सरकार निर्वाचन गर्न छाडेर छलकपटमा लाग्योः अध्यक्ष ओली

माघ २१, २०७३ मा प्रकाशित | 925 views

काठमाडौं ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानले दिएको समय सीमाभित्र निर्वाचन गर्न छाडेर सरकार छलकपटमा केन्द्रित भएको आरोप लगाउनुभएको छ ।

आज झापाको दमकमा एमाले प्रदेश नम्बर १ को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्नुहँुदै अध्यक्ष ओलीले सरकार निर्वाचन नगराउने खेलमा लागेको बताउनुभयो ।

अध्यक्ष ओलीले माघ महिनाभित्रमा निर्वाचन घोषणा नगरिए मुलुकमा राजनीतिक सङ्कट आउने दाबी गर्नुभयो ।

कार्यक्रममा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले अहिलेको संविधानले सबैको मागलाई समेटेकाले संविधान संशोधन आवश्यक नरहेको बताउनुभयो ।

हिजोको निर्णयबाट जेठ निर्वाचनको वातावरण बन्योः यादव
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरकारको हिजोको निर्णयपछि अब जेठमा निर्वाचन गर्ने वातावरण बनेको बताउनुभएको छ ।

काठमाडौंमा रिपोर्टस् क्लबले आज गरेको अन्तरक्रियामा प्रमुख आयुक्त डा. यादवले अब आयोगको ध्यान निर्वाचनमा पूर्ण रुपमा केन्द्रित हुने बताउनुभयो ।

स्थानीय निर्वाचनका लागि मतदान केन्द्र कहाँ राख्ने, मतदान अधिकृत कसरी खटाउने, मतपत्र कस्तो हुने र कसरी छाप्ने लगायतका कुरा टुङ्गो लगाउनका लागि सरकारले पठाउने पत्र हेरेपछि थप कुरामा निर्णय लिन सकिने डा. यादवले बताउनुभयो ।

विधेयक पारित हुन एमालले दिँदैनः गच्छदार

मधेसी जनअधिकार फोरम लोकतान्त्रीकका अध्यक्ष बिजय कुमार गच्छदारले संसदमा पेश भएको संविधान संशोधन विधेयक एमालेले  कुनै पनि हालतमा पारित हुन नदिने बताउनु भएको छ  ।

आज राजविराजमा आयोजित कार्यक्रममा  अध्यक्ष गच्छदारले एमालेका नेताहरुले विगतमा संबिधान संशोधन गर्ने प्रतिबद्वता जनाएपछि आफुहरु सकारमा गएको स्मरण गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web