अख्तियार आयुक्त दीप बस्न्यात कार्यबाहक प्रमुख आयुक्त

कार्तिक ४, २०७३ मा प्रकाशित | 1027 views

४ कार्तिक, काठमाडौं ।
प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसद्मा महाभियोगका प्रस्ताव दर्ता भएपछि आयोगले आयुक्त दीप बस्न्यातलाई कार्यबाहक प्रमुख आयुक्त बनाएको छ ।

आयोगको नियमावलीमा प्रमुख आयुक्तको अनुपस्थितिमा उपस्थित आयुक्तमध्ये वरिष्ठ आयुक्तले कार्यबाहक प्रमुख हुने व्यवस्थाबमोजिम आजको आयोग बैठकले बस्न्यातलाई कार्यबाहक प्रमुख आयुक्त बनाएको आयोगका सहप्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनु भयो ।

नेपालको संविधानको धारा १०१ को उपधारा ६ मा “संवैधानिक निकायका प्रमुख वा पदाधिकारीले महाभियोग कारबाही प्रारम्भ भएपछि टुङ्गो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैन ” भन्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web