वैदिक संस्कृतिको आदर्शलाई स्थापित गरौँ ः राष्ट्रपति

कार्तिक ४, २०७३ मा प्रकाशित | 643 views

४ कार्तिक, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले वैदिक संस्कृतिको आदर्शलाई स्थापित गरिनुपर्ने बताउनुभएको छ ।

नेपाल आर्य समाजले गरेको अन्तर्र्रािष्ट्रय वैदिक आर्य महासम्मेलनको आज काठमाडौंमा उद्घाटन गर्दै उहाँले वैदिक दर्शनको योगदानस्वरुप हजारौँ वर्षअघिदेखि योग र आयुर्वेदको सुरुआत भएको बताउनुभयो ।

महिलालाई समान अधिकार दिएको वैदिक युगको परम्परा उत्तर वैदिक कालपछि खण्डित भएको राष्ट्रपति भण्डारीले बताउनुभयो ।

त्यस अवसरमा स्वामी सम्पूर्णानन्द सरस्वतीले सीता र बुद्धका कारण नेपाल विश्वमा प्रकाशित भएको सुनाउनुभयो ।

कात्तिक ६ गतेसम्म चल्ने महासम्मेलनमा नेपालबाट पाँच हजार, भारतबाट तीन हजार र अन्य देशबाट ५०० सहभागी रहेको नेपाल आर्य समाजले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web