७ कार्तिक, काठमाडौं ।
चरम विवादित पूर्व अख्तियार प्रमूख लोकमानसिंह कार्कीको बचाउमा लागेको भारतलाई प्रा डा गोविन्द केसीले मायाँ लागे भारत लगे हुने बताएका छन् ।

अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्नेमा काँग्रेस र भारत बचाउमा लागेपछि सर्वत्र बिरोध भइरहँदा कार्कीमाथि महाअभियोगको माग राख्दै आउनुभएका केसीले यस्तो बताउनुभएको हो ।

अख्तियार प्रमुख कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गर्न दबाव दिने उद्देश्यले सोलिडारिटी फर डा.केसी एलाइन्सले शनिवार गरेको सडक प्रदर्शनपछिको सभामा केसीले धारणा राख्नुभएको हो ।

सभालाई संवोधन गर्दै केसीले भन्नुभयो नेपाल कसैको उपनिवेश होइन । भ्रष्टलाई यहाँ राखेर नेपाललाई चाकडी गराउन खोज्छ भने हुन सक्दैन । लोकमानलाई इण्डिया लिएर जाओस् ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै डा। केसीले ढिलै भएपनि एमाले र माओवादीले लोकमानतन्त्रको अन्त्यका लागि महाअभियोग प्रस्ताव दर्ता भएको भन्दै स्वगत गरे ।

अख्तियार प्रमुख लोकमानले संविधानभन्दा माथि बसेर काम गरेको र लोकमान तन्त्र चलाएको भन्दै सामाजिक अभियन्ता केसीले पुष्पकमल दाहाल प्रचण्ड त देखावटी प्रधानमन्त्री मात्र भएको बताउनुभयो ।

महाअभियोगको पक्षमा उभिन आलटाल गरेको भन्दै ड.। केसीले काँग्रेसले लोकमानतन्त्रको प्रार्थना गरिरहेको टिप्पणी गर्नुभयो ।

संसद लोकमानको दरवार नभई जनताको आस्था केन्द्र भएको भन्दै उनले भने, जनताको हकहितका लागि लड्नेहरु मात्र त्यहाँ बस्न सक्छन् । लोकमानका सिपाही बस्नु पाप हुन्छ ।’ उहाँले भन्नुभयो, 'लोकमानको अफिसमा जानुस्, संसदमा आउन जरुरी छैन ।’

16.12¡ÆC