आइतबार सम्मलाई महाअभियोग प्रस्ताव टर्यो

कार्तिक ५, २०७३ मा प्रकाशित | 627 views

५ कार्तिक, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावको छलफल ‘विशेष’ कारणले स्थगित भएको छ । महाअभियोग प्रस्ताव कसरी अघि बढाउने भन्नेबारे प्रमुख दलबीच एउटै धारणा बनाउन छलफलको कार्यसूची आइतबारसम्मका लागि स्थगित गरिएको हो ।

सभामुख ओनसरी घर्तीले बिहीबार बिहान शीर्ष नेताहरूसँग छलफल गर्नुभएपछि दलहरूको आग्रहअनुसार बैठक तीन दिनका लागि स्थगित गरेकी हुन । प्रधानमन्त्री र काँग्रेस सभापतिबीच बिहीबार बिहान भएको छलफलपछि सदन स्थगित गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले नै आग्रह गरेका थिए । प्रधानमन्त्रीको आग्रहपछि बैठक स्थगित भएको जानकारी सभामुख घर्तीले राजनीतिक दलका प्रमुख सचेतकहरूलाई दिएकी दिइन । आजको गोरखापत्रमा खबर छापिएको छ ।
‘शीर्ष नेतासँगको छलफलपछि प्रस्तावमा एकमत बनाएर अघि बढ्न एक,दुई दिन दलबीच छलफल आवश्यक भएको भन्दै बैठक स्थगित गरिएको सभामुखले जानकारी गराउनुभयो’, एमाले सचेतक गोकुल घर्तीले भने ।

माओवादी केन्द्रको प्रस्तावमा र एमालेको समर्थनमा महाअभियोगको सूचना दर्ता भए पनि दुवै दलबीच पनि पर्याप्त गृहकार्य भएको छैन । माओवादी केन्द्रले बिहीबारै संसदीय दलको बैठकमा छलफल गरेको छ । एमालेले दर्ता भएको प्रस्तावलाई अघि बढाउने निर्णय गरेको छ । उसले काठमाडौँबाहिर रहेका आफ्ना सांसदहरूलाई पनि काठमाडौँ फर्कन ह्वीप जारी गरेको छ ।
तर, संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको स्पष्ट धारणा आएको छैन ।

काँग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेतासँगको छलफलमा सकरात्मक कुरा गरे पनि औपचारिक निर्णय भएको छैन ।
‘शेरबहादुरजीले प्रस्तावमा असहमति जनाउनुभएको छैन । तर पार्टीमा आन्तरिक रूपमा केही छलफलको आवश्यकता ठान्नु भएको छ’ शीर्ष नेताको छलफलमा भएको कुराकानीबारे सञ्चारकर्मीलाई जानकारी दिँदै एमाले अध्यक्ष केपी ओलीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web