४ कात्तिक,काठमाडौं ।

अख्तियार प्रमुख लोकमानसिंह कार्कीले महअभियोगको प्रस्ताव ल्याउन अग्रसर देखिएको एमालेले आफ्नो कारण सार्वजनिक गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले क्षेत्राधिकार नाघेर ज्यादतीपूर्ण तवरले समानान्तर सत्ता सञ्चालन गरेकाले कार्कीलाई महाअभियोग लगाएर हटाउन खोजेको बताएका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले आफूलाई जससँग रिस उठ्यो उसलाई भ्रष्टाचार मुद्धा लगाउने धम्की दिएर कार्कीले लोकतन्त्रको उपहास गरेको राज्यका सबै संयन्त्रका साथै सुरक्षा निकायमा समेत अनुचित दबाब सिर्जना गरेर गलत काम गर्ने गरेको आरोप लगाए ।

बुद्धिजीबी बोल्यो भने त्यसलाई पनि फ्याट्ट, कोही व्यापारीले यो कुरा यस्तो भन्यो भने त्यसलाई पनि फ्याट्ट, कसैले केही भन्यो कि त्यसलाई फ्याट्ट’बिहीबार संसदको चमेना गृहमा सञ्चारकर्मीसँग चिया गफमा ओलीले भने, ‘। ओलीले म्याद तामेलीका लागि गएका सर्वोच्च अदालतका कर्मचारीमाथि गुण्डागर्दी शैलीमा अवरोध गरेर लोकमानले फौजदारी अभियोग गरेको आरोप लगाए ।

४ कार्तिक, काठमाडौं ।
अन्तर्रा्ष्ट्रिय फुटबल महासंघ 'फिफा' ले सार्वजनिक गरेको यस महिनाको वरियतामा भुटानले फेरि नेपाललाई उछिनेको छ । भुटानले फिफा वरियतामा १० स्थानमाथि उक्लिदै नेपाललाई आफूभन्दा तल पारेको हो ।

बिहीबार सार्वजनिक वरियतामा भुटानले १ सय ७९ स्थान ओगटेको छ । नेपाल भने गत महिनाकै स्थानमा छ ।

नेपाल १ सय ८६ स्थानमा छ। २०६२–६३ तिर नेपाली फुटबलमा विवाद हुँदा भुटानले फिफा वरियतामा नेपाललाई उछिनेको थियो । दक्षिण एसियाली क्षेत्रमा भारतले पनि ठूलो फट््को मारेको छ ।

उसले ११ स्थानमाथि उक्लिदंै यो क्षेत्रको नम्बर १ टिम बन्न सफल भएको छ । भारतको अहिलेको वरियता १ सय ३७ हो ।

उसले अफगानिस्तानलाई पछि पार्दै दक्षिण एसियाली क्षेत्रमा आफूलाई शीर्षस्थानमा राखेको छ । अफगानिस्तान पनि चार स्थानमाथि उक्लिएको छ । सार्वजनिक वरियतामा अफगानिस्तान १ सय ४० स्थानमा छ ।

तेस्रो स्थानमा माल्दिभ्स छ । माल्दिभ्स १ सय ५८ स्थानमा छ । पाँचौ स्थानमा नेपाल र छैटौं स्थानमा बंगलादेश छ ।

श्रीलंको वरियता १ सय ९४ र पाकिस्तानको १ सय ९७ स्थान छ । फिफा वरियतामा यो वर्ष पनि अर्जे्न्टिना शीर्षस्थानमा छ ।

४ कार्तिक, काठमाडौं ।
पाकिस्तानको इस्लामाबादमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेशनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा नेपालका रत्नजित तामाङ र नङशलको जोडी बिहीबार फाइनलमा प्रवेश गरेको छ ।

२७ मिनेट चलेको सेमिफाइनलमा दिदीभाइ रत्न र नङशलको जोडीले पाकिस्तानका रिज्वान अजाम र सरा मोहम्मदको जोडीलाई २१–१६ र २१–१२ को सोझो सेटमा पराजित गरे ।

फाइनलमा रत्न र नङशलको भेट पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनसँग हुने नेपाल ब्याडमिन्टन संघका महासचिव वीरेन्द्र श्रेष्ठले जनाएकारी गराउनु भयो । फाइनल शुक्रबार हुनेछ ।

फाइनलमा स्थान पक्का गरेसँगै रत्न र नङशलले कम्तीमा रजत पदक सुरक्षित गरेका छन् ।

४ कार्तिक, काठमाडौं ।
काठमाडौँ उपत्यकामा साझा यातायातले दुई हप्तापछि थप तीस बस सञ्चालनमा ल्याउने भएको छ ।

काठमाडौँ महानगरपालिकाको रु १० करोड लगानीमा साझा यातायातले तीसवटा बस भारतबाट असोजको पहिलो साता नै ल्याइसकेको भए पनि प्राविधिक चेक, बस सञ्चालन गर्ने ‘रुट परमिट’, कर्मचारीको व्यवस्थापन लगायतको काम भइरहेकाले दुई सातापछि बस सञ्चालन हुने साझा यातायातका कायममुकायम प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

४ कार्तिक, काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाहले मौलिक चिनारी, परम्परा, राष्ट्रिय धर्म र राष्ट्रिय संवेदशीलतालाई बुझेर अघि बढे मुलुकमा दिगो शान्ति स्थापना हुने र विकासले फड्को मार्ने बताउनुभएको छ ।

विश्व हिन्दु महासंघको आयोजनामा अन्तर्राष्ट्रिय विराट हिन्दु महासम्मेलनको आज पशुपति वनकालीमा उद्घाटन गर्नुहुँदै पूर्वराजा ज्ञानेन्द्रले विश्व शान्ति सहिष्णुताको उपमाको रुपमा रहेको नेपालको आजको अवस्थाबारे सबैले सोच्ने बेला आएको बताउनुभयो ।

पूर्वराजा शाहले निषेधको राजनीतिले विद«ोह जन्मने सक्ने भन्नुहुँदै समाजका हरेक पक्ष र जातिको अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभयो ।

मुलुकको विद्यमान अस्थिरताका कारण अन्र्तराष्ट्रिय हस्तक्षेप बढेको, जनतामा निरासा छाएको भन्नुहुँदै पूर्वराजा शाहले यस्तो परिस्थितिको सृजना कसरी भयो भन्ने प्रश्न जनताले गर्ने बेला आएको बताउनुभयो ।

आजदेखि सुरु भएको अन्र्तराष्ट्रिय विराट हिन्दु महासम्मेलन आगामी कार्तिक ६ गतेसम्म चल्नेछ ।

४ कार्तिक, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले वैदिक संस्कृतिको आदर्शलाई स्थापित गरिनुपर्ने बताउनुभएको छ ।

नेपाल आर्य समाजले गरेको अन्तर्र्रािष्ट्रय वैदिक आर्य महासम्मेलनको आज काठमाडौंमा उद्घाटन गर्दै उहाँले वैदिक दर्शनको योगदानस्वरुप हजारौँ वर्षअघिदेखि योग र आयुर्वेदको सुरुआत भएको बताउनुभयो ।

महिलालाई समान अधिकार दिएको वैदिक युगको परम्परा उत्तर वैदिक कालपछि खण्डित भएको राष्ट्रपति भण्डारीले बताउनुभयो ।

त्यस अवसरमा स्वामी सम्पूर्णानन्द सरस्वतीले सीता र बुद्धका कारण नेपाल विश्वमा प्रकाशित भएको सुनाउनुभयो ।

कात्तिक ६ गतेसम्म चल्ने महासम्मेलनमा नेपालबाट पाँच हजार, भारतबाट तीन हजार र अन्य देशबाट ५०० सहभागी रहेको नेपाल आर्य समाजले जनाएको छ ।

४ कार्तिक, सिरहा ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया–६ मा गएराति ट्रक र बस एकआपसमा ठोक्ँिकदा बसमा सवार तीनजनाको मृत्यु भएको छ ।

घटनामा १३ यात्रु घाइते भएका छन् ।

काँकडभिट्टाबाट काठमाडाँैतर्फ जाँदै गरेको ना ५ ख ४८८९ नंको मकालु यात्रुवाहक बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ३ ख ४१३० नंको ट्रक राति २ बजेतिर एकआपसमा ठक्कर दिँदा बसमा सवार भारतको सिक्किम गान्तोक निवासी ३३ वर्षीय पायल अग्रवाल, सोही ठाउँका ३० वर्षीया बिन्दिया गुरुङ र पाँचथरको रवि–६ निवासी ३५ वर्षीया ननुका राईको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

घाइते मध्ये तीन जनाको विराटनगरमा र अन्यके मिर्चैयामा उपचार भैरहेके छ ।

४ कार्तिक, काठमाडौं ।
प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसद्मा महाभियोगका प्रस्ताव दर्ता भएपछि आयोगले आयुक्त दीप बस्न्यातलाई कार्यबाहक प्रमुख आयुक्त बनाएको छ ।

आयोगको नियमावलीमा प्रमुख आयुक्तको अनुपस्थितिमा उपस्थित आयुक्तमध्ये वरिष्ठ आयुक्तले कार्यबाहक प्रमुख हुने व्यवस्थाबमोजिम आजको आयोग बैठकले बस्न्यातलाई कार्यबाहक प्रमुख आयुक्त बनाएको आयोगका सहप्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनु भयो ।

नेपालको संविधानको धारा १०१ को उपधारा ६ मा “संवैधानिक निकायका प्रमुख वा पदाधिकारीले महाभियोग कारबाही प्रारम्भ भएपछि टुङ्गो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैन ” भन्ने व्यवस्था छ ।

४ कार्तिक, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध महाअभियोग नलगाउने निर्णय गरेको छ ।

संसदमा दर्ता गरिएको महाअभियोगका विषयमा सत्ता साझेदार दल नेपाली कांग्रेससँग छलफल गरेर अघि बढ्ने भन्दै उसले कार्कीको बचाउ गर्ने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रको आज विहान लाजिम्पाटमा बसेको केन्द्रिय कार्यालयको बैठकले सभामुख ओनसरी घर्ती र नेपाली कांग्रेससँग छलफल गरेर अख्तियार प्रमुख कार्की विरुद्धको महाअभियोगको प्रक्रिया अघि बढाउने निर्णय गरेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रचण्ड सहभागी हुनु भएको गोवा सम्मेलन र त्यहाँ भएका द्विपक्षीय र त्रिपक्षीय छलफल तथा दुई देशीय र त्रिदेशीय सम्बन्ध सुदृढ बनाउन सकारात्मक रहेको बैठकले समिक्षा गरेको पनि प्रवक्ता भुसालले जानकारी दिनुभयो ।

४ कार्तिक, काठमाडौं ।
सभामुख ओनसरी घर्तीले स्विजरल्यान्डको जेनेभामा आयोजना हुने इन्टरनेसनल पार्लियामेन्ट्रियन युनियनको बैठकमा भाग लिन जानुहुने कार्यक्रम रद्द गर्नुभएको छ ।

पछिल्लो राजनीतिक कारणले उहाँले साताव्यापी आफ्नो भ्रमण रद्द गर्नुभएको उहाँका प्रेस सल्लाहकार वासुदेव शर्माले राससलाई जानकारी दिनुभयो ।

४ कार्तिक, काठमाडौं ।

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिमा सविधान सशोधन,स्थानिय निकायको पुर्नसरचना,पार्टी सगठन र देशको समसामयिक राजनीतिक स्थितिका बिषयमा छलफल भएको छ ।

अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध ससदमा दर्ता भएको महाभियोग प्रस्तावका बारेमा पनि बैठकमा सदस्यहरुले दुईथरी धारणा व्यक्त गर्नुभएको केन्द्रिय सदस्य गोविन्द भटराईले वताउनुभयो ।

बैठकमा केही केन्द्रिय सदस्यले महाभियोग प्रस्तावका आधारहरुलाई केलाएर पार्टीले जिम्मेवार भएर निर्णय लिनु पर्ने वताउनुभयो ।

यसैगरी केही केन्द्रिय सदस्यले अख्तियार प्रमुख कार्कीको नियुक्ति नै गलत भएकाले अहिले दर्ता भएको महाभियोग प्रस्तावलाई मौकाको रुपमा लिएर त्यसलाई समर्थन गर्नु पर्ने धारणा राख्नुभएको थियो ।

आजको बैठकमा कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा। रामशरण महत, महेश आचार्य, गगनकुमार थापा, कल्याणकुमार गुरुङ, रामकृष्ण यादव र विश्वप्रकाश शर्माले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यसमितिको अर्को बैठक भोलि विहान ११ वस्नेछ ।

४ कार्तिक, काठमाडौं ।
व्यवस्थापिका–संसद्को आजको बैठक अख्तियार प्रमूख लोकमान सिंह कार्कीलाई महाअभियोगबाट जोगाउन एकाएक स्थगीत गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापती शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली समेतको सहमतीमा सभामुखलाई सांसदहरुलाई नै जानकारी नदिइ स्थगित गरिएको सांसदहरुले बताएका छन् ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुख ओनसरी घर्तीले यही कात्तिक ७ गते बिहान ११ बजेसम्मका लागि स्थगन गर्नुभएको संसद् सचिवालयले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध बुधबार दर्ता भएको महाभियोगको प्रस्ताव पेस गर्ने बैठकको कार्यसूची रहेकामा राजनीतिक दलबीच परामर्श जारी रहेकाले बैठक स्थगन भएको हो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १५७ सांसदले हिजो महाभियोगको प्रस्ताव गर्नुभएको थियो ।

संसद बैठक स्थगन पछी नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले बैठकको कार्य सूची र बैठक स्थगन किन भयो भन्नेबारे आफुहरुलाई जानकारी नभएको बताउनुभयो ।

यसैगरी नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले तीनदलका शिर्ष नेताहरुले प्रमुख आयुक्त कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि प्रक्रिया अघी बढाउने विषयमा छलफलका लागि केही समय माग गरेकाले बैठक स्थगीत भएको जानकारी दिनुभयो ।