प्रशोधन केन्द्र गाउँमा भएपछि सुपारिको राम्रो मुल्य

माघ २१, २०७३ मा प्रकाशित | 1036 views

विराटनगर ।
गाउँमै प्रशोधन केन्द्र स्थापना भएपछि मोरङका सुपारी किसानले विगतमा भन्दा यसवर्ष राम्रो मूल्य पाएका छन् ।

प्रतिकिलो ११ रुपैयाँमा काँचो सुपारी बेच्दै आएका किसानले प्रशोधनपछि प्रतिकिलो १८ रुपैयाँ पाउन थालेका उर्लाबारीस्थित सुपारी प्रशोधन केन्द्रका सञ्चालक रामबाबु चौधरीले  बताउनुभयो ।

मोरङको मधुमल्ला, उर्लाबारी, मङ्गलबारे, लेटाङ भोगटेनीलगायत एक दर्जनभन्दा बढी ठाउँमा प्रशोधन केन्द्रहरू सञ्चालित छन् भने मोरङको लेटाङ, उर्लाबारी, जाँते, मधुमल्ला, डाँगीहाट, बेलबारी, भोगटेनीलगायतका स्थानमा बढी मात्रामा सुपारीखेती गरिँदै आएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार मोरङमा ८ सय हेक्टरमा सुपारीको व्यावसायिक खेती भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web