‘लोकमानसिंह कार्कीलाई हटाउन काँग्रेस भारतको आदेश कुर्दै’

कार्तिक ५, २०७३ मा प्रकाशित | 877 views

५ कार्तिक, काठमाडौं ।
नेपाली काँग्रेसमाथि विवादीत अख्तियार प्रमूख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन भारतको आदेश कुरेको आरोप लागेको छ ।

सामाजिक सञ्जालमा काँग्रेसकै कारण कार्कीमाथि महाअभियोग प्रक्रिया रोकिएको भन्दै काँग्रेसको भ्रष्ट नेतृत्व र भारतभक्ती देखिएको व्यापक टिप्पणीहुन थालेको छ ।

आम नागरिकले मात्र नभई काँग्रेसमाथि नेकपा एमालेका नेताहरुले समेत सिधा आरोप लगाएका छन् ।
एमाले नेता शंकर पोखरेलले काँग्रेस सभापती शेरबहादुर देउवाको कुरा सुन्दा काँग्रेस  महाभियोगको पक्ष वा विपक्षमा उभिने सकसवाट जोगिन लोकमानको राजिनामाको व्यग्र प्रतिक्षामा रहेको ट्विटरमा लेखेका छन् । उनले काँग्रेसको इच्छा के पुरा होला त भनेर समेट टिप्पणी गरेका छन् ।

यस्तै एमाले पूर्व सांसद सान्ता चौधरीले अख्तियार प्रमुखमा लोकमानलाई नियुक्त गर्दा सर्बदलिय सहमतीमा नै नियुक्ति गरिएको स्मरण गरेकी छिन् ।

चौधरीले आज बर्खास्त गर्न पनि सर्बदलिय सहमतीको आवस्यकता रहेकोमा लोकमानलाइ बर्खास्त गर्न काँग्रेसले भारतको आदेश कुर्नु पर्ने कस्तो दुखद बिडम्बना भन्दै-'अब त काङ्ग्रेसलाई सामान्य जनताले पनि स्पष्टसग चिन्ने मौका पाए नेका नेपाली जनताको हितका निम्ति होइन भारतिय हितका निम्ति काम गर्छ भन्ने स्पष्ट भयो । 'लोकमान जि' तपाइका बिरुद्दमा आज जनताद्वारा निर्बाचित सम्सद भबन तातेको छ, देश तथा बिदेशमा रहेका सारा नेपाली तपाइ माथी आक्रोशित भएका छन । यदि जनताको मनमस्तिस्कमा बस्न सक्नुभएको भए आज तपाइको समर्थनमा जनताले सडकमा जिन्दावादको नारा घन्काउने थिय र तपाइको जयजयकार गर्ने थिए । तपाइको ज्यादतीलाई महाभियोग लगाएर निलम्बन गर्दैमा मात्र पूरा हुन्न । अख्तियार प्रमुख हुदा तपाइले गरेका काला कसुरलाई जनता माझ पुर्याएर सजाएको भागिदार बन्नुस ।' भनि फेसबुकमा लेखेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web