आज भएको विश्वकप क्रिकेटमा नेपाली टोली पाकिस्तानसँग १० विकेटले पराजित

माघ २१, २०७३ मा प्रकाशित | 935 views

काठमाडौं ।
दृष्टिविहीन विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको छ ।

नेपालले दिएको १ सय १७ रनको लक्ष्य पाकिस्तानले ७ ओभर ५ बलमै भेट्टाएको हो ।

भारतको नयाँ दिल्लीमा भएको खेलमा नेपालका रमेशबहादुर बाँनियाले ३१ बलमा १५ रन, सुनिल राना मगरले ४० बलमा ४० रन र लोकबहादुर थापाले १५ बलमा १० रन बनाए ।

जवाफी ब्याटिङमा आएको पाकिस्तानका लागि मति उल्लाहले ३५ बलमा ५० रन साथै रियासद खानले २० बलमा ५६ रन बनाए । १४ दशमलव ९४ को औषतमा रन बनाएको पाकिस्तानी ब्याटिङका सामु नेपाली बलर निरीह बने ।

यसअघि बिहीबार नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको थियो ।

नेपाल बुधबार बंगलादेशसँग ५९ रनले तथा मंगलबार अष्ट्रेलियासँग १० विकेटले हारेको थियो । नेपालले शनिबार वेष्ट इन्डिजसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web