काठमाडौं ।
निर्वाचनको लागि आवश्यक ऐन संसदमा अड्काएर प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन तयारी थाल्न प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई निर्देशन दिएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा स्थानीय तह निर्वाचनको मिति घोषणाको तयारीबारे छलफल भएको थियो ।

छलफलमा निर्वाचनको लागि तयार रहन भनेपनि प्रमुख आयुक्त यादवले चुनावसम्वन्धी विधेयकहरु नभएको बताएपछि प्रधानमन्त्री मौन बनेका थिए ।

आयुक्त यादवले विधेयकहरु पाउनासाथ आयोगले आफ्नो कामलाई त्रीव्र पार्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले वैशाख अन्तिमसम्म चुनाव गर्ने तयारी भइरहेको भन्दै निर्वाचन भएरै छाड्ने बताए । तर संसदमा विवादास्पद संविधान संशोधन विधेयक पेश गरेर संसद अवरुद्ध पार्दै आएका प्रधानमन्त्रीले निर्वाचन विधेयक अघि बढाउने बारे भने केही बोलेनन् ।

29.12¡ÆC