अष्ट्रेलियामा नेपाली आमा छोरीको शंकास्पद निधन

मुकुन्दराज भेटुवाल-मेलबर्न ।
अष्ट्रेलियाको मेलवर्नमा रहेको पास्कोभेल क्षेत्रमा एक नेपाली महिला र उनकी ३ वर्षीया छोरी मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीले शंकास्पद अवस्थामा मृत फेला परेको भनिएकी महिला ३९ बर्षकी रहेको बताएपनि परिचय खुलाएको छैन । घटनाका सम्वन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको जानकारी दिएको छ ।

मेलवर्नको पास्के भेलस्थित अस्कानासी एभिन्यूमा आफ्नो श्रीमान र छोरीसँगै बस्दै आएको उनको परिवार विगत ५ बर्षदेखी यहाँ बस्दै आएको बुझिएको छ ।

प्रहरीले जनाए अनुसार मृत्यु भएकी महिलाको घर नजिकको एक छिमेकीले आइतबार एक पुरुष अत्तालिदै बाहिर दौडिरहेको आफूले देखेको बताएका छन् । उनी मृतक महिलाका श्रीमान हुनसक्ने अनुमान गरिएपनि पुष्टि भएको छैन ।

मोहम्मद असद नाम गरेका ति छिमेकीले ले हेराल्ड सनसित भने, ‘उनी चुपचाप आएर घरभित्र पसे अनि एकछिनपछि चिच्याउँदै बाहिर निस्के ।’ उनले मृतक महिला नेपाली भएको भन्दै उनका श्रीमान् भने भारतीय मुलका भएको आफुले यसअघिका कुराकानीबाट थाहा पाएको बताएका छन् ।

भिक्टोरियाका प्रहरी आयुक्त ग्राहम आस्टोनले यस घटनामा बाहिरी व्यक्ति जोडिएको अहिलेसम्म नपाइएको बताएका छन् ।

निधनमा कसैको संलग्नताबारे यसै भन्न नसकिने बताएको प्रहरीले उनिहरुबिच यसअघि झै झगडा भएको नजिकका छिमेकीहरुले कहिल्यै नदेखेको बताएको जानकारी दिएको छ ।
लामो समयदेखी उक्त क्षेत्रमा बस्दै आएका मृतक नेपाली महिलाका भारतीय मुलका श्रीमान्सँग सामान्य सोधपुछ गरिएको र महिलाले आफुले बालिकाको हत्यापछि आफुले आफ्नो हत्या गरेको प्रहरीको आशंका छ ।

पारिवारिक खटपटका कारण यस्तो अवस्था आएको प्रहरीको आशंका रहेपनि अुनसन्धान जारी रहेकाले तत्काल केही भन्न सकिने अवस्था नरहेको प्रहरीले बताएको छ ।

‘सरकारले निर्वाचन चाहेको भए संशोधन विधेयक फिर्ता लिएर मिति घोषणा गर’

नेपालगञ्ज ।
नेकपा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधान संशोधन विधेयक फिर्ता लिएर तत्काल स्थानीय निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् ।

एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल बाँके शाखाले आज नेपालगञ्जमा गरेको कार्यक्रममा सचिव भट्टराईले सरकारले निर्वाचन गर्न नचाहेको आरोप लगाउँदै संविधान कार्यान्वयनमा सरकार गम्भीर नदेखिएको टिप्पणी गरे ।

स्थानीय निर्वाचनका लागि एमाले मात्रै गम्भीर रहेको दाबी गर्दै उनले एक बर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने बाध्यात्मक अवस्था हुँदाहुँदै पनि सरकार औचित्यहीन संविधान संशोधनको विषयमा अल्झेको आरोप लगाए ।

अब पनि निर्वाचनको मिति घोषणा नभए निर्वाचन नै नहुने खतरा बढ्ने उनको भनाई छ  । सरकार आफैं संविधान असफल बनाउने बाटोमा हिंडेको सचिव भट्टराईको आरोप छ ।

यमबुद्ध त साँच्चै नबोल्ने बुद्ध बनेर कहिल्यै नगाउनेगरि फर्कीएछन्

काठमाडौं ।
खुशी र उत्साह भन्दापनि श्रीमतीसँगै रहन देश छाडेर लण्डन पुगेका लोकप्रिय र्यापर गायक अनिल अधिकारी यमबुद्ध नेपाल फर्कीए ।

मानविय भावना र संवेदनासँगै आभाष र आवेगलाई टपक्कै टिपेर गितमा गाउने यमबुद्ध नेपाल त फर्कीए तर कहिल्यै गित नगाउनेगरि । अर्थात् निधन भएको १५ दिनपछि यमबुद्धको शव नेपाल ल्याइयो ।

शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएका भनिएका यमबुद्धले आत्महत्या गरेको लण्डन प्रहरीले बताएको छ ।

आफ्ना प्रिय गायकको निधनपछि शव नेपाल आउने खवर पाएका सयौं युवा बिमानस्थल उनको शव लिन पुगेका थिए ।

यमबुद्धको शवमा श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो । साँझ पशुपती आर्यघाटमा अन्त्येष्टि गरिएका यमबुद्धप्रति अन्तिम श्रद्दाञ्जली सहित उनको पार्थिव शरिरमा पुष्पगुच्छा चढाउन हजारौंको संख्यामा संगित तथा कलाकर्मीसँगै नेपाली युवायुवतीहरु पुगेका थिए ।

बिमानस्थलमा यमबुद्धको शव देखेपछि उनको आमा मुर्छित हुनुभएको थियो भने उनका आफन्त तथा प्रशंसकहरु भावविह्वल बनेका थिए ।

एनआरएनले लाप्राकमा बनाउन लागेको पुर्ननिर्माणमा नेपाली सेनाको साथ

१५ माघ, काठमाण्डौ ।
अघिल्लो बर्षको बिनासकारी भूकम्पबाट तहसनहस भएको गोरखाको लाप्राकमा एनआरएनको पहलमा निर्माण हुन लागेको ‘लाप्राक नमुना वस्ती’ बनाउन नेपाली सेनाले साथ दिने भएको छ ।

गैरआवासीय नेपाली संघको आह्वानमा नेपाली सेनाले शनिवार नै क्याप्टेनको कमाण्डमा ३९ जना दक्ष जनशक्ति खटाएर बस्ती निर्माणमा सहयोग थालेको हो ।

इन्जिनियर, ओभरसियर र दक्ष निर्माण जनशक्ति समेत रहेको टोली लाप्राक वस्ती निर्माण अवधिभर रहने नेपाली सेनाले जनाएको छ ।

शनिवार लाप्राकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति राजेन्द्र क्षेत्रीले गैरआवासीय नेपाली संघको सहयोगार्थ लाप्राक वस्ती निर्माण अबधिभर सेनाले निर्माण स्वयंसेवक खटाउने जानकारी दिनुभयो ।

घरको डिजाइन र निर्माण लागतका बिषयमा लाप्राकबासीसँग छलफल र परामर्श गर्न आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेल, प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायत लाप्राक पुग्नुभएको थियो ।

लाप्राक नमुना वस्ती पुनःनिर्माणमा नेपाली सेना सवैभन्दा ठूलो संस्थागत साझेदार भएको एनआरएन अध्यक्ष घलले बताएका छन् ।

घरको निर्माण लागत झण्डै १२ लाख रुपैयाँ पर्ने र ठूलो रकम निर्माण सामाग्री ढुवानीमा जाने घलेको भनाई छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सीइओ गोविन्द पोखरेलले भूकम्पपछिको पुनःनिर्माणमा गैरआवासीय नेपाली संघको मेहनतको प्रसंसा गर्दै लाप्राबासीलाई पूर्ण सहयोग गर्न आग्रह गर्नुभयो ।

‘नेपाल सरकारले अरु भूकम्पपिडीतलाई ३ लाख रुपैयाँभन्दा दिन सकेको छैन, एनआरएनएले तपाइहरुलाई १२ लाख रुपैयाँ पर्ने घर बनाइदिँदै छ’ पोखरेलले भन्नुभयो ‘तपाइहरुले पनि एनआरएनलाई उदाहरणीय सहयोग गर्नुपर्छ ।’

सो अबसरमा गैरआवासीय नेपाली संघले लाप्राक नमुना वस्ती गुरुयोजनाबारे विस्तृत जानकारी गराउँदै स्थानीयवासीलाई घरको डिजाइन र लागतबारे जानकारी दिएको थियो । जसमा स्थानीयबासीले झण्डै १२ लाख रुपैयाँ लागत पर्ने दुई तले घर प्राप्त गर्ने भएका छन् । दुई तले घर भूकम्प प्रतिरोधी र स्थानीय परम्परा झल्किने खालका हुने बताइएको छ ।

वस्तीमा खानेपानीको दीगो ब्यबस्थापनका लागि केयर नेपाल नामक गैरसरकारी संस्थासँग सहकार्य गर्न लागिएको संघले जनाएको छ ।

झण्डै एक महिनादेखि निर्माण कार्य सुरु गरेको संघले घरको जग हाल्ने काम थालेको छ भने स्थानीयस्तरमै इटा उत्पादन पनि सुरु भइसकेको छ ।

जागे तराईका सच्चा भूमिपुत्रहरु । लाहानमा जन्मियो रैथाने एकता परिषद

काठमाडौं ।
पैसाले किनेको नेपाली नागरिकता र सम्वन्ध गाँसेर भर्खरै अंगिकृत नेपाली नागरिकता बोकेका पूर्व भारतीयहरुले वंशजका आधारमा नेपालमा बस्दै आएका नेपालीहरु सरह अघिकार माग्दै भारतीय दबावमा कानुन फेर्न लागेपछि तराईका सच्चा भूमिपुत्रहरु जागेका छन् ।

अंगिकृत नागरिकहरुले पुस्तौंदेखि बसोबास गर्दै आएका नेपालीको अधिकार खोसेको भन्दै सिराहाको लाहानमा ‘रैथाने एकता परिषद’ गठन भएको छ ।

सिराहाको मिर्चैयाबाट मोटरसाइकल र्याली सुरु गरेर लाहान पुगी परिषद घोषणा गरिएको हो ।

रयालीपछि लाहानमा कोण सभा गर्दै परिषदका संयोजक सन्तोष बराइलीले परिषद गठन गरिएको बताए । परिषदका अन्य पदाधिकारी र सदस्यको नाम पछि सार्वजनिक गरिने भएको छ ।

‘हिमाल, पहाड, तराई नेपालको अविच्छिन्न भूभाग हुन् र यहाँ पुर्खौंदेखि बसोबास गर्दैआएका सबै नेपाली हुन् भन्ने भावना विकास गर्न, मधेसी, थारु, दलित, मुश्लिम, पहाडि सबै जात, धर्म, सम्प्रदाय र क्षेत्रका बासिन्दाबीच सद्भाव कायम गर्न र विकास गर्न, जात, भाषा, धर्म, रंग, क्षेत्रका बासिन्दाबीच बढाउन खोजिएको कटुता अन्त्य गर्न र एकता विकास गर्न, पुस्तौदेखि नेपाली जमिनमा हुर्किएका, यहाँको हावा, पानी, जमिनबाट सिञ्चित रैथानेहरुलाई एकिकृत बनाउन, सबै जात—जाति, भाषा—भाषी, धर्म, क्षेत्रका रैथाने नेपालीलाई अधिकार दिलाउन, सबै खाले रैथाने नेपालीको भाषा, धर्म, संस्कृतिको संरक्षण गर्न र विकास गर्न’ परिषद गठन गर्नुको कारण बताउँदै बराइलीले जारी गरेको बिज्ञप्तीमा भनिएको छ, ‘यो राजनीतिक पार्टी होइन, यसमा जुनसुकै राजनीतिक दलमा रहेका, नरहेका सबै नेपाली अटाउन सक्छन्, यसले रैथाने नेपालीलाई संगठित गर्छ, आफ्ना हक अधिकारबारे उनीहरुलाई जानकार बनाएर सचेत बनाउँछ, राजनीतिक दल, सरकार, गैरसरकारी संस्था र सबै खाले निकायहरुलाई रैथाने नेपालीको पक्षमा कानुन बनाउन, तिनको कार्यान्वयन गर्न दबाब दिन्छ, यसले रैथाने नेपालीहरुलाई संगठित गर्न, केन्द्र, प्रदेश, जिल्ला, नगर, गाउँ तहसम्मको संगठन बनाउँछ, रैथाने एकता परिषद अहिले प्रस्तावित छ, छिटै यो नेपालको संविधान, कानुन बमोजिम आवश्यक निकायमा दर्ता भई वैधानिक ढंगले अघि बढ्छ र शान्तिपूर्ण, लोकतान्त्रिक र मर्यादित ढंगले आफ्ना गतिविधी अघि बढाउँछ ।’

सिराहा, सप्तरी र धनुषाका युवाहरु र्यालीमा स्वास्फुर्त सहभागी भएका थिए । रैथाने नेपालीहरुनै जागेर अंगिकृत नागरिकहरु बिरुद्ध उत्रिएपछि कथित अंगिकृतको नाममा भारतीय आशिर्वादमा तराईका जिल्लामा राजनीति गर्दै आएका मधेशी दल भनिनहरु झस्किएका छन् ।

मोर्चालाई अंगिकृत नागरिकहरुलाई प्रोत्साहन गरेको र उनीहरुलाई राजनीतिको केन्द्रमा पुरयाएको आम आरोप छ । परिषदले अंगिकृतको साटो रैथानेहरुलाई राजनीति सहित समाजका सबै क्षेत्रमा अघि बढाउनु पर्ने बताएको छ ।

तराईका भूमिपुत्रहरु जागेर पार्टी गठन गर्न लागेपछि तराईका जिल्लाहरुमा यसप्रति जनताको सकारात्मक प्रतिक्रिया आउन थालेको छ ।

जापानबाट भोली नेपाल फर्कन लागेका युवाले गरे आत्महत्या

गोकर्ण अधिकारी-टोकियो ।
कुक भिषामा जापान आएका एक युवाले भोली घर फर्कन प्लेनको टिकट समेत काटिसकेको अवस्थामा आज आत्महत्या गरेका छन् ।

करिव १३ महिना अघि जापान आएका ३३ बर्षिय संजय खत्रीले झुण्डिएर आत्महत्या गरेका हुन् । प्राप्त जानकारी अनुसार १० लाख बढी रुपैयाँ तिरेर मासिक डेढलाख बढी तलब पाइने लोभमा जापान आएका नवलपरासी अमरपाुरी ८ का खत्री केही समयदेखी मानसिक तनावमा थिए ।

मासिक मुस्किलले १ लाख तलब पाउँदै आएको बताइएका खत्रीले केही दिनदेखी नै जापान आएको ऋण समेत तिर्न नसकेको अवस्थामा के नेपाल फर्कनु भन्दै मर्छु भन्ने गरेको उनका नजिककाहरुले बताएका छन् ।

जापानको खानागावा केनको योकोहामा बस्दै आएका खत्रीले खानागावाको योकहामास्थित खानाजावा हाक्केई स्टेशन नजिकको कोठामा आत्महत्या गरेका हुन् ।

श्रीमती र ३ बर्षिय छोरा रहेका खत्रीको निधनपछि उनको परिवारमा पिडासँगै उनलाई जापान पठाएको ऋण र उनको शदगद सहित शव नेपाल फर्काउने थप समस्यामा परेको छ ।

पछिल्लो समय जापानमा विभिन्न मानसिक तनावका कारण आत्महत्याका घटना बढिरहँदा यसको न्युनिकरण र समाधानको लागि प्रयत्न भइरहेपनि प्रभावकारी हुन नसक्दा यस्ता घटना न्यूनिकरण हुन सकेको छैन ।

दुखद खवर, टोकियोमा नेपाली विद्यार्थीद्धारा आत्महत्या

कुक भिषामा आएका एकको जापानमा सडकबास, १२ लाख तिरेर आएका अरुको सहयोगमा नेपाल फर्कंदै

जापानमा मृत्यु र आत्महत्या बढेपछि समस्या र समाधान बुझ्न डा. ज्ञवालीको नेतृत्वमा समिति गठन

दाहाल सरकार लम्पसार, भारतले सिमा मिचेर पक्की सडक बनाउँदा समेत किन मौन

महोत्तरी ।
भारतकै आशिर्वाद र ईशारामा प्रधानमन्त्री बनेको आरोप खेप्दै आएको पुष्पकमल दाहाल नेतृत्वको सरकार देशको सिमा मिचिंदा समेत मौन बस्न थालेको छ ।

एकमात्र अन्र्तराष्टिय बिमानस्थलमा भारतीय सेनानै छिर्नदिने गोप्य अनुमति दिएको रहस्य खुलेकै समयमा भारतले महोत्तरी जिल्लाको मटिहानी गाविससँग जोडिएको सिमामा भारतले सिमा मिचेरै पक्की सडक बनाएको छ ।

सिमाको भारतीय सहर मधवापुरमा दसजगामै पक्की सडक र नाला निर्माण भएपनि यसबारे सबै जानकारी पाएर पनि पुष्पकमल दाहाल सरकार बेखवर जस्तै बस्न थालेको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार भारतीय पक्षले मटिहानी गाविस–८ स्थित दसगजा क्षेत्रमा ७ दशमलव ३१ मिटर दसगजा मिचेर पक्की सडक र नाला निर्माण गरेको छ ।

सीमाक्षेत्रको दसगजाभन्दा दुवैतिर ३० मिटरसम्म कुनै पनि प्रकारको भौतिक संरचना निर्माण गर्न नपाउने अन्तर्राष्ट्रिय मान्यता र सम्झौता छ । तर भारतले भने नेपाली भूमिनै मिचेर पक्की सडक बनाउँदा समेत सरकारले यसलाई रोक्ने कुनै पहल गरेको छैन ।

प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले भारतले दसगजा मिचेर भौतिक संरचना निर्माण गर्न लागेको सम्बन्धी गत पुस २३ गते नै जानकारी पाएपछि सशस्त्र बेस क्याम्प मटिहानीले सो संरचनाको विरोध गरी काममा अवरोध खडा गर्दै रोक लगाएपनि भारतले अटेर गरेर निर्माण गरिररहेको जानकारी दिए ।

सशस्त्र प्रहरी उपरीक्षक प्रकाश श्रेष्ठले भारतले यसरी दसगजामा बनाएको पक्की सडक र नालाको महोत्तरीका प्रजिअ यादवसहितको सुरक्षा निकायले स्थलगत निरीक्षण गरेको र यसबारमा भारत मधुवनी जिल्लाका डिएम र सशस्त्रका कमाण्डरसँग समन्वय गरी निर्माण गरिएको संरचना भत्काएर मिचिएको दसगजा क्षेत्रलाई खाली गराउन भनिएपनि बेवास्ता हुँदै आएको छ ।

यसबारेमा सरकारलाई जानकारी गराइसकिएपनि कुनै पहल नभएको जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले गरेको छ । यसलाई रोक्न व्यापक जागरण र जनताले नै दबाव नदिए सिमा मिचिएर देशमाथिकै सुरक्षामा प्रश्न उठ्न थालेको उनिहरु बताउँछन् ।

ऐन अड्काएर चुनावको तयारी अघि बढाउन निर्वाचन आयोगलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं ।
निर्वाचनको लागि आवश्यक ऐन संसदमा अड्काएर प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन तयारी थाल्न प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई निर्देशन दिएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा स्थानीय तह निर्वाचनको मिति घोषणाको तयारीबारे छलफल भएको थियो ।

छलफलमा निर्वाचनको लागि तयार रहन भनेपनि प्रमुख आयुक्त यादवले चुनावसम्वन्धी विधेयकहरु नभएको बताएपछि प्रधानमन्त्री मौन बनेका थिए ।

आयुक्त यादवले विधेयकहरु पाउनासाथ आयोगले आफ्नो कामलाई त्रीव्र पार्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले वैशाख अन्तिमसम्म चुनाव गर्ने तयारी भइरहेको भन्दै निर्वाचन भएरै छाड्ने बताए । तर संसदमा विवादास्पद संविधान संशोधन विधेयक पेश गरेर संसद अवरुद्ध पार्दै आएका प्रधानमन्त्रीले निर्वाचन विधेयक अघि बढाउने बारे भने केही बोलेनन् ।

जापानमा बन्यो ‘छैनौ तिमी मेरो बसमा जे मन लाग्छ गरे हुन्छ’को भिडियो

टोकियो ।
गायक योगेश काजीको स्वरमा रहेको छैनौ तिमी मेरो बसमा जे मन लाग्छ गरे हुन्छ बोलको गित जापानमा छायाँकन गरिएको छ ।

अनुशाहको गित तथा राजिव शाहको कम्पोजमा रहेको गितको भिडियो जापानमा म्युजिक भिडियो निर्माण तथा विभिन्न भिडियोहरुको छायाँकन गर्दै आएका रोशन केसीको निर्देशनमा बनेको हो ।

गितको एरेन्ज र मिम्सिगं राजिव शाह आफैंले गरेका छने भने भिडियोमा जापानमा विभिन्न म्युजिक भिडियोमा काम गरिसक्नुभएकी रमिला श्रेष्ठसँगै राज पोखरेल र चिरन तिवारीको अभिनय रहेको छ ।

छिट्टै युट्युवबाट सार्वजनिक गर्न लागिएको म्युजिक भिडियोको प्राविधिक काम भइरहेको रोशन कार्कीले जानकारी दिनुभयो ।

नुनको मूल्य बढाउन प्रस्ताव, तत्काल नबढ्ने

काठमाडौं ।
दैनिक प्रयोगहुने नुनको एकाधिकार विक्रि गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले नुनको मूल्य बढाउने प्रस्ताव गरेको छ ।

सरकारसँग नुनको मूल्य बढाएर २५ रुपैयाँ वा कम्तिमा ३५ करोड रुपैयाँ अनुदान दिन उसले शर्त राखेको जानकारी दिएको छ ।

नून आयात लागतभन्दा मूल्य निकै सस्तो भएकोले नुनको मूल्य बढाउन लागिएको बताइइएको छ ।

कम्तिमा ७ रुपैयाँ बढाउनुपर्ने माग आपूर्ति मन्त्रालय समक्ष गरेको साल्ट ट्रेडिङले प्रस्ताव गरेअनुसार स्विकृत पाए अब नुनको मूल्य २५ रुपैयाँ हुनेछ ।

आयोडिनयुक्त नुनको मूल्य बढाउन साल्ट ट्रेडिङले प्रस्ताव ल्याएकाले त्यसबारे अध्ययन भइरहेको आपूर्ति मन्त्रालयले जनाएको छ ।

साल्ट ट्रेडिङले नुनमा प्रतिकेजी ५ रुपैयाँ घाटा भइरहेको बताएको छ । नुनको मूल्य बढाउन मुख्य सचिवको अध्यक्षतामा रहेको केन्द्रीय अनुगमन समितिले निर्णय गर्नुपर्छ । साल्ट ट्रेडिङलाई नुनकै कारण करोडौंको घाटा भइरहेकाले मूल्यवृद्धिको बाध्यता सिर्जना भएको आपुर्ति मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

साल्ट ट्रेडिङका अनुसार अहिले ढिके नुनमा पनि उसलाई किलोको ३ रुपैयाँ घाटा छ । डिलरहरुले साल्ट ट्रेडिङसँग किलोको २ रुपैयाँ कमिसन लिने गरेका छन् । अब यसलाई बढाउन दबाव आइरहेको र ५० पैसा बढाउने गरी नयाँ मूल्य प्रस्ताव गरिएको हो ।

साल्ट ट्रेडिङले प्रस्ताव गरेअनुसार मूल्य बढेमा उसलाई किलोको १.५० रुपैयाँ नाफा हुनेछ । यसअघि नुनको मूल्य १५ रुपैयाँबाट १८ रुपैयाँ बनाइएको थियो ।

अहिले नेपालमा वाषिर्क १ लाख ६० हजार मेट्रिक टन नुनको खपत हुन्छ । यसमा आयोडिनयुक्त नुनको हिस्सा ६० प्रतिशत छ भने ढिके नुनको प्रयोग ४० प्रतिशत हाराहारीमा छ ।

खेल्दाखेल्दै खेलाडीको आँखा बाहिर निस्केपछि

एजेन्सी ।
एक बास्केटबल खेलाडीको खेल खेल्दा खेल्दै आँखानै बाहिर निस्किएको छ ।

समाचार अनुसार न्यूजिल्याण्डमा बास्केटबल खेलाडी अकिले मिचेलको आँखा खेलको क्रममा बाहिर निस्किएको छ ।

अकल्याण्डमा चलिरहेको एक खेलको क्रममा खेल खेल्दा खेल्दै आँखा बाहिर निस्किन भएपछि खेलाडी पिडा सहन नसकेर ढलेको बताइन्छ ।

मिचेल अष्ट्रेलियन नेशनल बास्केटबल लीगमा न्यूजिल्याण्डमा ब्रेकर्सको तर्फबाट खेलिरहेका थिए ।

समाचार अनुसार खेल्दा खेल्दै आफैं नभएर प्रतिपक्षि समूहका एक खेलाडीको औंला गल्तीपूर्वक मिचेलको बायाँ आँखामा लाग्न गएछ ।

औंला आँखा भित्रै छिर्न पुग्दा आँखा भने बाहिर निस्किन पुग्यो र उनि पिडाले भुईमा लडे ।

अस्पताल भर्ना भएपनि उपचार पछि मिचेर घर फर्कीसकेका छन् । बिहिबार अस्पतालमा घर फर्किएपछि मिचेलले ट्वीटरमा आफू अहिले ठिक भएको र उक्त आँखाले देखिरहेको जानकारी दिएका छन् ।

अमेरिका जापान बिबाद बढ्दो, ट्रम्पसँग कुरागर्न जापानी प्रधानमन्त्री जाँदै

टोकियो ।
ट्रान्स प्यासिफिक पार्टनरशिपबाट पछि हट्ने, जापानी उत्पादनमाथि लगाउन खोजिएको अतिरिक्त कर आदिका कारण अमेरिका र जापानबिचको सम्वन्ध चिसिन थालेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिपीपी छाड्ने घोषणा गरेको केही दिनमै जापान सरकारले पनि त्यसको प्रतिवाद स्वरुप आफुहरु पनि बैकल्पिक व्यवस्थाको पक्षमा रहेको जनाएको छ ।

प्रधानमन्त्री सिन्जो आवले जापानपनि उक्त व्यापारसम्झौताबाट पछि हट्ने संकेत गरेका छन् । तर त्यसकालागि अमेरिकासँग द्वीपक्षीय व्यापार संझौता आवश्यक हुने उनको भनाई छ ।

यो विषयमा आबेले मन्त्री परिषद्का बरिष्ठ सदस्यहरुसँग बिहीबार छलफल गरेका छन् ।

आबेले भने आफुहरु टिपीपीका बारेमा अमेरिकासँगको दृष्टिकोण जारी राख्दै अन्य विकल्पहरुको खोजीमा लागेको जानकारी गराएका छन् ।

जापानी प्रधानमन्त्री सिन्जो आबेले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग फेब्रुवरी १० तारिखमा वासिंटनमा भेटवार्त गर्दैछन् ।

जापानी तथा अमेरिकी कार्यकारी प्रमुखहरुका बीच भेटवार्ता हुनेबारे दुवै देशका उच्च अधिकारीहरुले बताएका हुन् ।

सिएनएनका अनुसार आबेले टिपीपी सम्झौताबाट बाहिरिने ट्रम्पको घोषणालाई पुनःविचार गर्न आग्रह गर्ने तयारी गरेका छन् ।

दुई दिन अघि मात्र अमेरिका उक्त सम्झौताबाट बाहिरिने घोषणा भएको थियो । उक्त सम्झौतामा १२ देश सामेल छन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web