२३ तारिख आइतबार मेगुरो कुमिन् सेन्टरमा ‘झुक्की’ आउँदै

कार्तिक ५, २०७३ मा प्रकाशित | 1071 views

टोकियो ।
नेपालमा व्यवसायिक सफलता र लोकप्रिय बनेको चलचित्र झुम्की पर्सी आइतबार २३ तारिखमा जापानमा प्रदर्शन गर्न सबै तयारी सकिएको आयोजकले जनाएको छ ।

टोक्यो ड्रिम्स ईन्टरटेन्मेन्टको व्यानरमा प्रदर्शन हुन लागेको झुम्की अपिल विस्ट फिल्म प्रोडक्सनमा बनेको चलचित्रलाई सिनेमा आर्टले निर्माण गरेको हो ।

यौवनको भोक मेट्न गरिएको प्रेम–नाटकले निम्त्याएको आत्महत्या र हत्यासँगै चोखो प्रेमको दुःखद् अन्त्य चलचित्र ‘झुम्की’को मुख्य कथा रहेको छ ।

दुई असफल प्रेम कहानी बोकेको चलचित्रकी मुख्य पात्र देवकी 'रिस्मा गुरुङ', असई गोकुल 'मनोज आरसी', झुम्की 'मलिना जोशी', इन्सपेक्टर 'दयाहाङ राई', फागुराम 'प्रमोद अग्रहरी', एसपी कविन्द्र 'रविन्द्रसिंह बानियाँ' वरपर चलचित्र घुमेको छ ।

चलचित्र झुम्कि राजधानी टोकियोको मेगुरोमा रहेको मेगुरो कुमिगं हल साँझ ६ बजे खुल्ने छ भने ठिक ६:३० बजेबाट चलचित्र प्रदर्शन सुरु हुने आयोजकले बताएको छ ।

अक्टोवर २३ तारिखका दिन प्रदर्शन हुने झुक्की चलचित्रको लागि २५ सय जापानी येन टिकट मूल्य तोकिएको छ । चलचित्र प्रदर्शन अयोजकले टिकट बुकिगं अन्तिम चरणमा रहेको भन्दै समयमै टिकट लिन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web