टोकियो ।
जापान सरकारले बिवाहको लागि न्युनतम उमेर बढाएर १८ बर्ष पुर्याउने तयारी गरेको छ । जापानी अधिकारीहरुका अनुसार यसअघि दोस्रो विश्व युद्धको सन्दर्भमा विवाह गर्ने उमेर कम राखेर १६ बर्ष बनाइएकोमा हाल सम्म त्यहि नै रहेको थियो ।

दोस्रो विश्वयुद्धपछि लागु पुरानो नियम अनुसार पुरुषको हकमा १७ र महिलाको हकमा १५ बर्षमा परिवारको स्विकृतिमा विवाह गर्न पाउने कानुनी प्रावधान रहेको छ ।

अब विवाहको लागि १८ देखि २० वर्ष हुनुपर्ने प्रावधान राख्न लागिएको सरकारी अधिकारीहरुलाई उदृत गर्दै क्योदो समाचार संस्थाले उल्लेख गरेको छ ।

तर सन् २०१५ मा दर्ता भएका विवाहमा ०.२ प्रतिशतले मात्र १७ को उमेर समूहमा विवाह गरेको र यो ज्यादै न न्युन भएको बताइन्छ । यो प्रतिशत पछिल्ला बर्षहरुमा निरन्तर कम हुँदै गएको सरकारी तथ्यांक छ ।

विभिन्न व्यक्तिहरुले भने संयुक्त राष्टसंघमा समेत आलोचना भएको विवाह गर्ने उमेरमा पुरुष र महिलाको घटि बढि हुन असमानता भएको भन्दै समान गर्न आग्रह गर्दै आएका छन् ।

संयुक्त राष्टंसघको समानताको सिद्धान्त अनुसार पनि विवाहको लागि महिला पुरुष समान उमेर राख्नुपर्ने र त्यस्तो उपयुक्त उमेर १८ बर्ष हुने भन्दै उनिहरुले सरकारलाई १८ बर्षमा विवाह गर्न पाउने नियम बनाउन दवाव दिइराखेको बताइएको छ ।

17.12¡ÆC