नुनको मूल्य बढाउन प्रस्ताव, तत्काल नबढ्ने

माघ १५, २०७३ मा प्रकाशित | 802 views

काठमाडौं ।
दैनिक प्रयोगहुने नुनको एकाधिकार विक्रि गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले नुनको मूल्य बढाउने प्रस्ताव गरेको छ ।

सरकारसँग नुनको मूल्य बढाएर २५ रुपैयाँ वा कम्तिमा ३५ करोड रुपैयाँ अनुदान दिन उसले शर्त राखेको जानकारी दिएको छ ।

नून आयात लागतभन्दा मूल्य निकै सस्तो भएकोले नुनको मूल्य बढाउन लागिएको बताइइएको छ ।

कम्तिमा ७ रुपैयाँ बढाउनुपर्ने माग आपूर्ति मन्त्रालय समक्ष गरेको साल्ट ट्रेडिङले प्रस्ताव गरेअनुसार स्विकृत पाए अब नुनको मूल्य २५ रुपैयाँ हुनेछ ।

आयोडिनयुक्त नुनको मूल्य बढाउन साल्ट ट्रेडिङले प्रस्ताव ल्याएकाले त्यसबारे अध्ययन भइरहेको आपूर्ति मन्त्रालयले जनाएको छ ।

साल्ट ट्रेडिङले नुनमा प्रतिकेजी ५ रुपैयाँ घाटा भइरहेको बताएको छ । नुनको मूल्य बढाउन मुख्य सचिवको अध्यक्षतामा रहेको केन्द्रीय अनुगमन समितिले निर्णय गर्नुपर्छ । साल्ट ट्रेडिङलाई नुनकै कारण करोडौंको घाटा भइरहेकाले मूल्यवृद्धिको बाध्यता सिर्जना भएको आपुर्ति मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

साल्ट ट्रेडिङका अनुसार अहिले ढिके नुनमा पनि उसलाई किलोको ३ रुपैयाँ घाटा छ । डिलरहरुले साल्ट ट्रेडिङसँग किलोको २ रुपैयाँ कमिसन लिने गरेका छन् । अब यसलाई बढाउन दबाव आइरहेको र ५० पैसा बढाउने गरी नयाँ मूल्य प्रस्ताव गरिएको हो ।

साल्ट ट्रेडिङले प्रस्ताव गरेअनुसार मूल्य बढेमा उसलाई किलोको १.५० रुपैयाँ नाफा हुनेछ । यसअघि नुनको मूल्य १५ रुपैयाँबाट १८ रुपैयाँ बनाइएको थियो ।

अहिले नेपालमा वाषिर्क १ लाख ६० हजार मेट्रिक टन नुनको खपत हुन्छ । यसमा आयोडिनयुक्त नुनको हिस्सा ६० प्रतिशत छ भने ढिके नुनको प्रयोग ४० प्रतिशत हाराहारीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web