काठमाडौं ।
दुई नेपालीलाई लेबनानले इजरायलका लागि जासुसी गरेको आरोपमा पक्राउ गरेको छ ।

जासुसीको आरोपमा दुई नेपालसहित अन्य तीन जना समेत पक्राउ गरिएको बताइएको छ ।

लेबनानको अन्तरिक सुरक्षा अधिकारीहरुले बताए अनुसार पक्राउ पर्ने दुबै नेपाली महिला हुन् । तर, उनीहरुको बारेमा केही खुलाइएको छैन ।

उनीहरुमाथि नेपालस्थित इजरायलको दूतावासको सिधा सम्पर्कमा रहेको आरोप लागेको छ ।

लेबनान जाने चाहनेहरुलाई सहयोग गर्ने नाममा इजरायली दूतावासको सम्पर्कमा पुर्याउने र इजरायलका लागि काम गर्न प्रोत्साहन गरेको आरोप उनिहरुमाथि छ ।

टर्कीको सरकारी समाचार एजेन्सी आनादोलुका अनुसार पक्राउ परेकाहरुलाई अदालतमा पठाइएको छ । यसबारे इजरायलले भने कुनै प्रतिक्रिया दिएको छैन ।

पश्चिम एसियाका मुलुकहरुसँग इजरायलको सम्वन्ध राम्रो छैन । अरबसँगको युद्धपछि खाडी मुलुकहरुमा इजरायललाई शत्रु शक्तिका रुपमा हेरिन्छ ।

ति देशहरुमा इजरायसँग सम्वन्धित र सम्पर्क रहेको व्यक्तिहरुलाई जासुशको आरोपमा देश निकाला तथा दण्ड र कैद सजाय दिने गरिएको छ ।

23.01¡ÆC