The custody of Free Madhes Alliance Coordinator, Chandra Kant Raut (CK Raut), has been extended by 10 more days for ongoing investigation for organized crime against the state.

The Siraha District Court issued the order after demand for the same by Area Police Office, Lahan.

Deputy Superintendent of Police (DSP), Raj Kumar KC, said the court order will facilitate the extension of Raut's custody and help in gathering more evidence against him.

During a mass meeting held at Lahan of Siraha on January 18, Raut had made a statement calling for splitting Madhes and turning it into a separate country, following which the police filed charges of organized crime against the state.

काठमाडौं ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानले दिएको समय सीमाभित्र निर्वाचन गर्न छाडेर सरकार छलकपटमा केन्द्रित भएको आरोप लगाउनुभएको छ ।

आज झापाको दमकमा एमाले प्रदेश नम्बर १ को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्नुहँुदै अध्यक्ष ओलीले सरकार निर्वाचन नगराउने खेलमा लागेको बताउनुभयो ।

अध्यक्ष ओलीले माघ महिनाभित्रमा निर्वाचन घोषणा नगरिए मुलुकमा राजनीतिक सङ्कट आउने दाबी गर्नुभयो ।

कार्यक्रममा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले अहिलेको संविधानले सबैको मागलाई समेटेकाले संविधान संशोधन आवश्यक नरहेको बताउनुभयो ।

हिजोको निर्णयबाट जेठ निर्वाचनको वातावरण बन्योः यादव
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरकारको हिजोको निर्णयपछि अब जेठमा निर्वाचन गर्ने वातावरण बनेको बताउनुभएको छ ।

काठमाडौंमा रिपोर्टस् क्लबले आज गरेको अन्तरक्रियामा प्रमुख आयुक्त डा. यादवले अब आयोगको ध्यान निर्वाचनमा पूर्ण रुपमा केन्द्रित हुने बताउनुभयो ।

स्थानीय निर्वाचनका लागि मतदान केन्द्र कहाँ राख्ने, मतदान अधिकृत कसरी खटाउने, मतपत्र कस्तो हुने र कसरी छाप्ने लगायतका कुरा टुङ्गो लगाउनका लागि सरकारले पठाउने पत्र हेरेपछि थप कुरामा निर्णय लिन सकिने डा. यादवले बताउनुभयो ।

विधेयक पारित हुन एमालले दिँदैनः गच्छदार

मधेसी जनअधिकार फोरम लोकतान्त्रीकका अध्यक्ष बिजय कुमार गच्छदारले संसदमा पेश भएको संविधान संशोधन विधेयक एमालेले कुनै पनि हालतमा पारित हुन नदिने बताउनु भएको छ ।

आज राजविराजमा आयोजित कार्यक्रममा अध्यक्ष गच्छदारले एमालेका नेताहरुले विगतमा संबिधान संशोधन गर्ने प्रतिबद्वता जनाएपछि आफुहरु सकारमा गएको स्मरण गर्नुभयो ।

पर्वत ।
स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य मन्त्रालयले क्यान्सर रोगको निशुल्क उपचार गर्ने सम्बन्धि नीतिगत व्यवस्था तयार गरिरहेको बताउनुभएको छ ।

पर्वतको रानीपानी गाविसमा स्वास्थ्य चौकी भवनको उद्घाटन गर्नुहुँदै मन्त्री थापाले सरकारले सबै नेपालीलाई पैसााको अभावमा परेर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न लागेको जानकारी दिनुभयो ।

उहाँले अब प्रत्येक नेपालीको अनिवार्य रुपमा स्वास्थ्य बिमा गर्न लागिएको समेत जानकारी दिनुभयो ।

बीरगञ्ज ।
नारायणी उपक्षेत्रीय अस्पतालबाट अपरिचित एक महिलाले आज विहान जन्मिएको एक नवजात शिशुलाई चोरेर फरार भएपछि अस्पताल क्षेत्र आज दिनभर तनावग्रस्त भएको छ ।

आक्रोशित स्थानिय वासिन्दाले अस्पताल अगाडी टायर बालेर प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण वीरगंज रक्सौल सडक खण्ड अवरुद्ध भएको र प्रहरीको प्रयास पछि साँझ ६ बजेबाट सुचारु भएको छ ।

सुत्केरी महिलाको रेखदेखका लागि रहेकी निजकी आमा रमावती देवी पासवानलाई आफूले बच्चा खेलाउने आश्वासन दिदै सुत्केरीलाई आवश्यक पर्ने दुध पाउरोटी लिन पासवानलाई बाहिर पठाएपछि अन्दाजी ३०/३२ बर्षिय अज्ञात महिलाले शिशुलाई प्रसुति कक्षबाट चोरेर बेपत्ता भएको पीडितका आफन्तले बताएका छन् ।

प्रहरीले बच्चाको चोरी गरेको आशंकामा ४ जना महिलालाई नियन्त्रणमा लिएको छ ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिराजतमा राखि थप अनुसन्धान शुरु गरिएको पर्साका प्रहरी उपरिक्षक गोविन्द कुमार साहले बताउनु भयो ।

काठमाडौं ।
दण्डपाणी नन्दकुमारी अज्र्याल स्मृति पुरस्कार २०७३ संस्कृतिविद् डा. जगमान गुरुङलाई प्रदान गरिएको छ ।

प्रत्येक वर्ष प्रदान गरिने कदरपत्र सहित पच्चीस हजार रुपैया राशिको पुरस्कार आज काठमाडौंमा आयोजित कार्यक्रममा सवोच्च अदालतका वरिष्तम् न्यायधीश गोपालप्रसाद पराजुलीले संस्कृतिविद्् प्राध्यापक डा. गुरुङलाई प्रदान गर्नुभयो ।

त्यस अवसरमा ज्ञानबिन्दु दशौं अंकको लोकार्पण एवम् राजेन्द्र अर्यालको नियात्रा संग्रह माल्भा र सीता अयौलको आँशुको उपहार कथा संग्रहको पनि न्यायधीश पराजुलीले विमोचन गर्नुभयो ।

धनगढी ।
नेपाली सेना भूतपूर्व सैनिकको सुदूर पश्चिमाञ्चल स्तरीय सम्मेलन आज कैलाली जिल्लाको धनगढीमा सम्पन्न भएको छ ।

दुई दिनसम्म धनगढीमा भएको सम्मेलनको समापन गर्नुहुदै प्रधान सेनापति राजेन्द्र क्षेत्रीले राष्ट्रको माग अनुसार मातृभुमीको सेवाको लागि सैनिकहरु सदैव तयार रहने बताउनु भयो ।

प्रधान सेनापति क्षेत्रीले राष्ट्रिय अखण्डता, सार्वभौम सत्ता र राष्ट्रिय एकताका लागि नेपाली सेना सदैव एक भएर लाग्ने बताउनु भयो ।

नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सञ्चालन भएको सम्मेलनमा सुदूर पश्चिमाञ्चल विकास क्षेत्र अन्र्तगतको नौ वटा जिल्लाका करिव दुई हजार भूतपूर्व सैनिक तथा निबृत्तभरणमा रहेका परिवारजनहरुको उपस्थिति रहेको थियो ।

सम्मेलनको क्रममा एक हप्तासम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा भूतपूर्व, वहालवाला सैनिक तथा उनीहरु परिवार र गैर सैनिक व्यक्तिहरु समेत गरी करिव २३ सय जनालाई स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।

विराटनगर ।
गाउँमै प्रशोधन केन्द्र स्थापना भएपछि मोरङका सुपारी किसानले विगतमा भन्दा यसवर्ष राम्रो मूल्य पाएका छन् ।

प्रतिकिलो ११ रुपैयाँमा काँचो सुपारी बेच्दै आएका किसानले प्रशोधनपछि प्रतिकिलो १८ रुपैयाँ पाउन थालेका उर्लाबारीस्थित सुपारी प्रशोधन केन्द्रका सञ्चालक रामबाबु चौधरीले बताउनुभयो ।

मोरङको मधुमल्ला, उर्लाबारी, मङ्गलबारे, लेटाङ भोगटेनीलगायत एक दर्जनभन्दा बढी ठाउँमा प्रशोधन केन्द्रहरू सञ्चालित छन् भने मोरङको लेटाङ, उर्लाबारी, जाँते, मधुमल्ला, डाँगीहाट, बेलबारी, भोगटेनीलगायतका स्थानमा बढी मात्रामा सुपारीखेती गरिँदै आएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार मोरङमा ८ सय हेक्टरमा सुपारीको व्यावसायिक खेती भइरहेको छ ।

काठमाडौं ।
दृष्टिविहीन विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको छ ।

नेपालले दिएको १ सय १७ रनको लक्ष्य पाकिस्तानले ७ ओभर ५ बलमै भेट्टाएको हो ।

भारतको नयाँ दिल्लीमा भएको खेलमा नेपालका रमेशबहादुर बाँनियाले ३१ बलमा १५ रन, सुनिल राना मगरले ४० बलमा ४० रन र लोकबहादुर थापाले १५ बलमा १० रन बनाए ।

जवाफी ब्याटिङमा आएको पाकिस्तानका लागि मति उल्लाहले ३५ बलमा ५० रन साथै रियासद खानले २० बलमा ५६ रन बनाए । १४ दशमलव ९४ को औषतमा रन बनाएको पाकिस्तानी ब्याटिङका सामु नेपाली बलर निरीह बने ।

यसअघि बिहीबार नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको थियो ।

नेपाल बुधबार बंगलादेशसँग ५९ रनले तथा मंगलबार अष्ट्रेलियासँग १० विकेटले हारेको थियो । नेपालले शनिबार वेष्ट इन्डिजसँग खेल्नेछ ।

टोकियो ।
जापान सरकारले बिवाहको लागि न्युनतम उमेर बढाएर १८ बर्ष पुर्याउने तयारी गरेको छ । जापानी अधिकारीहरुका अनुसार यसअघि दोस्रो विश्व युद्धको सन्दर्भमा विवाह गर्ने उमेर कम राखेर १६ बर्ष बनाइएकोमा हाल सम्म त्यहि नै रहेको थियो ।

दोस्रो विश्वयुद्धपछि लागु पुरानो नियम अनुसार पुरुषको हकमा १७ र महिलाको हकमा १५ बर्षमा परिवारको स्विकृतिमा विवाह गर्न पाउने कानुनी प्रावधान रहेको छ ।

अब विवाहको लागि १८ देखि २० वर्ष हुनुपर्ने प्रावधान राख्न लागिएको सरकारी अधिकारीहरुलाई उदृत गर्दै क्योदो समाचार संस्थाले उल्लेख गरेको छ ।

तर सन् २०१५ मा दर्ता भएका विवाहमा ०.२ प्रतिशतले मात्र १७ को उमेर समूहमा विवाह गरेको र यो ज्यादै न न्युन भएको बताइन्छ । यो प्रतिशत पछिल्ला बर्षहरुमा निरन्तर कम हुँदै गएको सरकारी तथ्यांक छ ।

विभिन्न व्यक्तिहरुले भने संयुक्त राष्टसंघमा समेत आलोचना भएको विवाह गर्ने उमेरमा पुरुष र महिलाको घटि बढि हुन असमानता भएको भन्दै समान गर्न आग्रह गर्दै आएका छन् ।

संयुक्त राष्टंसघको समानताको सिद्धान्त अनुसार पनि विवाहको लागि महिला पुरुष समान उमेर राख्नुपर्ने र त्यस्तो उपयुक्त उमेर १८ बर्ष हुने भन्दै उनिहरुले सरकारलाई १८ बर्षमा विवाह गर्न पाउने नियम बनाउन दवाव दिइराखेको बताइएको छ ।

काठमाडौं ।
नेपाल टेलिकमले भोलिबाट प्रिपेड सिम प्रयोगकर्ताहरुलाइ पनि फोर जी सेवा दिने भएको छ ।

तत्कालका लागि काठमाडौं र पोखरामा दिन लागिएको जीएसएम प्रिपेडमा फोर जी चलेपनि यो सेवा विस्तार गर्दै लगिने टेलिकमले बताएको छ ।

फोर जी सेवा गत पुस १७ गतदेखि टेलिकमले काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई दिंदै आएको छ । पोष्टपेडमा फोर जी सेवा दिन थालेपछि पोष्टपेड सेवा लिने ग्राहकहरुको संख्या बडिरहँदा टेलिकमले प्रिपेड प्रयोगकर्तालाई पनि यो सुविधा दिन लागेको हो ।

टेलिकमले ३९ करोड रुपैयाँको प्रविधि लगानि गरेर काठमाडौंमा ३ सय ८ वटा बिटीएस टावरलाई अपग्रेड एवं पोखरामा ७९ वटा टावरको स्तरोन्नति सहित फोर जी सेवा थालेको हो ।

पोखरामा हाल लेकसाइड र न्युरोड क्षेत्रमा फोर जी सेवा उपलब्ध रहेको छ । टेलिकमका अनुसार फोर जीले अधिकतम् ३२.४ एमबीपीएस गतिको डाटा चल्छ भने यसलाई १०० एमबीपीएस बनाउन टेलिकमले ५ मेगाहर्ज ब्याण्डविथ थप गर्ने तयारी गरिरहेको छ ।

टेलिकमले तत्कालका लागि भने आइफोन सिक्स र सेभेन सिरिजमा भने यो सेवा सपोर्ट नगर्ने स्पष्ट पारेको छ ।

यसैबीच टेलिकमले कल रिङ ब्याक टोन 'सिआरबिटी' सेवा पनि भोलिबाटै पुन सुचारु गर्ने भएको छ ।

टेलिकमले वार्षिक उत्सवको अवसर पारेर नयाँ छुट र अफरको घोषणा भोलि गर्ने बताएको छ ।

काठमाडौं ।
तराईका जिल्लामा देश टुक्राउने अभिव्यक्ति दिंदै हिँड्दै आएका देशद्रोही सिके राउतलाई १० दिन थुनेर अनुसन्धान गर्न जिल्ला अदालत सिराहाले प्रहरीलाई अनुमति दिएको छ ।

बिहीबार जनकपुरबाट पक्राउ परेका राउतलाई आज अदालतमा उपस्थित गराइएको थियो ।

राज्य विरुद्धको संगठित अपराधमा मुद्धा चलाउने तयारीमा रहेको प्रहरीले अनुसन्धानका लागि १० दिनको म्याद पाएको हो ।

भारतीय इशारामा पश्चिमा देशको समेत सहयोग पाएर तराईका जिल्लामा देशद्रोही भावना फैलाउँदै हिँडेका राउतमाथि देशद्रोहको मुद्दामा आजिवन कारावास सजायको जनस्तरबाट व्यापक माग हुँदै आएपनि माओवादीका कतिपय नेता र तराई केन्द्रित दलहरुले खुलेरै बचाउ गर्दै आएका छन् ।

देश टुक्राउने अभिव्यक्ति दिंदै हिँड्दा अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्दै नयाँ शक्ति पार्टीका संयोजक रहेका बाबुराम भट्टराईले उनको बचाउ गरेका थिए भने प्रहरीले पक्राउ गर्दा उनलाई भेट्न हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रहरी खोरमा समेत पुगेका थिए ।

तराई केन्द्रित रहेका भारत परस्त अधिकाशं दल र तिनका नेताले सिके राउतको बचाउ गर्दै आएका छन् भने काँग्रेस भित्रका समेत शिर्ष नेताहरु उनको बचाउ तथा रिहाइको पक्षमा रहँदै आएका छन् । पछिल्लो समय भने नेकपा एमालेको नेतृत्व सिके राउतमाथि खनिंदै आएको छ ।

तत्कालिन समयमा पहिलो पटक पक्राउ पर्दा सिके राउत माथि कडा कारवाही र जेल सजायको मागमा नेकपा एमाले समेत मौन देखिएको थियो ।

कतिपय राजनीतिक विश्लेषकहरुले भने सिके राउतलाई केही समयका लागि पक्रेर विमानस्थलमा भारतीय सेनालाई एयर मार्शलका नाममा पुष्पकमल दाहाल सरकारले आउन दिने अनुमतिको बिरोध भइरहँदा यसलाई मोड्न पक्राउ गरिएको बताएका छन् ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले देशमाथिनै गम्भिर खतरा उत्पन्न हुनसक्ने खालको निर्णय मन्त्रिपरिषदबाट निर्णय गर्दै भारतीय बिमानमा हतियार सहितका भारतीय सेना नेपालको बिमानस्थलमा आउन पाउने अनुमति दिएको छ । जसको सत्ताधारी दलका केही नेता र विभिन्न पार्टी सहित जनस्तरमा व्यापक बिरोध भइरहेको छ ।

टोकियो ।
जापानमा अध्ययनको लागि आउने विदेशीले शरणार्थी बन्न आवेदन बढी दिने गरेको तथ्य सार्वजनिक भएको छ ।

जापान सरकारले २०१५ मा ७ हजार ५ सय ८६ जनाले शरणार्थी बन्न पाउँ भनेर दिएको निवेदन मध्ये नेपाली मात्रै १ हजार ८६ जना रहेको खुलासा गरेको छ । यसै बर्ष ईण्डोनेसियाका ९६९ जना टर्कीका ९२६ जना म्यानमारका ८०८ जना र भियतनामका ५७४ जनाले आवेदन दिएका थिए ।

जापानी संचारमाध्यमहरुले जापानी अधिकारीहरुलाई उदृत गर्दै उल्लेख गरे अनुसार सन् २०१६मा करिव १० हजार वढीको आवेदन दिएका थिए । यो अहिलेसम्मकै बढी आवेदन हो ।

अब शरणार्थी बन्न खोज्नेको छिनोफानो ६ महिनामै
शरणार्थी बन्न आवेदन दिनेको संख्या उच्च भएसँगै अध्ययागमन विभागले आगामी साताबाट नयाँ आवेदकको आवेदन ६ महिनाभित्रै टुंगो लगाउनेगरि काम थालेको जनाएको छ ।

नयाँ सफटवेरको माध्यमबाट आवेदन हेरेर विभिन्न समुहमा छुटयाउने र पुन आवेदन दिएकाको हकमा समेत कडाई गरेर ६ महिनाभित्र यस्ता आवेदनबारे निर्णय गर्ने भएको छ ।

अध्ययनका लागि आएकाहरुसँगै प्रशिक्षार्थी कामदारको भिषामा रहेकाहरुसमेत भागेर शरणार्थी आवेदन दिने क्रम बढेको छ ।

शरणार्थी बन्न आवेदन दिएकाले आफ्नो देशमा अशुरक्षा वा अन्य कारण भन्दापनि जापानमा राम्रो कमाई हुने भएकै कारण बस्न चाहेको पाइएको बताइन्छ ।

सन् २०१० मा १२ सय २ जनाले शरणार्थी आवेदन दिएकोमा २०१५ मा ७ हजार ५ सय ८६ हुँदै ०१६ मा १० हजार नाघेपछि जापानले शरणार्थी आवेदन दिने प्रक्रियामै कडाइ गर्न थालेको छ ।

आवेदन बढेपछि जापानले शरणार्थीको मान्यता दिएर २०१० यता जम्मा ३९ जनालाई स्विकृत दिएको बताइएको छ ।

पछिल्लो समय जापानले आप्रवासी र शरणार्थीहरुलाई जापान प्रवेशमा कडाइ र रोक लगाउने नयाँ नियमहरु बनाएसँगै जापानले पनि यसमा कदम चाल्ने ठानिएको छ ।

जापानले अध्ययन, भ्रमण, प्रशिक्षार्थी कामदार लगायतका प्रक्रियाबाट जापान आउनेहरुको लागि नयाँ नियम र शर्त सहित स्विकृत दिने अनुमान भइरहँदा शरणार्थी आवेदनमा कडाइ र दिएकालाई छिटो निर्णय गरि उनिहरुकै देश फिर्तीमा कानुनी बाटो अपनाउने जापानी धारणा सार्वजनिक भएको हो ।