‘सैन्य उपायबाट सिरिया संकट समाधान हुँदैन’-राष्ट्रसंघ महासचिव मुन

कार्तिक ५, २०७३ मा प्रकाशित | 954 views

एजेन्सी ।
संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनले सैन्य उपायबाट सिरिया सङ्कट समाधान नहुने भएकाले शान्तिप्रक्रियाबाट नै जारी द्वन्द्वको समाधान खोज्नु पर्ने बताउनु भएको छ ।

रसियाले एकपक्षीय रुपमा गरेको युद्धविरामको स्वागत गर्ने गर्दै महासचिव महासचिव बानले पूर्वी एलेप्पोमा पूर्ण मानवीय सहयोगको आवश्यकता रहेको औंल्याउनु भएको छ ।

राष्ट्रसंघले गत सेक्टेम्बर २३ देखि हालसम्म सिरियाको एलेप्पोसहरमा जारी द्धन्द्धमा ५सय जनाको मृत्यु हुनुको साथै अन्य २ हजार जना घाइते भएको जनाएको छ ।

द्धन्द्धका कारण झण्डै दुई लाख ७५ हजार नागरिक प्रभावित भएको पनि राष्ट्रसङ्घको अनुमान रहेको छ ।

सिरियामा सन् २०११ देखि राष्ट्रपति बासेर अल असदको राजीनामाको माग गर्दै सुरु भएको हिंसामा परी दुई लाख ९० हजार भन्दा बढी व्यक्तिको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web