टोकियो ।
ट्रान्स प्यासिफिक पार्टनरशिपबाट पछि हट्ने, जापानी उत्पादनमाथि लगाउन खोजिएको अतिरिक्त कर आदिका कारण अमेरिका र जापानबिचको सम्वन्ध चिसिन थालेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिपीपी छाड्ने घोषणा गरेको केही दिनमै जापान सरकारले पनि त्यसको प्रतिवाद स्वरुप आफुहरु पनि बैकल्पिक व्यवस्थाको पक्षमा रहेको जनाएको छ ।

प्रधानमन्त्री सिन्जो आवले जापानपनि उक्त व्यापारसम्झौताबाट पछि हट्ने संकेत गरेका छन् । तर त्यसकालागि अमेरिकासँग द्वीपक्षीय व्यापार संझौता आवश्यक हुने उनको भनाई छ ।

यो विषयमा आबेले मन्त्री परिषद्का बरिष्ठ सदस्यहरुसँग बिहीबार छलफल गरेका छन् ।

आबेले भने आफुहरु टिपीपीका बारेमा अमेरिकासँगको दृष्टिकोण जारी राख्दै अन्य विकल्पहरुको खोजीमा लागेको जानकारी गराएका छन् ।

जापानी प्रधानमन्त्री सिन्जो आबेले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग फेब्रुवरी १० तारिखमा वासिंटनमा भेटवार्त गर्दैछन् ।

जापानी तथा अमेरिकी कार्यकारी प्रमुखहरुका बीच भेटवार्ता हुनेबारे दुवै देशका उच्च अधिकारीहरुले बताएका हुन् ।

सिएनएनका अनुसार आबेले टिपीपी सम्झौताबाट बाहिरिने ट्रम्पको घोषणालाई पुनःविचार गर्न आग्रह गर्ने तयारी गरेका छन् ।

दुई दिन अघि मात्र अमेरिका उक्त सम्झौताबाट बाहिरिने घोषणा भएको थियो । उक्त सम्झौतामा १२ देश सामेल छन् ।

19.12¡ÆC