जलबिद्युतको विकासले मात्र देशको आर्थिक समृद्धी : सांसद केसी

कार्तिक ७, २०७३ मा प्रकाशित | 732 views

काठमाडौं, कात्तिक ७  । सांसद तथा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले जलबिद्युतको विकास बिना देशको समृद्धी हुन नसक्ने बताउनुभएको छ । आइतबार नुवाकोटको बट्टारमा आयोजना भएको जलविद्युत विकासमा सहमति एवं जलविद्युत रिपोर्टिङमा क्षमता अभिवृद्धि प्रशिक्षण तथा कार्यशाला दुई दिने गोष्ठिमा बोल्दै नेता केसीले यस्तो बताउनुभएको हो ।

कार्यक्रमको उट्घाटनको क्रममा सांसद केसीले ऊर्जा सुरक्षा मानिसलाई गाँसबासको समस्या जत्तिकै आवश्यक रहने हुँदा उत्पादनमा जोड दिनुपर्ने कुरा बताउनुभयो । नेता केसीले नेपालमा जलविद्युतको प्रचुर संभाव्यता रहेको र यसको उत्पादनमा विशेष जोड निर्माणमा दिएर ऊर्जामा आत्मनिर्भर हुनुपर्ने बताउनुभयो । नेता केसीले नुवाकोट जलबिद्युतको प्रचुर सम्भाबना भएको भएपनि जलबिद्युत निर्माणमा राजनिति हुदाँ जलबिद्युतको विकास हुन नसकेको बताउनुभयो ।

उहाँले जलबिद्युतको विकासले देशको आर्थिक समृद्धी, हुने बताउनुभएको छ । नेपाली काँग्रेस नुवाकोट सभापति समेत रहनु भएका केसीले जलबिद्युतका आयोजनाहरु पर्याप्त रुपमा नहुदाँ उद्योग,कलकारखाना र बिकाशका पुर्बधारको समेत बिकाश हुन नसकेको बताउनुभयो । उहाँले नेपालको लगानीको स्रोत धैरै भएपनि स्थानिय स्तरमा जनचेतनाको कमीका कारण पनि त्यसको बिकाश नभएको दाबी गर्नुभयो । उहाँले जलबिद्युतको बिकाशको लागी आफ्नो दल नेपाली काँग्रेस नुवाकोट सम्पुर्ण सहयोग गर्न तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web