जापान ।
जापानमा श्रम स्विकृति लिएर जापानी कम्पनिमा काम गर्ने बिदेशी कामदारको संख्या १० लाख नाघेको छ ।

जापानको श्रम मंत्रालयले गरेको एक सर्वेक्षणले २०१६ मा जापानी कम्पनीमा कार्यरत विदेशी कामदारको संख्या दश लाख नाघेको देखाएको हो ।

मन्त्रालयले विदेशी कामदारको संख्या पत्ता लगाउने उदेश्यले जापानभर संचालनमा रहेका कम्पनीहरुबाट जानकारी संकलन गरेको बताएको छ ।

मन्त्रालयले २०१६ को अक्टोम्बरमा जापानी कम्पनिमा कार्यरत विदेशी कामरदारको संख्या करिब १० लाख ८० हजारको बराबरीमा रहेको तथ्याङ्क निकालेको छ ।

यो तथ्यांक गत बर्षको तुलनामा १९.४ प्रतिशतले बढी हो । रोचक कुरा के भने जापानमा कार्यरत विदेशी कामदारको कुल संख्याको ३० प्रतिशत अर्थात ३ लाख ४४ हजार ६ सय ५८ जना चीनीयाँ कामदार रहेका छन् ।

त्यस बाहेक जापानमा १ लाख ७२ हजार १८ भियतनामी तथा १ लाख २७ हजार ५ सय १८ जना फिलिपिनी छन् ।

पछिल्लो समय जापानमा कामदारको माग उच्च भएको समयमा जापानी कम्पनिमा कार्यरत बिदेशी नागरिकहरुको संख्या सार्वजनिक भएको हो ।

19.29¡ÆC