बच्चा जन्माउन नपाउँदै चोरिएपछि बीरगञ्ज तनावग्रस्त

माघ २१, २०७३ मा प्रकाशित | 895 views

बीरगञ्ज ।
नारायणी उपक्षेत्रीय अस्पतालबाट अपरिचित एक महिलाले आज विहान जन्मिएको एक नवजात शिशुलाई चोरेर फरार भएपछि अस्पताल क्षेत्र आज दिनभर तनावग्रस्त भएको छ ।

आक्रोशित स्थानिय वासिन्दाले अस्पताल अगाडी टायर बालेर प्रदर्शन गरेका थिए  । प्रदर्शनका कारण वीरगंज रक्सौल सडक खण्ड अवरुद्ध भएको र प्रहरीको प्रयास पछि साँझ ६ बजेबाट सुचारु भएको छ ।

सुत्केरी महिलाको रेखदेखका लागि रहेकी निजकी आमा रमावती देवी पासवानलाई आफूले बच्चा खेलाउने आश्वासन दिदै सुत्केरीलाई आवश्यक पर्ने दुध पाउरोटी लिन पासवानलाई बाहिर पठाएपछि अन्दाजी ३०/३२ बर्षिय अज्ञात महिलाले शिशुलाई प्रसुति कक्षबाट चोरेर बेपत्ता भएको पीडितका आफन्तले बताएका छन् ।

प्रहरीले बच्चाको चोरी गरेको आशंकामा ४ जना महिलालाई नियन्त्रणमा लिएको छ ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिराजतमा राखि थप अनुसन्धान शुरु गरिएको पर्साका प्रहरी उपरिक्षक गोविन्द कुमार साहले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web