<p>पप्पु गूरुङ्, ५ कार्तिक, दोधारा चाँदनी । रामलिलाको फर्जी टिकटको विषयलाई लिएर गाली गलौच तथा कुटपिट गरेको भन्दै आज प्रहरी समक्ष निबेदन परेको छ् । रामलिला समितिका अध्यक्ष छबिलाल भण्डारीले सदस्य डम्मर राना र डम्मर रानालाई टिकट ब्यवस्थापन समितिलाई फर्जी टिकट कार्यमा संलग्न भएको आरोप लगाएपछि दुबै बिच हातपात र गाली गलौच भएको हो । फर्जी टिकटको बारे छलफलको क्रममा हिजो दुबै बिच हात हालाहाल भएको थियो । आज ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा आफुलाई गाली गलौच र कुटपिट गरेको भन्दै रामलिला समितिका सदस्य डम्मर राना र सहयोग गरेको भन्दै बेल बहादुर रानाको बिरुद्ध उजुरी दिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक बिरेन्द्र बिर बिश्वकर्माले बताउनु भएको छ् । फर्जी टिकट बितरण गरेको कुरा प्रमाणित नभई बिनासित्तै हावादारी रुपमा आरोप लगाईएको कारण हातपात भएको रामलिला समितीका सदस्य डम्मर रानाले जानकारी दिनुभएको छ् । भोली बिहान १० बजे ईलाका प्रहरीमा दुबै पक्ष बिच छलफल गरिने चलाईने प्रहरीले जनाएको छ् । बिना प्रमाण सुनुयोजित ढङ्गले आफुहरुलाई फसाउने षडयन्त्रले आरोप लगाएको रानाको भनाई रहेको छ् । असोज १५ गते देखि कार्तिक १ गते सम्म दोधारा चाँदनीमा संचालित श्री आदर्श रामलिला नाट्य मञ्चनको कुर्चीको फर्जी टिकट पाईएपछि बिबाद श्रजना भएको हो । रामलिलामा कुर्चीमा बसेका प्रति ब्यक्ती दर्शकहरुका लागी रु. २० सहयोग रकम लिने रामलिला समितिको निर्णय अनुरुप गुलाबी कागजमा निलो मसीले लेखिएको सहयोग टिकट रसिद समितीले काट्दै आएकोमा असोज २६ गते गुलाबी कागजमा कालो मसीले लेखिएको कुर्चीको फर्जी सहयोग टिकट पनि बिभिन्न स्थान तथा दर्शकहरु संग फेला परेपछि आरोप र प्रत्याआरोप श्रजना भएको हो । असोज २५ गते सिमावर्ती भारतीय बजार खटिमाको ईष्टदेब प्रिन्टिङ्ग प्रेसमा २ जना दोधारा चाँदनीका नचिनेका ब्यक्तीले उक्त फर्जी टिकट रसिद १० ठेली छापेको रामलिला समितिका अध्यक्ष छबिलाल भण्डारीले बताउदै आउनुभएको छ् । </p><p><br></p>
18.12¡ÆC