गरेका सुझावअनुसार संशोधन गरेर संसदको यसै अधिवेशनबाट तुरुन्त पारित गर्नुपर्नेमा डा.केसीले जोड दिए । ‘ऐन जारी नभएसम्म सम्बन्धन, विस्तारित कार्यक्रम वा प्रतिष्ठान, नयाँ मेडिकल शिक्षण संस्थालाई सम्बन्धन दिन हुँदैन,’ उनले भने ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ पलीय जिम्मेवारी निभाउन असक्षम भएको र सुधार प्रयासमा समेत बाधक बनेको आरोप लगाउँदै डा केसीले उनलाई तुरुन्त बर्खास्त गर्न पनि माग गरेका छन् ।

दुर्घटना हुँदा मात्रै कुरा, सवारी परीक्षण केन्द्र अलपत्र

५ कार्तिक, काठमाडौं ।
मुलुकमा बढ्दो सवारी दुर्घटनामा पुराना सवारी साधनलाई दोष दिइए पनि यसको परीक्षणका लागि स्थापित भेहिकल फिटनेस टेस्ट सेन्टर भने चरम उपेक्षाको शिकार बनेको छ । दुर्घटना बढ्दा सबैको चासो हुने गरे पनि यसको सञ्चालनमा कसैको चासो देखिंदैन ।

निर्माण सकिएको ६ वर्षसम्म पनि केन्द्र सञ्चालनमा आउन सकेको छैन । सञ्चालनको जिम्मेवारी लिएको यातायात व्यवस्था विभागले सञ्चालन निर्देशिका बनाउन नसक्दा २०६८ मै निर्माण भएको केन्द्र सञ्चालनमा आउन नसकेको हो ।आजको कारोबारमा खबर छापिएको छ ।

मेसिन, विद्युत्लगायत सबै संरचना तयारी हालतमा रहे पनि त्यहाँ आवश्यक कर्मचारी, इलेक्ट्रो मेकानिकल प्रविधिको उपलब्धता नहुँदा समस्या आएको हो । विभागले २०७१ पुसमा सवारी परीक्षण केन्द्र रहेको टेकुमा नै कार्यालय स्थापना गरिको काम अघि बढाएको थियो ।कार्यालयले विभागलाई पटक–पटक कार्यविधि तथा अन्य आवश्यक प्रविधि र दक्ष कर्मचारी आए सञ्चालन गर्ने सक्ने भनी पत्र पठाएको जनाएको छ । सरकारले आव २०६६/०६७ मा बजेट विनियोजन गरी सवारी परीक्षण केन्द्र निर्माण सुरु गरेको थियो ।

रोपवेको भवनमा निर्माण गरिएको सेन्टरमा विद्युत् जडान भइसकेकाले निर्देशन र कार्यविधि आउने हो भने सवारी परीक्षण कार्यालय आफ्नो काम गर्न तयारी हालतमा रहेको कार्यालयले जनाएको छ ।

परीक्षण केन्द्र सञ्चालनका लागि सवारीको ब्रेक फोर्स कति हुनुपर्ने, एक्सएल लोड कति हुने, टायरको स्लिम कति हुने जस्ता प्रविधिक कुरा स्पस्ट रूपमा मापदण्ड बनाउनु पर्ने हुन्छ । विभागले यसबारे निर्देशिका नबनाउँदा काम अघि बढाउन नसकिएको हो ।

सरकार सवारी परीक्षण केन्द्र सञ्चालनका लागि तयार रहेको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए ।

“तर परीक्षण केन्द्र सञ्चालनका लागि मेकानिकल र कम्प्युटरको पार्टसहितको इलेक्ट्रोमेकानिकल सफ्टवेर बनाउनु पर्नेछ, त्यो हाल बनिरहेको छ,” उनले भने, “त्यससँगै कार्यालयलाई आवश्यक प्राविधिक कर्मचारी पनि आवश्यक पर्छ त्यो पनि माग गरेका छौं ।”

अब त केही बोलौं ! लोकमानसिंह कार्कीलाई जोगाउन भारत सक्रिय

५ कार्तिक, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले आफूलाई संसदको महाअभियोगबाट जोगाउन विभिन्न संयन्त्र प्रयोग गर्ने क्रममा कूटनीतिक समुदायलाई समेत उपयोग गरेका छन् ।

उनको बचाउमा भारतीय रिसर्च एन्ड एनालाइसिस विङ 'रअ' राजधानीमा सक्रिय भएको छ । उक्त विङले भारतीय दूतावास, नेपालको परराष्ट्र मन्त्रालयमार्फत प्रभावमा राख्न सक्ने केही कूटनीतिज्ञ, राजनीतिक दलका नेता तथा नागरिक समाजका व्यक्तिलाई समेत उपयोग गरिरहेको अधिकारीहरूले बताए ।

करिअरको त्रास, राजनीतिक पद र आर्थिक प्रलोभन देखाएर यस्ता प्रयास भइरहेको ती अधिकारीले जनाए । आजको कान्तिपुरमा खबर छापिएको छ ।

कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता हुनासाथ रअका नेपाल स्टेसन प्रमुख विवेक जोहरी राजनीतिक भेटघाटमा संलग्न हुन थालेका छन् । उनले विभिन्न राजनीतिक दलका शीर्ष तथा प्रभावशाली नेताहरूलाई भेटेका छन् ।

उनले मधेसी दलका नेताहरूदेखि सरकारमा रहेका तराई भेगका नेताहरूसँग बिहीबार दिनभर भेटघाट गरेको गृह मन्त्रालय उच्च स्रोतले बतायो ।

यसैबीच भारतीय राजदूत रणजित रायले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुधबार बेलुका नै भेटेर लोकमान प्रकरणबारे जिज्ञासा राखेका छन् । उनले कांग्रेस सभापति शेरबहदुर देउवासँग पनि टेलिफोन सम्पर्क गरेर यस विषयमा जिज्ञासा राखेका छन् ।

नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै आएको छिमेकी देश भारतले यसरी एउटा कर्मचारी नियुक्तीमा दवाव दिएकोमा अहिले हटाउँदा समेत दवाव दिंदा समेत नेपालका राजनीतिक दल र नेताहरु चुपचाप बसेका छन् ।
अझ उदेक लाग्दो कुरा त के भने आफ्नो देशमाथिको यस्तो हस्तक्षेपमा जनस्तरबाट समेत व्यापक बिरोध र आवाज नउठ्नु झनै दुखद देखिएको छ ।

सीमा क्षेत्र विकास कार्यक्रम विस्तार

५ कार्तिक, काठमाडौं ।
सरकारले गत वर्षदेखि आठवटा जिल्लामा सुरु गरेको सीमा क्षेत्र विकास कार्यक्रम चालु आर्थिक वर्षदेखि १२ वटा जिल्लामा विस्तार गरेको छ ।

सरकारले पहिलो चरणमा प्रदेश नं। २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराह र सप्तरी जिल्लाको भारतसँग सीमा जोडिएका १०९ गाविसमा यो कार्यक्रम सुरु गरेको थियो ।

उक्त कार्यक्रम प्रभावकारी भएको ठहर गर्दै सरकारले चालु आर्थिक वर्षदेखि नै लागू हुने गरी झापा, मोरङ, सुनसरी, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी १२ जिल्लाका १०३ गाविस र २२ वटा नगरपालिकाको ९३ वटा वडामा कार्यक्रम विस्तार गरेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

ती जिल्लामा मानव विकासको सूचाङ्क अन्य जिल्लाको तुलनामा कमजोर भई गरिबी उच्च रहेकाले भौतिक पूर्वाधार, सामाजिक विकास, आर्यआर्जन वृद्धि, सीपमूलक कार्यक्रम, सशक्तीकरण र सचेतनामूलक क्रियाकलाप सञ्चालन गरिने मन्त्रालयका उपसचिव सुमन घिमिरेले जानकारी दिए । उनकाअनुसार सरकारले पाँच वर्षमा पाँच अर्ब रुपियाँ लगानी गर्ने कार्यक्रम बनाइ चालु आर्थिक वर्षमा भने २० जिल्लामा गरी एक अर्ब २१ हजार रुपियाँ सम्बन्धित जिल्लामा अख्तियारी पठाइसकेको छ । आजको गोरखापत्रमा खबर छापिएको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्रीको संयोजकत्वमा सहायक मन्त्री, राष्ट्रिय योजना आयोगका सदस्य, मन्त्रालयको वैदेशिक सहयोग समन्वय महाशाखा प्रमुख सदस्य रहेको केन्द्रीय मूल्याङ्कन तथा अनुगमन समिति निर्माण गरेको छ भने मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यक्रम निर्देशन समिति र जिल्लामा स्थानीय विकास अधिकारीको संयोजकत्वमा विषयगत कार्यलयका प्रमुख रहेको जिल्ला कार्यक्रम समन्वय समिति बनाएइको छ ।

सरकारले भारतसँग सीमा जोडिएका क्षेत्रलाई विशेष प्राथमिकतामा राखी समानुपातिक विकासका लागि उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

पूर्व राजाले चेतावनी दिंदै भने-‘निषेधको राजनीतिले बिद्रोह जन्मन्छ’

५ कार्तिक, काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाह धर्मको राजनीतिमा सक्रिय बनेका छन् । आफैँले संरक्षण दिएको विश्व हिन्दू महासंघले आयोजना गरेको विराट् हिन्दू सम्मेलनको उनले बिहीबार वनकालीमा उद्घाटन गरे । तीन दिनसम्म चल्ने सम्मेलनको मुख्य उद्देश्य पूर्वराजा ज्ञानेन्द्रलाई हिन्दू सम्राट र नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने छ ।

सम्मेलनको उद्घाटन गर्दै पूर्वराजा ज्ञानेन्द्रले निषेधको राजनीतिले विद्रोह जन्माउने चेतावनी दिए । सबै मिलेर अगाडि बढे दिगो शान्ति, स्थिरता र स्वाभिमानको रक्षा हुने उनले बताए ।

‘दर्शनले हामीलाई सधैँ अघि बढ्न निर्देशित गर्छ,’ पशुपतिको वनकालीमा बिहीबार तेस्रो अन्तर्राष्ट्रिय विराट हिन्दू सम्मेलन उद्घाटन गर्दै पूर्वराजा ज्ञानेन्द्रले भने, ‘तर, व्यवहारमा निषेधको राजनीति अघि बढाइन्छ भने त्यसले राष्ट्रमा असन्तुलन निम्त्याउँछ । असन्तुलनले उपेक्षा जन्माउँछ र उपेक्षितहरूमा विद्रोह जन्मिन सक्छ ।’आजको नयाँ पत्रिकामा खबर छापिएको छ ।

सम्मेलनको धर्मसभा बिहीबारदेखि शनिबारसम्म कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको छ । धर्मसभामा सहभागी शंकराचार्यहरूले हिन्दू धर्मको महत्व र संरक्षणसँग सम्बन्धित विभिन्न विषयका कार्यपत्रहरू प्रस्तुत गर्नेछन् ।

विश्व हिन्दू महासंघकी सचिव अस्मिता भण्डारीका अनुसार शंकराचार्यहरूले नेपाललाई हिन्दूराष्ट्र र पूर्वराजा ज्ञानेन्द्रलाई हिन्दू सम्राट् घोषणा गर्नुपर्ने आवश्यकतालगायतका विषयमा केन्द्रित रहेर कार्यपत्रहरू राख्ने र त्यसमा छलफल हुनेछ । ‘सम्मेलनबाट नेपाललाई हिन्दूराज्य र पूर्वराजालाई हिन्दू सम्राट् घोषणा गरिनेछ,’ भण्डारीले भनिन् ।

विश्वभरका हिन्दूहरूको प्रतीकका रूपमा नेपाललाई हिन्दूराष्ट्र र पूर्वराजा ज्ञानेन्द्रलाई हिन्दू सम्राट्को घोषणापत्र पारित गरिएपछि राजसंस्था भएका मुलुकमा ऐक्यबद्धताका लागि ज्ञापनपत्र पठाउने तयारी गरिएको छ ।

अब कम्पनी मोडलमा चल्ने जलविद्युत् आयोजना

५ कार्तिक, काठमाडौं ।
सरकारी लगानीमा निर्माण हुने आयोजनाहरू अब कम्पनी मोडलमा बन्ने भएका छन् । हालसम्म विकास समिति र नेपाल विद्युत् प्राधिकरणमार्फत जलविद्युत् आयोजनाहरू निर्माण गरिरहेको सरकार योभन्दा कम्पनी मोडलको अनुभव राम्रो रहेको निष्कर्षमा पुगेको हो ।

सरकारले अब छुट्टाछुट्टै कम्पनी बनाएर आयोजना अघि बढाउन लागेको हो । सार्वजनिक निजी साझेदारी 'पीपीपी'मोडेलमा बनाइएका जलविद्युत् आयोजनाहरू समेत समयमै बन्ने अवस्था देखिएका छैनन् ।

ऊर्जामन्त्री जनार्दन शर्माका अनुसार प्राधिरकरणले अघि बढाएका आयोजनाहरूको समय र लागत दोब्बरभन्दा बढी भएपछि जनताको समेत सेयर हुने गरी कम्पनी मोडेलमा निर्माण गर्ने तयारी भएको छ ।

एक वर्ष अघिसम्म प्राधिकरणले सहायक कम्पनीको रूपमा जलविद्युत् आयोजनाहरू अघि बढाउँदा प्राधिकरण कर्मचारीको सेयर र प्राधिकरणले गर्ने विद्युत् खरिद सम्झौता ९पीपीए० बीच स्वार्थ साटासाट हुने भन्दै आलोचना हुने गरेको थियो ।

तर, अहिले त्यही ऊर्जा मन्त्रालयमा कम्पनी मोडेलमा जलविद्युत् आयोजना अघि बढाउन अग्रसर भएको छ । प्राधिकरणले अघि बढाएका ३० मेगावाटको चमेलिया, १४ मेगावाटको कुलेखानी तेस्रो, ६० मेगावाटको त्रिशूली ३ ए र ३२ मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको लागत र समय दुवै दोब्बरभन्दा बढी भइसकेका छन् ।आजको कारोबारमा खबर छापिएको छ ।

पीपीपी मोडेलमा अघि बढाइएका चमेलियाको सफलता र निर्माणाधीन माथिल्लो तामाकोसीको सकारात्मक प्रगतिको आधारमा कम्पनी मोडेलमा अघि बढाउन लागेको तर्क ऊर्जा मन्त्रालयका अधिकारीहरूको छ ।

मन्त्री शर्मा प्राधिकरणले समेत छुट्टाछुट्टै कम्पनी बनाएर जलाशययुक्त र नदी प्रवाहमा आधारित ९आरओआर० आयोजना अघि बढाउन लागेको र यसले जलविद्युत् क्षेत्रको उत्पादनमा धेरै ठूलो सहयोग पु¥याउने बताउँछन् ।

विज्ञहरू भने पीपीपी मोडेल सकारात्मक भए पनि अहिले तत्काल विद्युत् प्राधिकरणले कम्पनी मोडेलमा जानका लागि प्रक्रिया अघि बढाउनु अपरिपक्व कदम भएको बताउँछन् ।

बन्न नपाउँदै भत्किन थाल्यो सडक

५ कार्तिक, काठमाडौं ।
कान्ति लोकपथअन्तर्गतको लेले टिकाभैरव–भट्टेडाडा सडक खण्ड निर्माण सम्पन्न नहुदै भत्कन थालेको छ । पीआर निर्माण सेवाले निर्माण गरेको सडकको लप्से खण्डमा भत्कन थालेको हो ।

‘ठेकेदारले सडक निर्माणकोक्रममा कमसल सामानको प्रयोग गरेको स्पष्ट देखिन्छ,’ उनले भने, ‘आवश्यक छानविन गरि दोषीलाई कारबाही गर्नुपर्यो ।’आजको कान्तिपुरमा खबर छापिएको छ ।

उनका अनुसार उक्त बाटो भएर विद्यालय जाने बालबालिकासमेत मर्कामा परेका छन् । कान्ति लोकपथ सडक योजना प्रमुख दिपक केसीले मर्मतका लागि ठेकेदार कम्पनीलाई पत्र पठाइसकिएको बताए । ‘ठेकेदारले बर्खाको पानीको भेलले गर्दा भत्किएको भनी स्पष्टिकरण दिएको छ,’ उनले भने, ‘दसै र तिहारका बीचमा कामदार नपाएकाले काम रोकिएको हो ।’

उनले बर्खाका कारण निर्माणाधीन सडक भत्कनु सामान्य भएको बताए । ‘भट्टेडाडामा पनि भएको थियो,’ उनले भने, ‘त्यहाँ मर्मत भइसकेको छ ।’

हेटौडालाई काठमाडौं जोड्ने छोटो, भरपर्दो वैकल्पिक लोकमार्गमा गत आर्थिक वर्षभित्र मालवाहक सवारी साधान गुड्न सक्ने गरि स्तरोन्नती गरिसक्ने सरकारी योजना थियो । तर मिनीबस पनि सञ्चालन हुन गाह्रो छ ।

(रामलिला फर्जी टिकट प्रकरण) हातपात तथा गाली गलौच गरेको भन्दै प्रहरीमा २ जना बिरुद्ध उजुरी

पप्पु गूरुङ्, ५ कार्तिक, दोधारा चाँदनी । रामलिलाको फर्जी टिकटको विषयलाई लिएर गाली गलौच तथा कुटपिट गरेको भन्दै आज प्रहरी समक्ष निबेदन परेको छ् । रामलिला समितिका अध्यक्ष छबिलाल भण्डारीले सदस्य डम्मर राना र डम्मर रानालाई टिकट ब्यवस्थापन समितिलाई फर्जी टिकट कार्यमा संलग्न भएको आरोप लगाएपछि दुबै बिच हातपात र गाली गलौच भएको हो । फर्जी टिकटको बारे छलफलको क्रममा हिजो दुबै बिच हात हालाहाल भएको थियो । आज ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा आफुलाई गाली गलौच र कुटपिट गरेको भन्दै रामलिला समितिका सदस्य डम्मर राना र सहयोग गरेको भन्दै बेल बहादुर रानाको बिरुद्ध उजुरी दिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक बिरेन्द्र बिर बिश्वकर्माले बताउनु भएको छ् । फर्जी टिकट बितरण गरेको कुरा प्रमाणित नभई बिनासित्तै हावादारी रुपमा आरोप लगाईएको कारण हातपात भएको रामलिला समितीका सदस्य डम्मर रानाले जानकारी दिनुभएको छ् ।  भोली बिहान १० बजे ईलाका प्रहरीमा दुबै पक्ष बिच छलफल गरिने चलाईने प्रहरीले जनाएको छ् । बिना प्रमाण सुनुयोजित ढङ्गले आफुहरुलाई फसाउने षडयन्त्रले आरोप लगाएको रानाको भनाई रहेको छ् । असोज १५ गते देखि कार्तिक १ गते सम्म दोधारा चाँदनीमा संचालित श्री आदर्श रामलिला नाट्य मञ्चनको कुर्चीको फर्जी टिकट पाईएपछि बिबाद श्रजना भएको हो । रामलिलामा कुर्चीमा बसेका प्रति ब्यक्ती दर्शकहरुका लागी रु. २० सहयोग रकम लिने रामलिला समितिको निर्णय अनुरुप गुलाबी कागजमा निलो मसीले लेखिएको सहयोग टिकट रसिद समितीले काट्दै आएकोमा असोज २६ गते गुलाबी कागजमा कालो मसीले लेखिएको कुर्चीको फर्जी सहयोग टिकट पनि बिभिन्न स्थान तथा दर्शकहरु संग फेला परेपछि आरोप र प्रत्याआरोप श्रजना भएको हो । असोज २५ गते सिमावर्ती भारतीय बजार खटिमाको ईष्टदेब प्रिन्टिङ्ग प्रेसमा २ जना दोधारा चाँदनीका नचिनेका ब्यक्तीले उक्त फर्जी टिकट रसिद १० ठेली छापेको रामलिला समितिका अध्यक्ष छबिलाल भण्डारीले बताउदै आउनुभएको छ् ।

दोधारा चाँदनीको रामलिलामा फर्जी टिकट फेला परेपछि हंगामा

पप्पु गुरुङ्, ४ कार्तिक, दोधारा चाँदनी । दोधारा चाँदनीमा संचालित रामलिला नाट्य मञ्चनमा कुर्ची बिक्रीको फर्जी टिकट फेला परेको छ् । असोज १५ गते देखि कार्तिक १ गते सम्म दोधारा चाँदनीमा संचालित श्री आदर्श रामलिला नाट्य मञ्चनको कुर्चीको फर्जी टिकट पाईएपछि रकम हिनामिना भएको पुष्टी भएको हो । बिबादको घेरा बिच संचालनमा आएको रामलिलामा कुर्चीमा बसेका प्रति ब्यक्ती दर्शकहरुका लागी रु. २० सहयोग रकम लिने रामलिला समितिको निर्णय अनुरुप गुलाबी कागजमा निलो मसीले लेखिएको सहयोग टिकट रसिद समितीले काट्दै आएकोमा असोज २६ गते गुलाबी कागजमा कालो मसीले लेखिएको कुर्चीको फर्जी सहयोग टिकट पनि बिभिन्न स्थान तथा दर्शकहरु संग फेला परेको श्री आदर्श रामलिला नाटय मञ्चन दोधारा चाँदनीका अध्यक्ष छबिलाल भण्डारीले जानकारी दिएका छन् । “सक्कली टिकटमा टिकट ब्यवस्थापन संयोजकको हस्ताअक्षर छैन्” एक रामलिला समितिका सदस्यले भने–“सायद हतारको कारण टिकटहरुमा टिकट ब्यवस्थापन संयोजकको हस्ताअक्षर नभएको हो” समाचार श्रोत अनुसार असोज २५ गते सिमावर्ती भारतीय बजार खटिमाको ईष्टदेब प्रिन्टिङ्ग प्रेसमा २ जना दोधारा चाँदनीका नचिनेका ब्यक्तीले उक्त फर्जी टिकट रसिद १० ठेली छापेको हो । “कुर्चीको फर्जी टिकट छापेको बारे हामीले जानकारी पाएका थियौ । हामीले उक्त फर्जी टिकट कसैलाई नदिनु भनेर प्रिन्टिङ्ग प्रेसलाई भनेका थियौ” श्री आदर्श रामलिला नाट्य मञ्चन अध्यक्ष भण्डारीले भने । तर प्रिन्टिङ्ग प्रेसले नाम नचिनेको ब्यक्तीलाई टिकटको ठेली दिएको भण्डारीले बताए । “२६ गते देखि टिकट बिक्री भएको प्रमाण जुटेको छ् । छानबिन सहित दोषी उपर कार्वाही गर्छौ” भण्डारीले भने– “यसका लागी चाडै बैठकको तयारी गरेका छौ” रामलिला नाट्य मञ्चनमा कुर्ची ब्यवस्थापनका जिम्मा पाएका सदस्यहरुले फर्जी  टिकटको बारे अनबिज्ञता प्रकट गरेका छन् । “१६ गते देखि २९ गते सम्म कुर्चीबाट उठेको जम्मा रकम रु. ५८ हजार ८ सय ९२ रुपिया नियम संगत रामलिला समितिलाई बुझाएका छौ । टिकट काउण्टरबाट कुनै फर्जी कुर्ची बिक्रीको टिकट काटिएको छैन्” कुर्ची ब्यवस्थापनका जिम्मा पाएका डम्मर बहादुर गुरुङ्गले भने । अर्का टिकट ब्यवस्थापनका बस्दै आएका सञ्जु नेपालीले टिकट काउण्टरबाट फर्जी टिकट बिक्री नगरेको दाबी गरेका छन् । “हामीले गुलाबी कागजमा कालो मसीले लेखिएको कुर्चीको फर्जी टिकट बारे थाहा पाएनौ” टिकट बिक्रीमा बस्दै आएका सञ्जु नेपालीले भने । रामलिला मैदान र केही दर्शकहरु संग गुलाबी कागजमा कालो मसीले लखिएको फर्जी टिकटहरु फेला परेको अध्यक्ष छबिलाल भण्डारीको दाबी छ् । “टिकट काउण्टरबाट फर्जी टिकट बिक्री भएको छ्” भण्डारीको दाबी छ् । तर टिकट काउण्टरबाट फर्जी टिकट बितरण नभएको टिकट ब्यवस्थापन समितिहरुले दाबी गर्दै आएका छन् । “समितिले टिकट ब्यवस्थापन समितिलाई गलत आक्षेप लगाईरहेका छन्” कुर्ची टिकट ब्यवस्थापन समितिका सदस्यले भने । भारतको खटिमा शहरको फर्जी टिकट छाप्ने प्रिन्टिङ्ग प्रेसले फर्जी टिकट छाप्न लगाउने २ जना ब्यक्तीलाई देखेपछि सहजै चिन्ने दाबी गरेको रामलिला समितिका अध्यक्ष भण्डारीले जनाएको छ् । रामलिला समितिका सदस्य डम्मर राना र कुर्ची ब्यवस्थापन समितिका संयोजक डम्मर गुरुङ्गलाई फर्जी टिकटमा संलग्न भएको आरोप श्री आदर्श रामलिला समितिले लगाएका छन् ।

अध्यक्ष र सदस्य बिच हात हालाहाल

श्री आदर्श रामलिला नाट्य मञ्चनका अध्यक्ष छबिलाल भण्डारी र सदस्य डम्मर राना बिच हात हालाहाल भएको छ् । फर्जी टिकटको बारे छलफलको क्रममा दुबै बिच हात हालाहाल भएको हो । अध्यक्ष छबिलाल भण्डारीले सदस्य डम्मर राना र टिकट ब्यवस्थापन समितिलाई फर्जी टिकट कार्यमा संलग्न भएको आरोप लागेपछि दुबै बिच हात हालाहाला भएको हो । “फर्जी टिकट बितरण गरेको कुरा प्रमाणित नभई बिनासित्तै हावादारी रुपमा आरोप लगाईएको छ्” डम्मर रानाले भने । स्थानिय अनुसार आरोप लगाएको ब्यक्तीहरुलाई प्रमाणित गर्ने कुनै आधार नै नभएको दाबी गरेका छन् । “बिना प्रमाण अध्यक्षले टिकट ब्यवस्थापन समितिका पदाधिकारीलाई अरोप लगाएका छन्” तत्कालिन दोधारा गाबिस कार्यालयका अध्यक्ष बेल बहादुर राना भने । उनका अनुसार अहिले आरोप लगाउनु पुर्वाग्रही देखिएको छ् । “छानबिन पछि सबै सामु आउछ” अध्यक्ष रानाले भने । गए राती श्री आदर्श रामलिला समितीले आपतकालिन बैठक राखेर स्थानियहरु र समितिका साझा उपस्थितीमा छानबिन टोली समेत गठन गरिएको समितिका सचिव रतन बहादुर ओलीले जानकारी दिएका छन् । दोधारा चाँदनी सयुक्त वडा सचिव मोहन सुनारको संयोजकत्वमा ५ सदस्यीय फर्जी टिकट छानबिन टोली गठन गरिएको छ् । सदस्यमा पत्रकार पप्पु गुरुङ्ग, निर्मल गिरी, रुप सिंह साँउद, खेम थापा रहेका छन् । समितिले ५ दिन भित्र न्यायीक प्रतिबेदन बुझाउन रामलिला समितिले जानकारी दिएको छ् । गत वर्ष रामलिला संचालनमा राजनितिक अंशबण्डा गर्दै नेपाली काग्रेंसका छबिलाल भण्डारी रामलिला समितिको अध्यक्ष, नेकपा एमालेबाट टिकाराम शर्मा उपाध्यक्ष, नेकपा माओबादी केन्द्रबाट रतन बहादुर ओली सचिवमा, नेपाली काग्रेंसबाट राजेन्द्र मल्ल सह–सचिवमा, नेपाली काग्रेंसका निर्मल गिरी कोषाध्यक्ष गरि बिभिन्न राजनितिक दलहरुलाई समेटेर आदर्श रामलिला समिति कार्य समिति गठन भएको हो । यस वर्ष नेपाली काग्रेंसका निर्मल गिरी कोषाध्यक्ष पद रिक्त भएपछि नेपाली काग्रेंसको प्रतिनिधी उक्त पदमा पदपुर्ती गर्नु पर्ने उनिहरुले माँग राखेका थिए । यसै बिषयलाई लिएर रामलिला समिति र डम्मर गुरुङ्ग, डम्मर रानाको टोली बिच केही दिन अघि हातपात तथा गाली गलौच समेत भएको थियो । उक्त बिबाद साम्य गर्न सर्बदलिय र रामलिला समिति बिच बैठक समेत बसेको हो । डम्मर गुरुङ्ग र डम्मर राना नेपाली काग्रेंस सम्बद्ध युवाहरु हुन् । दोधारा चाँदनीमा संचालनमा भएको आपसी मतभेद तथा फर्जी टिकटको सम्बन्धमा स्थानियहरुले गत वर्ष र यो वर्षको सम्पुर्ण खर्चा तथा आम्दानीको एक निश्पक्ष छानबिन समिति गठन गरि न्यायपुर्ण छानबिन सहित सम्पुर्ण हिसावहरु सार्वजनिक तथा पारदर्शी हुन पर्ने माँग राखेका छन् ।

एमालेले किन खोज्यो लोकमान हटाउन, केपी ओलीले गरे यस्तो खुलासा

४ कात्तिक,काठमाडौं ।

अख्तियार प्रमुख लोकमानसिंह कार्कीले महअभियोगको प्रस्ताव ल्याउन अग्रसर देखिएको एमालेले आफ्नो कारण सार्वजनिक गरेको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले  क्षेत्राधिकार नाघेर ज्यादतीपूर्ण तवरले समानान्तर सत्ता सञ्चालन गरेकाले कार्कीलाई महाअभियोग लगाएर हटाउन खोजेको बताएका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले आफूलाई जससँग रिस उठ्यो उसलाई भ्रष्टाचार मुद्धा लगाउने धम्की दिएर कार्कीले लोकतन्त्रको उपहास गरेको राज्यका सबै संयन्त्रका साथै सुरक्षा निकायमा समेत अनुचित दबाब सिर्जना गरेर गलत काम गर्ने गरेको आरोप लगाए ।

बुद्धिजीबी बोल्यो भने त्यसलाई पनि फ्याट्ट, कोही व्यापारीले यो कुरा यस्तो भन्यो भने त्यसलाई पनि फ्याट्ट, कसैले केही भन्यो कि त्यसलाई फ्याट्ट’बिहीबार संसदको चमेना गृहमा सञ्चारकर्मीसँग चिया गफमा ओलीले भने, ‘। ओलीले म्याद तामेलीका लागि गएका सर्वोच्च अदालतका कर्मचारीमाथि गुण्डागर्दी शैलीमा अवरोध गरेर लोकमानले फौजदारी अभियोग गरेको आरोप लगाए ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web