लोकमानलाई जोगाउन तीनदलका शिर्ष नेताको निर्देशनमा संसद बैठक स्थगित

कार्तिक ४, २०७३ मा प्रकाशित | 861 views

४ कार्तिक, काठमाडौं ।
व्यवस्थापिका–संसद्को आजको बैठक अख्तियार प्रमूख लोकमान सिंह कार्कीलाई महाअभियोगबाट जोगाउन एकाएक स्थगीत गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापती शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली समेतको सहमतीमा सभामुखलाई सांसदहरुलाई नै जानकारी नदिइ स्थगित गरिएको सांसदहरुले बताएका छन् ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुख ओनसरी घर्तीले यही कात्तिक ७ गते बिहान ११ बजेसम्मका लागि स्थगन गर्नुभएको संसद् सचिवालयले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध बुधबार दर्ता भएको महाभियोगको प्रस्ताव पेस गर्ने बैठकको कार्यसूची रहेकामा राजनीतिक दलबीच परामर्श जारी रहेकाले बैठक स्थगन भएको हो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १५७ सांसदले हिजो महाभियोगको प्रस्ताव गर्नुभएको थियो ।

संसद बैठक स्थगन पछी नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले बैठकको  कार्य सूची र बैठक स्थगन किन भयो भन्नेबारे आफुहरुलाई जानकारी नभएको बताउनुभयो ।

यसैगरी नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले तीनदलका शिर्ष नेताहरुले प्रमुख आयुक्त कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि प्रक्रिया अघी बढाउने विषयमा छलफलका लागि केही समय माग गरेकाले बैठक स्थगीत भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web