निलम्वीत कार्की कोठाबाटै अख्तियार चलाउदै

कार्तिक ५, २०७३ मा प्रकाशित | 1051 views

५ कार्तिक, काठमाडौं ।
भारतीय आशिर्वादमा अख्तियार प्रमूख बनेका चरम बिवादित अख्तियार दूरुपयोग अनुसन्धान अयोगको निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले पदमा नरहेपनि निवासबाटै अख्तियारको नियमीत काम गरिरहेको खुलाशा भएको छ ।

संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि नियमित काम कारबाही गर्न नपाउने भएपनि कार्कीले टंगालस्थित परिसरबाटै अख्तियार सञ्चालन गरिरहेको पाइएको छ ।

आयोग मुख्यालयसँगै रहेको परिसरबाट कार्कीले प्रमुख आयुक्तले झै नियमित गतिविधि गरिरहेको प्रमाण पाएको कान्तिपुरले समाचार लेखेको छ ।

कार्कीको कार्यकक्ष र सचिवालयमा रहेका महत्वपूर्ण फाइल र प्रमाणका कागजात निवासमा पुर्‍याइएको स्रोतले बतायो । अधिकांश ठूला, संवेदनशिल र महत्वपूर्ण मुद्दाका अनुसन्धान अधिकृतले सोझै प्रमुख आयुक्त कार्कीलाई ब्रिफिङ गर्थे । ती सबै कागजात कार्कीको निवास पुर्‍याइएको छ । ‘प्रमुखको निजी सचिवालयमा अहिले खासै कुनै कागजात छैन,’ स्रोतले भन्यो, ‘सबै ओसारेर निवासमा पुर्‍याइएको छ ।’

कार्कीमाथिको महाभियोग पछि पनि आलोचक र विरोधीहरुमाथि निगरानी र गोप्यताको जासूसी गर्न प्रयोग भएको टिम झनै सक्रिय भएको स्रोतले बतायो । यसबीचमा कतिपयको फोनको ‘कले डिटेल’ हेर्ने र म्यासेजका विवरणहरु तान्ने काम भइरहेको स्रोतले बतायो । यस्ता विवरण टंगाल परिसरस्थित कार्कीकै निवासमा पुर्‍याइएको छ ।

शुक्रबार आयोग कार्यालय खुल्नासाथ कान्तिपुर संवाददातालाई सूचना चुहावट गरेको भन्दै सोधपुछ भइरहेको छ । एक उपसचिवले सामान्य भलाकुसारी गरेकै कारण केही कर्मचारीमाथि अप्ठेरो परेको बताए ।

उनले भने, ‘को आएको थियो, किन भेट्यो र उसँग किन कुराकानी गरेको भनेर कार्कीको सचिवालयले उनीहरुलाई सोधखोज गरिरहेका छन् ।’

स्रोतका अनुसार, कार्कीसँग निकट रहेर काम गरेका आयोगका आयुक्त राजनारायण पाठकले आयोगभित्रका गतिविधिबारे उनलाई जानकारी गराइरहेका छन् । कार्कीकै आदेशमा बिहीबार केही कर्मचारीहरुको विदेश भ्रमण लगायतबारे निर्णय भएको थियो ।

‘उनको हस्ताक्षर छैन भन्ने मात्रै हो,’ स्रोतले भन्यो, ‘निवासबाटै उनले सबै काम गरिरहेका छन् ।’स्रोतका अनुसार बिहीबार र शुक्राबार उनको निवासमा निजी सवारीसाधनमा विभिन्न व्यक्तिहरुको आउजाउ तीब्र भएको छ ।

कार्कीले नियमित काम कारबाही नगरेपनि आयोगका सुरक्षाकर्मी, उनीप्रति बफादार सचिवालयका कर्मचारीहरु आयोगमै सक्रिय छन् । उनले विशेषज्ञका रुपमा नियुक्त गरेका केही व्यक्तिले हरेक महाशाखाको निगरानी गरिरहेको स्रोत बताउँछ ।

यो पनि पढ्नुहोस्

'लोकमानसिंह कार्कीलाई हटाउन काँग्रेस भारतको आदेश कुर्दै'

अब त केही बोलौं ! लोकमानसिंह कार्कीलाई जोगाउन भारत सक्रिय

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web