नेपालगञ्ज ।
नेकपा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधान संशोधन विधेयक फिर्ता लिएर तत्काल स्थानीय निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् ।

एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल बाँके शाखाले आज नेपालगञ्जमा गरेको कार्यक्रममा सचिव भट्टराईले सरकारले निर्वाचन गर्न नचाहेको आरोप लगाउँदै संविधान कार्यान्वयनमा सरकार गम्भीर नदेखिएको टिप्पणी गरे ।

स्थानीय निर्वाचनका लागि एमाले मात्रै गम्भीर रहेको दाबी गर्दै उनले एक बर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने बाध्यात्मक अवस्था हुँदाहुँदै पनि सरकार औचित्यहीन संविधान संशोधनको विषयमा अल्झेको आरोप लगाए ।

अब पनि निर्वाचनको मिति घोषणा नभए निर्वाचन नै नहुने खतरा बढ्ने उनको भनाई छ । सरकार आफैं संविधान असफल बनाउने बाटोमा हिंडेको सचिव भट्टराईको आरोप छ ।

25.12¡ÆC