जापानी नम्पनीमा बिदेशी कामदार १० लाख नाघे

जापान ।
जापानमा श्रम स्विकृति लिएर जापानी कम्पनिमा काम गर्ने बिदेशी कामदारको संख्या १० लाख नाघेको छ ।

जापानको श्रम मंत्रालयले गरेको एक सर्वेक्षणले २०१६ मा जापानी कम्पनीमा कार्यरत विदेशी कामदारको संख्या दश लाख नाघेको देखाएको हो ।

मन्त्रालयले विदेशी कामदारको संख्या पत्ता लगाउने उदेश्यले जापानभर संचालनमा रहेका कम्पनीहरुबाट जानकारी संकलन गरेको बताएको छ ।

मन्त्रालयले २०१६ को अक्टोम्बरमा जापानी कम्पनिमा कार्यरत विदेशी कामरदारको संख्या करिब १० लाख ८० हजारको बराबरीमा रहेको तथ्याङ्क निकालेको छ ।

यो तथ्यांक गत बर्षको तुलनामा १९.४ प्रतिशतले बढी हो । रोचक कुरा के भने जापानमा कार्यरत विदेशी कामदारको कुल संख्याको ३० प्रतिशत अर्थात ३ लाख ४४ हजार ६ सय ५८ जना चीनीयाँ कामदार रहेका छन् ।

त्यस बाहेक जापानमा १ लाख ७२ हजार १८  भियतनामी तथा १ लाख २७ हजार ५ सय १८ जना फिलिपिनी छन् ।

पछिल्लो समय जापानमा कामदारको माग उच्च भएको समयमा जापानी कम्पनिमा कार्यरत बिदेशी नागरिकहरुको संख्या सार्वजनिक भएको हो ।

शाहरुख र ऋतिकको रईस र काबिल अनलाइनमै छ्यापछ्याप्ती

काठमाडौं ।
बलिउडमा सर्वाधिक रुचाइएका सुपरस्टार ऋतिक रोसन र शाहरुख खानको चलचित्र काबिल र रईसले बक्स अफिसमा एकसाथ राम्रो व्यापार गरिरहेका छन् ।

सँगै प्रदर्शन सहित प्रतिस्पर्धा झेलिरहेको यि चलचित्रहरु दर्जनौं अनलाइनहरुमा लिक भएपछि यसको अन्र्तराष्टियसँगै भारतमा समेत व्यापारमा केही असर पर्न गएको छ ।

एक दृष्टिविहीन जोडीको कथामा आधारित ऋतिकको काबिलसँग गुजरातमा हुने ठूला रक्सी व्यापारको राजनीतिक सम्वन्ध र अपराधको रईस दुवै अनलाइनहरुमा पाइन्छ ।

चलचित्र ‘काबिल’मा ऋतिकसँगै यामी गौतम मूख्य पात्रमा छिन् भने शाहरुखको ‘रईस’ मा पाकिस्तानी कलाकार माहिरा खान देखिएकी छन् जसमा नवाजउद्दीन सिद्दिकीको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

गुगलमा चलचित्रको नाम र अनलाईन फ्रि मुभि भनेर खोज्दा विभिन्न अनलाइनमा भेटिने चलचित्र दर्जनौंपटक कपिराइट भएर हटाइएपनि केही घण्टामै पुन अन्य अनलाईनहरुमा राखेको पाइन्छ ।

बेलकोटगढी न.पा. पुर्नस्थापनाा नभए सबैभन्दा पीडित रातमाटे

भगवती लामा-१५, माघ, नुवाकोट ।

प्रस्तावित बेलकोटगढी नगरपालिकाको परिवर्तनले सबैभन्दा बढी समस्या र मारमा रातमाटे गाविसका बासिन्दाहरु परेका छन् ।
सुन्दर नगरपालिकाको परिकल्पना सहित प्रस्ताव गरिएको बेलकोटगढी नगरपालिकाको केन्द्र बाघाखोरलाई तोकिएकोमा अहिले रातमाटे, दुईपिपल र कुमरीलाई समावेश गरी कोल्पु नामक नयाँ स्थानीयतह जन्माएर कुमरीमा केन्द्र प्रस्ताव गरिएको छ ।

दुईपिपल भन्दा पनि तल पर्ने रातमाटे गाविससको बासिन्दाहरुको लागी नगरपालिका बन्नको लागी पूर्वाधार तथा भौतिक संरचना लगायतका विकासले सम्पनन भएपनि अहिले परिवर्तन गरी गाँउपालिका बनाउदै निकै पर रहेको कुमरीमा केन्द्र चयन भएकाले त्यही अनुसार कार्यान्वयन भएमा सम्भावना रहेको रातमाटेको विकासमा निकै ठूलो धक्का पुग्नेदेखिएको छ ।

रातमाटे भन्दापनि विकासमा पछि रहेका गाविसहरु समेतलाई विदुर नगरपालिकामा समावेश भएको अबस्थमा सुन्दर फाँट, विशेष औद्योगिक क्षेत्रको रुपमा प्रस्तावित स्थान, कर संंकलनको लागी नदीजन्य सामग्रि, इट्टाभट्टा लगायतबाट प्रयाप्त श्रोत भएको रातमाटेको विकासको लागी कोल्पु गाँउपालिका ठूलो बाधक बन्ने देखिएको छ ।

नगरपालिका भित्र रहेको भन्दा भौतिक रुपमा श्रोत र साधनले प्रयाप्त रहेका रातमाटेमा अहिले नै रहेका वित्तिय सस्थाहरु, उच्च तथा स्नातकतहसम्म अध्यापन हदै आएका शैक्षिक सस्थाहरु पनि कोल्पु गाँउपालिका कायम हुदै कुमरीमा केन्द्र स्थापनाले आगामी दिनमा धाराशायी हुने देखिएको छ ।

नगरपालिका भएमा विकासको लागी बजेटमा दोब्बर भन्दा बढी आउने केन्द्रपनि बाघाखोर कुमरी भन्दा दुरीको रुपमा निकै छोटो हुने भएकाले रातमाटेवासीलाई बेलकोटगढी नगरपालिकाको कार्यान्वयनको विकासको लागी नयाँ बरदान सावित हुने भएकाले बेलकोटगढी नगरपालिका बचाउ सङ्घर्ष समितिको आन्दोलन नयाँ अध्याय र कोसेढुङ्गा हुने देखिएको छ ।

राज्य पुर्नसंरचना जिल्लाबाट पेश भएको कार्यान्वयन हुने

१५, माघ, नुवाकोट ।

शहरी विकास मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राज्य पुर्नसंरचनामा स्थानीय निकायको प्रतिवेदन जिल्लाबाट पेश भएकोलाई नै कार्यान्वयन गराउने प्रतिबद्धता जनाउनुभएको छ ।

जिल्लाबाट पेश भएको प्रतिवेदन कार्यान्वयनको माग राख्दै ब्यापक प्रहरी दमनकाबीच जारी रहेको बन्दले नुवाकोट महोत्वसको उद्घाटन गर्न हेलिकोप्टर मार्फत आउनुभएका शहरी विकास मन्त्री केसीले व्यक्तिगत स्वार्थ र पहुँचको आधारमा जनताको माग तथा भावनालाई लत्याउन कुनैपनि तानाशाहाले नसक्ने भएकाले जारी रहेको आन्दोलनलाई घुमाउरो शैलीमा समर्थन जनाउनुभएको छ ।

जिल्लाबाट प्रस्ताव गरेको प्रतिवेदन केन्द्रले उल्टाउनेलाई नग्याउदै जिल्लाबाट प्रस्ताव गरेको प्रतिवेदन कार्यान्वयनको लागी आफू सक्रिय रहेकाले केही दिनमा जनताको मागको सम्बोधन हुने उहाँले बताउनुभएको छ ।

मन्त्री केसीले जिल्लाको प्रतिवेदनलाई केन्द्रले उल्टाएपछि विभिन्न स्थानमा डेलिगेशन समेत गएको र मन्त्रीपरिषद्मा समेत गम्भीर रुपमा असहमति जनाएकाले आफू अन्तिम समयसम्म पनि जिल्लाबाट जस्तो प्रतिवेदन पेश भएको हो त्यो नै कार्यान्वयनको लागी लडिरहने बताउनुभएको छ ।

शहरी विकास मन्त्री केसीले जिल्लाबाट प्रस्ताव गरेको प्रतिवेदन जस्ताको तस्तै कार्यान्वयन हुनुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका बासिन्दाहरुमाथि नुवाकोट प्रहरीले गरेको दमन निन्दनीय रहको बताउदै त्यसको बारेमा मन्त्रिपरिषद्मा समेत गम्भीर रुपमा उठाएको बताउनुभएको छ ।

उहाँले बुधबार ढिकुरेमा रामशरण महतलाई सुरक्षा दिने बाहनामा बालबालिकाहरु माथि समेत भएको दमनको विषयमा हिजो बसेको मन्त्री परिषद्को बैठकमका गृह मन्त्री र प्रधानमन्त्री समक्ष जवाफ माग गर्दा गोली चलाउने आदेशन नभएको पाएको भन्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारीले किन त्यस्तो गरेको भन्दै जवाफ माग्नु भएको छ ।

उहाँले जिल्लाबाट नै पेश गरेको प्रस्तावलाई मन्त्री परिषद् मार्फत कार्यान्वयन गराउन पहल भइरहेको र अबको केही दिन भित्रमा शुभ सन्देश दिन सक्षम हुने आश्वासन दिनुभएको छ । यस्तै, नुवाकोट महोत्सवको सम्बोधन गर्दै सांसद् तथा काँग्रेस नुवाकोट सभापति जगदिश्वरनरसिंह केसीले लामो समयको सङ्घर्ष र मिहनेत गरी पठाएको राज्य पुनंसंरचनाको प्रतिवेदन जिल्लाबाट जस्तो पठाएको हो त्यस्तै कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ ।

जिल्लाका नागरिकहरुसंग संकलन गरिएको सुझाव, सरोकारवाला र राजनीतिक दलहरुबीचको अधिकतम सहमति मार्फत पेश गरेको प्रतिवेदन परिवर्तन भएकोमा आपत्ति जनाउदै काँग्रेस सभापति केसीले जिल्लाबाट पठाएकै प्रतिवेदन कार्यान्वन हुनुपर्ने माग गर्नुभएको छ ।

यसैबीच, सरकारले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन परिमार्जन गर्ने वा नगर्ने भन्ने बारेमा राजनीतिक दलहरुसँग छलफल गरी अन्तिम निर्णय गर्ने जनाएको छ । हिजो बसेको मन्त्रिपरिषदको बैठकले आयोगको प्रतिवेदनमाथि विभिन्न ठाउँमा विवाद भएको भन्दै प्रतिवेदन परिमार्जन गर्ने वा कार्यान्वयन गर्ने भन्ने बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलहरुसँग छलफल गर्ने निर्णय गरेको हो ।

दलहरुसँगको छलफलपछि मात्र आयोगको प्रतिवेदन के गर्ने भन्ने बारेमा टुंगोमा पुग्ने सरकारले जनाएको छ । सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्न दलहरुसँग छलफल गर्ने निर्णय गरेपछि स्थानीय तहको चुनाव समेत अन्यौलमा परेको छ ।

सोनाम ल्होसार पर्व मनाइदै

१५, माघ, काठमाडौ । आज माघ शुक्ल प्रतिपदा तामाङ समुदायको महान पर्व सोनाम ल्होसार विभिन्न कार्यक्रम गरी मुलुकभर मनाउन लागिएको छ । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८ सय ५३ औ ज्यालो तथा बाँदर वर्ष पूरा गरी चरा वर्ष अर्थात प्रवेश हुन लागेको अवशरमा तामाङ समुदायमा नयाँ वर्ष उल्लास र एक आसपसमा खुसीयाली साटेर मनाउन लागेको हो । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउने गरिएको छ ।

एक वर्षमा एक बर्ग वर्ष अन्तरगत बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुङ्गुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको तामाङ समुदायका अगुवा तथा नेपाल अहिंसावादी बौद्धधर्म विश्व शान्ति चक्रसंघका नुवाकोट अध्यक्ष धनबहादुर तामाङले जानकारी दिनुभएको छ । यसवर्ष बौद्ध स्तुपको चार ढोका खुल्ने अवसर परेकाले पनि तामाङ समुदायले सोनाम ल्होसार विशेष रुपमा मनाउन लागेका छन् ।

स्तुप निर्माणको काम चरा वर्षका दिन सुरु भई १२ वर्षपछि चरा वर्षमै सकिएकाले आज बौद्धका चार ढोका खोल्ने भएको छ । आजको दिन दर्शनार्थीलाई चारै ढोकाबाट दर्शन गर्न दिइएको छ । सोनाम लोसार पर्वको अवशरमा आज नुवाकोटको विभिन्न स्थानमा साँस्कृतिक तथा सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।

मुख्य सोनाम लोसार पर्व आज भएपनि आसपासको दिनमा पनि विभिन्न सास्कृतिक कार्यक्रम गरी मनाइने गरिएको छ । सोनाम ल्होसार पर्वमा तामाङ समुदायले आफ्नो खाना, भेषभूषा, कला संस्कृति लगायतको प्रदर्शन तथा प्रबद्धन गरी उल्लासको साथ मनाइरहेको छ ।

चौथो नुवाकोट महोत्सवको आज दोश्रो दिन

१५, माघ, नुवाकोट । “चौथो नुवाकोट महोत्सव” सुरु भएको छ । शहरी विकास मन्त्री तथा नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित सासद् अर्जुननरसिंह केसीले महोत्सवको विशेष समारोहको बीच उद्घाटन गर्दै नुवाकोटमा रहेका कृषि उब्जनी, कला, सस्कृतिक तथा पर्यटकीय पहिचनको लागी प्रचार प्रबद्धनमा टेवा पुग्ने बताउनुभएको छ ।
उहाँले महोत्सवमा प्रस्तुत गरेको विभिन्न स्थानको झाँकी, पञ्चेबाजा, भजन तथा लाखे नाचले लुकेका सस्कृतिको पहिचान र औद्योगिक दृष्टिकोणले समेत महत्वपूर्ण योगदान पुग्ने बताउनुभएको छ । उहाँले नुवाकोटमा विकासको पूर्वाधारहरुको निर्मार्णहरु धमाधम भइरहेको समयमा यहाँ रहेको आर्थिक क्षेत्रको विकासको लागी महोत्सवले नुवाकोटमा औद्योगिक क्षेत्रको स्थापनाको लागी महत्व राख्ने बताउनुभएको छ ।

यस्तै, नुवाकोट महोत्सवको सम्बोधन गर्दै सांसद् तथा काँग्रेस नुवाकोट सभापति जगदिश्वरनरसिंह केसीले जिल्लामा उत्पादन भएका कृषि उब्जनी, हस्तकलाको सामाग्रिको बजार प्रबद्धनको लागी महोत्सव मार्फत नुवाकोटलाई आर्थिक रुपमा समृद्ध बनाउन तर्फ केन्द्रित गराउन सुझाव दिनुभएको छ ।

नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा नुवाकोटको बट्टार बसपार्कमा हिजोदेखि सुरु भएको महोत्सवमा आगामी २४ गतेसम्म ११ दिन सञ्चालन हुने संघका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिनुभएको छ । महोत्सव मार्फत नुवाकोटमा रहेका कृषि उब्जनीको प्रचार, साँस्कृतिक धरोहरको रुपमा रहेका ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका सम्पदाहरुको संरक्षण, पर्यटन प्रबद्धन, हस्तकलाबाट उत्पादित सामाग्रिको बजारिकरण, वातावरण संरक्षण सम्बन्धि जनचेतनामूलक प्रचारमा जोड तथा सचेतना जगाउने लक्ष्य राखिएको संघका अध्यक्ष कार्कीले बताउनुभएको छ ।

महोत्सवको उद्घाटनमा नुवाकोटमा रहेका क्रियाशिल राजनीतकि दल, वित्तिय तथा आर्थिक क्षेत्रका व्यक्तित्वहरु, सरकारी तथा निजी कार्यालयका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
“धार्मिक तथा ऐतिहासिक नुवाकोटको पहिचान, कला सस्कृति सम्बद्धन र समुन्नत नुवाकोट हाम्रो अभियान” भन्ने मूल नाराको साथ सुरु भएको महोत्सवको पहिलो दिन हिजो मौसममा देखिएको प्रतिकुलता र यातायात सञ्चालनमा पुगेको अबरोधले अपेक्षा गरेको भन्दा निकै कम अवलोकनकर्ताको सहभागिता रहेको थियो ।
दुई सय ५० स्टलमा कृषि उपजहरूको प्रदर्शनी तथा बिक्री, विज्ञान तथा उपयुक्त प्रविधिको प्रर्दशनी, लघु घरेलु हस्तकलाका सामग्रीहरूको बिक्री, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रतिभा प्रस्तुति, रेन्वो ट्राउट माछाको परिकारको बिक्री तथा प्रदर्शनी, ग्रामीण पर्यटन विकास हुने कार्यक्रम, त्रिशूली नदीमा, -याफ्टिङको सुविधा, हेलिकोप्टरमा नुवाकोट र रसुवाको भ्रमण लगायतको व्यवस्था मिलाइएको छ ।
महोत्सवमा भूकम्प प्रतिरोधी घरका नमुना प्रदर्शनी विशेषज्ञसहित परामर्शका साथै स्थानीय कलाकारले प्रस्तुती रहने सङ्घले जनाएको छ ।

चौथो नुवाकोट महोत्सवको लागी ६७ लाख ५० हजार रुपैयाँको कारोबार गर्ने योजना बनाइएको छ । विशुद्ध आर्थिक प्रबद्धनको लागी महोत्सव सञ्चालन गर्न लागिएकाले नाफा÷नोक्सान भन्दा पनि नुवाकोटमा उत्पादन भएका कृषि सामाग्रिको बजारीकरण, धार्मिक एंव सास्कृतिक सम्पदाको पर्बद्धन, पर्यटकीय स्थानको प्रचारमा जोड दिन केन्द्रित रहने लक्ष्य बनाइएको आयोजकले जनाएको छ ।

इजरायली जासुसको आरोपमा लेबनानमा दुई नेपाली महिला पक्राउ

काठमाडौं ।
दुई नेपालीलाई लेबनानले इजरायलका लागि जासुसी गरेको आरोपमा पक्राउ गरेको छ ।

जासुसीको आरोपमा दुई नेपालसहित अन्य तीन जना समेत पक्राउ गरिएको बताइएको छ ।

लेबनानको अन्तरिक सुरक्षा अधिकारीहरुले बताए अनुसार पक्राउ पर्ने दुबै नेपाली महिला हुन् । तर, उनीहरुको बारेमा केही खुलाइएको छैन ।

उनीहरुमाथि नेपालस्थित इजरायलको दूतावासको सिधा सम्पर्कमा रहेको आरोप लागेको छ ।

लेबनान जाने चाहनेहरुलाई सहयोग गर्ने नाममा इजरायली दूतावासको सम्पर्कमा पुर्‍याउने र इजरायलका लागि काम गर्न प्रोत्साहन गरेको आरोप उनिहरुमाथि छ ।

टर्कीको सरकारी समाचार एजेन्सी आनादोलुका अनुसार पक्राउ परेकाहरुलाई अदालतमा पठाइएको छ । यसबारे इजरायलले भने कुनै प्रतिक्रिया दिएको छैन ।

पश्चिम एसियाका मुलुकहरुसँग इजरायलको सम्वन्ध राम्रो छैन । अरबसँगको युद्धपछि खाडी मुलुकहरुमा इजरायललाई शत्रु शक्तिका रुपमा हेरिन्छ ।

ति देशहरुमा इजरायसँग सम्वन्धित र सम्पर्क रहेको व्यक्तिहरुलाई जासुशको आरोपमा देश निकाला तथा दण्ड र कैद सजाय दिने गरिएको छ ।

प्रचण्डले एयर मार्शल राख्न गरेको सम्झौता गद्दार र राष्ट्रघाती वैद्य माओवादी

काठमाडौं ।
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी०ले नेपाल आउने भारतीय जेट विमानमा भारतले एयर मार्शल राख्न पाउने गरी नेपाल सरकारले गरेको सम्झौता गद्दार र राष्ट्रघाती भएको बताएको छ ।

नेपाल आउने विमानमा भारतीय एयर मार्शल राख्ने कुरा नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता तथा राष्ट्रिय आत्मसम्मानमाथि गम्भीर आघात पुर्‍याउने प्रकृतिको भएको उसले बताएको छ ।

क्रान्तिकारी माओवादीले नेपाल सरकारको भारतीय सरकारसँग निकृष्ट साँठगाँठ भएको शंका समेत गरेको छ ।

गम्भीर प्रकारको राष्ट्रिय गद्दारी तथा राष्ट्रघात भएके भन्दै क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यद्वारा हस्ताक्षरीत विज्ञप्तिमा ‘तसर्थ हाम्रो पार्टी उक्त विषयबारे तथा सत्य सार्वजनिक गर्न र त्यस प्रकारका राष्ट्रघाती सम्झौताहरुलाई तत्काल खारेज गर्न सरकारसित जोडदार माग गर्दछ ।’ भनिएको छ ।

नेपालको अनुमतिबिना सगरमाथाको उचाई भारतले नाप्ने कुराप्रति माओवादी क्रान्तिकारीले आपत्ति जनाएको छ । उसले अनधिकृत रुपमा नेपाल आउने भारतीय टोलीलाई सगरमाथा प्रवेशमा रोक लगाउन पनि माग गरेको छ ।

दुबईमा सुरक्षा गार्डको तलब बृद्धि, नेपालीपनि लाभान्वित

दुबई ।
दुबईमा सुरक्षा गार्डको रुपमा काम गर्नेहरुको तलब बृद्धि हुने भएको छ । यो संगै हजारौंको संख्यामा सुरक्षा गार्डको रुपमा काम गर्ने नेपालीहरुपनि लाभान्वित हुने भएका छन् ।

नयाँ कानुन अनुसार सेक्युरिटी गार्डको तलब १४४० दिराम बाट बृद्धि भई १९२० दिराम पुग्ने छ ।

‘सेक्युरिटी इन्डस्ट्री रेगुलेटरी अथोरिटी’ 'सिरा' का अनुसार सुरक्षा गार्डहरुको मासिक न्यूनतम तलबमा अब न्युनतम १९२० हुनेगरि बृद्धि गरिने भएको छ ।

साथै कम्पनीहरुले सुरक्षा गार्डलाई राम्रो फिटनेश तालिम पनि दिनु पर्ने नियम राखिएको छ ।

दुबईमा मंगलबार आयोजित सुरक्षा सम्मेलनमा सिराका कार्यकारी निर्देशक खालिफा अल सेलिजले कमजोर तलबमानले कालान्तरमा सुरक्षा सेवाको गुणस्तर कमजोर बनाउने भन्दै समयमै तलवमान बढाउने निर्णय गर्नुपरेको बताएका छन् ।

‘हामी राम्रो गुणस्तर चाहन्छौं र सुरक्षा गार्डहरुलाई दुबईमा गर्व गर्ने बनाउँछौं । तर, उद्योगहरुलाई समय दिनुपर्छ, उनले भनेका छन् ।

सिराका कार्यकारी निर्देशक सेलिजले नयाँ तलबमान लागू गर्ने समयसीमा यो महिनाको अन्त्यसम्म तोकिएको जनाएका छन् ।

अयोग्यको बिल्ला भिराईएकी मिरा बनिन् २०१७ को सासही बर्ष व्यक्ति

एजेन्सी ।
नेपाली अल्ट्रा धाविका मीरा राईले ‘एड्भन्चर अफ दी इयर २०१७’ अर्थात ‘साहसी वर्ष व्यक्ति २०१७’ को उपाधि जितेकी छन् ।

नेशनल जियोग्राफी टेलिभिजन च्यानलले आयोजना गरेको विश्वभरका साहसिक ब्यक्तिको उपाधि धाविका राईले जितेकी हुन् ।

विश्वका १० असाधारण साहसिक सफलता प्राप्त गर्नेको सूचीबाट मिरा अनलाईन मतदानका आधारमा शीर्ष स्थानमा परेको नेशनल जियोग्राफिले जनाएको छ ।

‘मीरा कुनै समय चामलको बोरा बोकेर नेपालको पहाडतिर हिँडिरहकी हुन्थिन’ नेशनल जियोग्राफिले भनेको छ, ‘तर उनी एकपछि अर्को प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार जित्दै विश्वभरका महिलाका लागि आज प्रेरणाको स्रोत बनेकी छिन् ।’

जियोग्राफिकले १२ बर्षदेखि यो अवार्ड दिँदै आएको छ । साहसिक खेल, अन्वेषण, संरक्षण र मानवीय क्षेत्रलगायतमा काम गर्नेलाई अवार्ड दिइदै आएको बताईएको छ ।

अवार्डका लागि नेशनल जियोग्राफिकले मनोनयन गर्ने गर्छ । उत्कृष्ट दशपछि अनलाइन मतदान समेतका आधारमा बर्ष व्यक्तिको घोषणा हुनेगर्छ ।

भोजपुरमा जन्मिएकी २७ वर्षीया राई तत्कालीन नेकपा माओवादीकी लडाकु समेत हुन् । सेना समायोजनमा आयोग्य घोषित बनेपछि उनले अल्ट्रा धाविकाको रुपमा आफुलाई परिचित गराएकी थिइन ।

मीराले गत वर्ष फ्रान्समा भएको ८० किलोमिटरको विश्व मोन्ट ब्लंक म्याराथनमा पहिलो भएकी थिइन् भने गएको वर्ष हङकङमा भएको आइल्याण्ड ट्रेल रेसको उपाधि समेत जितेकी थिइन् ।

अनलाइन भोटर ! -भानुभक्त आचार्य

भर्खरै,
धाविका मीरा राइले
‘साहसी व्यक्ति’को उपाधी जितिन्,
टेरिया फौजा मगरले
इन्डियाबाट ट्रफी ल्याइन,
पुष्पा बस्नेत
सिएनएन सुपर हिरो बनिन् ।
गायकी ठिकैठिकै भएका
प्रशान्त तामाङ पनि
इन्डियन आइडल बने ।

बुझ्नु भो,
यो सबै हाम्रो भोटको कमाल हो
हाम्रा मान्छेहरु जितेका जितै छन्,
अहोरात्र खटेर
हामी दिएको दियै छौं ।
तपाइँलाई थाहै होला,
कुनै बेला,
चन्दा उठाएर
दार्जिलिङ पुगेर
प्रशान्तलाई भोट हाल्ने
हामी नै हौं ।
भोट हालेर जित्ने ठाउँमा
हामीले गोर्खाली वीरता,
राष्ट्रिय एकता
र नेपालीपन
सबै देखाएका छौं ।

अझ फेसबुकमा
‘डिसलाइक’ बटन छैन र पो,
डिसलाइक गरेर मोदीलाई
प्रधानमन्त्रीबाट हटाउन मिल्ने भए
हामी के–के गर्थिम् होला,
राजदूत रेलाई २४घन्टामै
बोर्डर कटाउथिम् होला,
साच्ची, फेसबुकबाटै
कालोमोसो पोत्न मिल्ने भए
कसलाई पहिले दल्थिम होला
हँ ?

बुझ्नुभो प्रधानमन्त्रीज्यू,
तपाइँले हैसियत नभाको भनेपनि
हामीले आफ्नो हैसियत बनाएकै छौं,
कम्तीमा अहोरात्र अनलाइन बसेको
उसै खेर गएको छैन ।
त्यसैले गर्वसाथ भन्छु
जहाँ भए पनि
म नेपालीका लागि
अनलाइन भोटर हुँ ।

सम्झिन्छु,
फेसबुकमा
लाइक गरेर, भोट दिएर,
मोबाइलबाट म्यासेज पठाएर
इमेल गरेर, क्लिक गरेर,
काठमाण्डु–हेटौडा फास्ट ट्रयाक बन्ने भैदिए,
पूर्व–पश्चिम रेल सरर चल्ने भए,
मेलम्चीको पानी धारामा तु–आउने भए,
अरुण तेस्रो तुरुन्तै बन्ने भए,
स्थानीय चुनाव गर्न सकिने भए
कसैका मृगौला र्फेन सकिने भए,
मृत्युशैयाबाट फर्काउन सकिने भए
हामी कति गर्दा हौं ।

नेताज्यू,
नेपाली भोट पाउनेहरु
सबैले जितेका छन्
तपाइँ बाहेक ।
हाम्रो भोट पाएर पनि
तपाइँ हारिरहनु भएको छ ।
तपाइँकै नालायकीले
बेरोजगार बनेका हामी
सधैं अनलाइन बस्न बाध्य छौं ।
यही पारा भइरह्यो भने,
अनलाइनमा भोट हाल्ने बाहेक
केही गर्न नसक्ने हुनसक्छौं ।
त्यसैले, खबरदार,
अनलाइनबाटै तपाइँलाई
महाभियोग लगाउनु नपरोस् ।

© भानुभक्त आचार्य, २०७३ माघ १४

सरकारको अर्को नौटंकीः स्थानीय तह पुनर्संरचना प्रतिवेदन आयोगमै फिर्ता

काठमाडौं,माघ १४ । जेठभित्र स्थानीय निकायको निर्वाचनलाई असम्भव बनाउँदै सरकारले स्थानीय तहको संख्या र सीमा निर्धारण गर्न गठित आयोगको प्रतिवेदनलाई आवश्यक परिमार्जनसहित पूर्णता दिन फिर्ता पठाउने तयारी गरेको  छ । आयोग प्रतिवेदनमा मधेसी मोर्चाको चर्को विरोध एवं सत्तारूढ कांग्रेस र माओवादी केन्द्रसमेत असन्तुष्ट देखिएपछि परिमार्जन गर्न आयोगमै फिर्ता पठाउने तयारी भएको हो ।

आयोग प्रतिवेदन सरकारले फिर्ता गरे स्थानीय तहको निर्वाचन पुरानै संरचनामा हुने वा चुनावै पर धकेलिने अन्यौल बढ्ने छ ।प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनभित्रै यो विषयमा मन्त्रिपरिषद्मा छलफल गरी निर्णयमा पुग्ने तयारी गरेको दाहाल निकट स्रोतले जनाएको छ ।

‘स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन सरकारले तोकेअनुसार नभए फेरि आयोगलाई नै फिर्ता गरी परिमार्जन गर्ने संवैधानिक अधिकार छ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सचिवले भने, ‘सोही आधारमा सरकारले दलहरूको असन्तुष्टि सम्बोधन गर्ने गरी फिर्ता पठाउने विषयमा छलफल गरेको हो ।’

संविधानमा स्थानीय तह पुनर्संरचना आयोगले पेस गरेको प्रतिवेदनलाई सरकारले परिमार्जन गर्नसक्ने अधिकार छैन । आयोग गठन हुँदा दिएको आधार र मापदण्डअनुसार स्थानीय तहको सीमा र संख्या निर्धारण नभएको भए पुनः फिर्ता गरेर संशोधन गराउनसक्ने अधिकार छ ।

संविधानमा स्थानीय तहको सीमा र संख्या तोक्ने अधिकार सरकारलाई नभई सोही आयोगलाई छ ।

‘आयोगको प्रतिवेदन स्वीकार गरे त्यो लागू भएको मानिन्छ’, ती सचिवले भने, ‘सरकारले आफूले दिएको मापदण्ड र आधारअनुसार नभएको पाए फिर्ता पठाएर परिमार्जन गराउन सक्छ तर अस्वीकार गर्न सक्दैन ।’

संविधानमा स्थानीय तहको संख्या र सीमा उक्त आयोगले निर्धारण गर्ने उल्लेख भए पनि गाउँपालिका र नगरपालिकाको वडा निर्धारण संघीय कानुनअनुसार हुने उल्लेख छ । त्यसैले उक्त आयोगले पेस गरेको प्रतिवेदनलाई सरकारले स्वीकार गरी राजपत्रमा सूचना प्रकाशित गरेपछि मात्रै लागू भएको मानिन्छ ।

आयोगको समय फागुन मसान्तसम्म भएकाले पनि सरकार उक्त प्रतिवेदनमा देखिएका असन्तुष्टिलाई फिर्ता पठाएर समेट्ने तयारीमा जुटेको हो ।  ‘सरकारले आयोगमा फिर्ता नगर्ने हो भने त्यसलाई स्वीकार भएको मानिन्छ’, उनले भने, ‘त्यसैले मापदण्डअनुसार छ कि छैन भन्ने चेक गर्ने र त्यस्तो देखेमा पुनर्विचारका लागि फिर्ता गर्नसक्छ ।’

आयोगले ७ सय १९ गाउँपालिकाको संख्या र सीमा तोकेर प्रतिवेदन सरकारलाई बुझाएको थियो । आजको अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ । प्रधानमन्त्री दाहालले प्रतिवेदन तयार भए पनि बुझ्न नमानेर यसअघि झन्डै दुई साता ढिला भएको थियो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web