६ कार्तिक, भोजपुर ।
भोजपुरको षडानन्द नगरपालिकाबाट प्रहरीले एक हजार दरका दुई थान नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर षडानन्द नगरपालिका ४ बस्ने ३० वर्षिय धुव्र दुमिहाङ राई र सोही स्थान बस्ने २९ वर्षिय सन्तोष राई रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

उनीहरु एक हजार दरका नक्कली नोट बोकेर गाउँमा रुद्राक्षको दाना खरिद गर्न हिड्दै गरेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट घ १०००४००४६ र घ १०००४००६६ नम्बरको दुई थान नोट बरामद भएको छ ।

दुबैलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खोटा चलन अन्तरगत मुद्दा दर्ता गरी म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

16.12¡ÆC