जापानमा पत्रकारिता गरिरहेकालाई सदस्यता लिन महासंघले आवेदन खोल्यो

टोकियो ।
पत्रकारिता गरिरहेकाहरुलाई महासंघमा आवद्ध हुनको लागि नेपाल पत्रकार महासंघ जापान शाखाले सदस्यता आवेदन आव्हान गरेको छ ।

नेपाल पत्रकार महासंघको केन्द्रिय महाधिवेशनलाई मध्यनजर गर्दै जापान महासंघको सदस्यता लिन चाहनले तल उल्लेखित विवरण अनुसारका कागजात सहित आवेदन दिन अनुरोध गरिएको महासघं जापान अध्यक्ष तिलक मल्लले जानकारी दिनुभयो ।
महासंघको केन्द्रिय महाधिवेशन आगामी मे को पहिलो साता हुँदै छ । नियमानुसार  त्यस अगावै जिल्ला शाखा, बैदेशिक शाखा र एसोसियट संस्थाहरुको अधिवेशन गरिसक्नुपर्ने प्रावधान रहेको छ ।

यहि फेब्रुवरी महिना भित्र रितपूर्वकको निबेदन र लाग्ने सदस्यता शुल्क ५ हजार येन सहित आबेदन महासंघको जापान शाखाका पदाधिकारीलाई बुझाउन सकिने छ ।

तोकिएको मितिभित्र प्राप्त आबेदनहरु आवश्यक छानबिन गरी महासंघको केन्द्रिय कार्यालयमा पठाईने र केन्द्रले आवश्यक प्रक्रिया पुरा गरी सदस्यता प्रदान गर्ने प्रावधान रहेको छ ।

महासंघ जापान शाखाले बुझाएका आवेदन मध्ये पत्रकार सदस्यता वितरणको अधिकार भने नेपाल पत्रकार महासंघ केन्द्रसँग रहेको छ ।

पत्रकार महासंघ जापान शाखाले पत्रकार सदस्यता लिन बाँकी जापानमा क्रियाशील पत्रकार सहित महासंघको सदस्यता लिई जापान शाखामा आबद्ध हुन र यसअघि जिल्ला वा एसोसियट संस्थाबाट सदस्यता लिईसकेका पत्रकारहरुले पनि उक्त मितिभित्रै जापान शाखामा स्थानान्तरण गर्न अनुरोध समेत गरेको छ ।

नेपाल पत्रकार महासंघको नयाँ सदस्यता लिन निम्न लिखित कागजातहरु संलग्न गर्नुपर्नेछ

१. शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपी
२. कार्यरत मिडिया संस्थाको नियुक्ति पत्रको प्रमाणित प्रतिलिपी
३. अनुभव खुल्ने सिफारिश पत्र 'शैक्षिक योग्यता एसएलसी भए ३ वर्षको, प्रमाणपत्र भए २ वर्षको, स्नातक वा सो भन्दा माथिको भए १ वर्षको'
४. रेसिडेन्स कार्डको प्रतिलिपी
५. गएको वर्षमा प्रकाशित, प्रसारित समाचार सामग्रीको प्रतिलिपी

जापानमा २८५३ औं सोनामा ल्होछार सांस्कृतिक कार्यक्रम सहित मनाइदै

टोकियो ।
वौद्ध धर्मालम्बी तथा विभिन्न जातीहरुको महान चाड सोनाम ल्होछार २८५३ को अवसरमा जापानमा सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ ।

तामाङ भाषा, कला, संस्कृति र परम्पराको संरक्षण गरौं, २८५३ औं सोनाम ल्हाछार ज्या ल्हो भव्यताका साथ मनाऔं’ भन्ने नाराका साथ
विगतका वर्ष झैं यस वर्ष पनि नेपाल तामाङ समाज जापानले जापानमा कार्यक्रम गर्ने भएको छ ।

समाजले आगामी फेब्रुअरी १९ मा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिएको छ ।

समाजका सचिव हिमाल लामाले २८५२ औं टे प्रे ल्होलाई बिदाइ गर्दै २५५३औं ज्या ल्हो चरा वर्ग लाई स्वागत गर्दै सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गरी सोनाम ल्होसार मनाईन लागिएको बताए ।

प्रत्येक वर्ष एक एक वटा जनावरको गणना गर्दै १२ वर्षमा १२ वटा जनावरको चक्र फेरिने गर्दछ । ल्हो अथवा वर्ग फेरिनुलाई तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने प्रचलन छ । यो वर्ष बाँदर वर्गलाई विदाइ गरी चरा वा ज्या वर्गलाई स्वागत गरिँदैछ ।

कार्यक्रममा नेपालका चर्चित हास्यव्यङ्ग्य कलाकार बुद्धि तामाङ 'हैट', चर्चीत गायक तथा संगीतकार चन्द्रकुमार दोङ, गायिका निर्मला घिसिङ आउने भएको जानकारी दिइएको छ ।

टोकियो स्थित इता इताबासी कुमिङ सेन्टर हलमा आयोजना हुन लागेको सांस्कृतिक कार्यक्रममा सबै जापानवासी नेपालीहरुमा उपस्थितिको लागि आयोजकले अनुरोध समेत गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र अष्ट्रेलियाका प्रधानमन्त्रीबीच चर्काचर्की

काठमाडौं,माघ २१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अस्ट्रेलियाका प्रधानमन्त्री म्याकलम टर्नबुलबीच टेलिफोन वार्ताकै क्रममा चर्काचर्की भएको खुलासा भएको छ । राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री टर्नबुलबीच भएको वार्ताका क्रममा अस्ट्रेलियामा शरण मागिरहेको शरणार्थीलाई अमेरिकामा लैजानेबारे ओबामा प्रशासनले गरेको सम्झौताको विषयमा कुराकानी भएको थियो ।

टर्नबुलसँग भएको कुराकानीलाई ट्रम्पले अहिलेसम्मकै खराब कुराकानी भएको बताएका छन् । फेरि अमेरिकामा शरणार्थी बसाउने बारेमा भइरहेको कुराकानीका क्रममा चर्काचर्की भएपछि ट्रम्पले टेलिफोन काटेका थिए । आजको राजधानी दैनिकमा समाचार छ ।

ओबामा प्रशासनले अस्ट्रेलियामा शरण मागिरहेका १ हजार २ सय ५० शरणार्थीलाई अमेरिकामा प्रवेश दिने सहमति गरेको थियो । यी शरणार्थीलाई अस्ट्रेलियाले नारु र पपुवा न्युगिनीका जेलमा राख्नुपर्ने प्रस्तावलाई अस्वीकार गरेको थियो । त्यसपछि ट्रम्पले एक ट्विटमा लेखेका छन्, ‘म यो सम्झौतालाई अध्ययन गरिरहेको छु ।’

टर्नबुलले भने ट्रम्पले कुराकानी जारी रहने आश्वासन दिएको बताएका छन् । सिड्नी रेडियोसँग कुराकानी गर्दै उनले ट्रम्पले फोन राखेको खबर गलत भएको दाबी गरे । गत शुक्रबार राष्ट्रपति ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै मुस्लिम बहुल देशका शरणार्थीलाई अमेरिका प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएका थिए ।

विद्यार्थी नेता स्ववियु उम्मेदवार बन्न अयोग्य, अधिकांश नेता ३०देखि ४० वर्षका

काठमाडौं,माघ २१ । त्रिभुवन विश्वविद्यालयले २८ वर्षे उमेर हदबन्दी तोकेर स्ववियु चुनाव गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । ठूला विद्यार्थी संगठनका नेताहरु चुनावका लागि तयार पनि भइसकेका छन्, तर ती नेताहरु भने स्ववियुमा उम्मेदवार बन्न योग्य छैनन्। प्रायः सबै संगठनका पदाधिकारीले २८ वर्षे उमेर हदबन्दी पार गरिसकेका छन्। आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रमुख विद्यार्थी संगठनको नेतृत्वमा रहेका पदाधिकारीहरु ३० देखि ४० वर्ष उमेर समूहका छन्। केही विद्यार्थी नेताले भने ४० वर्ष उमेर पनि काटिसकेका छन्। नेविसंघका अधिकांश नेता ३५ देखि ४२ वर्षभित्रका छन् । अध्यक्ष नैनसिंह महरले आफू ४२ वर्ष पुगेको बताए । अनेरास्ववियुका पदाधिकारी अधिकांश ३० देखि ३५ वर्षभित्रका छन्। विद्यार्थी नेताहरु आफैंले बताएको उमेरअनुसार पदाधिकारीमा २६ वर्षदेखि सबैभन्दा बढी ३५ वर्ष उमेरका छन् ।

त्रिवि सभाले कायम गरेको उमेर हदबन्दीअनुसार स्ववियु चुनावमा उम्मेदवार हुन तीन संगठनका पदाधिकारीभित्रका चार नेता मात्र योग्य छन् । नेविसंघका १५ पदाधिकारीमध्ये एकजना मात्र २८ नकटेका छन् । अनेरास्ववियुमा अध्यक्षदेखि विभिन्न आयोग अध्यक्षसम्म्का १७ नेतामध्ये एक र अनेरास्ववियु क्रान्तिकारीमा महासचिवसम्मको २७ सदस्यीय कार्यालय टिममा एकजना मात्र २८ वर्षभन्दा कम उमेरका छन् । नेविसंघका कोषाध्यक्ष शिव रिमाल २८ वर्षमुनिका छन् । उनले आफू २७ वर्ष पुगेको दाबी गरे ।

सशस्त्र र नेपाल प्रहरीमा डिआईजीका लागि दौडधूप सुरु,कसले मार्ला बाजी ?

काठमाडौं,माघ २१ । नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख बन्न आकांक्षीहरूबीच अस्वाभाविक दौडधूप सुरु भएको छ । दुवै प्रहरी संगठनका प्रमुखले आगामी फागुन २ गतेबाट अनिवार्य अवकाश पाउने भएपछि आकांक्षीहरूले राजनीतिक लबिङ तीव्र पारेका हुन् । नेपाल प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले अवकाश पाएपछि ती दुई संगठनले फागुन ३ मा नयाँ महानिरीक्षक पाउनेछन् । दुवै संगठनको महानिरीक्षक बन्न हुँदै गरेका अस्वाभाविक दौड रोक्नुसट्टा प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्द्र निधिले आईजीपी बनाउने खेलमा लागेका व्यक्तिहरूलाई बिचौलिया बनाएर ‘सौदाबाजी’ गरिरहेको स्रोत बताउँछ । त्यसका लागि दाहाल र निधिका पारिवारिक सदस्यहरू नै सक्रिय रहेको स्रोतको दाबी छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

नेपाल प्रहरीका डीआईजीहरू नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारीमध्ये एकजना आईजीपी बन्नेछन् । सबै अतिरिक्त महानिरीक्षक (एआईजी) ले आईजीपी अर्यालसँगै अनिवार्य अवकाश पाउने भएकाले चारमध्ये एकले डीआईजीबाट सीधै प्रहरी महानिरीक्षक बन्ने सौभाग्य पाउनेछन् । सशस्त्रमा भने एआईजीहरू सिंहबहादुर श्रेष्ठ, प्रेम शाही र प्रकाश ओझामध्येबाट आईजीपी हुनेछन् । नेपाल प्रहरीका डीआईजी सिलवाल र सशस्त्रका एआईजी श्रेष्ठ पहिलो बरियतामा छन् ।

अन्तर्राष्ट्रिय समुदायलाई नेपालको स्पष्टीकरणः आतंवदविरुद्ध लड्न नेपाल सक्षम र सक्रिय

काठमाडौं,माघ २० ।भारतले आफ्ना निजी तथा सरकारी विमानमा सवार रहने हतियारधारी फौजी दस्ता (एयर मार्सल) का लागि नेपालमा बासस्थान मागिरहेको बेला नेपालले भने आतंकवादविरुद्ध लड्न आफू सक्षम र सक्रिय रहेको अन्तराष्ट्रिय समुदायसमक्ष स्पष्ट पारेको छ ।

काठमाडौंमा हालै सम्पन्न अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को एसिया सम्मेलनमा सन् २००४ (२०६० साल) यता अन्तर्राष्ट्रिय आतकंवादी संगठनका सदस्यविरुद्ध आफूले गरेको कारबाही विवरण प्रस्तुत गर्दै नेपालले आतकंवादविरुद्ध लड्न मात्र होइन, परास्तै गर्न सक्षम रहेको प्रमाण पेस गरेको हो ।

ब्युरोप्रमुख डिआइजी बमबहादुर भण्डारीले नेपालले अन्तर्राष्ट्रिय आतकंवादी संगठनका पछिल्ला घोषणाले उत्पन्न सम्भावित खतराविरुद्ध तयारीबारे जानकारी गराएको खुलाए । आजको नागरिक दैनिकमा समाचार छ । उनले नेपालको चारै सुरक्षा निकायको आतकंवादकेन्द्रित कार्यप्रणालीको सारांश र विगतका कारबाहीबारे जानकारी दिइएको पनि जनाउ दिए ।

स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न नपाउने यस्तो छ प्रावधान

काठमाडौं,माघ २० -नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको व्यक्ति स्थानीय तह निर्वाचनमा उम्मेद्वार हुन नपाउने भएको छ । दोस्रो संविधानसभा सदस्य निर्वाचनदेखि बहसमा रहेको विषयलाई संसद्को राज्य व्यवस्था समितिले स्थानीय निर्वाचनमा पनि लागू गर्ने गरी सहमति गरेको हो ।

राज्य व्यवस्था समितिबाट पारित भई बुधबार संसद्मा पेश भएको स्थानीय तह निर्वाचनसम्वन्धी विधेयकको प्रतिवेदन अनुसार जातीय भेदभाव, छुवाछुत र बोक्सीसम्वन्धी कसुरमा सजाय पाएको व्यक्तिसमेत सजाय भुक्तान गरेको तीन वर्षसम्म उम्मेद्वार हुन पाउँँदैन ।

बहुबिवाह कसुर प्रमाणित भएका व्यक्तिसमेत सजाय भुक्तान गरेको तीन वर्षसम्म स्थानीय निर्वाचनमा उम्मेद्वार हुन पाउने छैनन् । संगठित अपराधमा सजाय पाएका व्यक्ति पनि उम्मेद्वार हुन रोक लागेको छ । कर्तव्य ज्यान कसुरमा २० वर्षभन्दा कम सजाय पाई कैद भुक्तान गरेको ६ वर्ष पूरा नभएको व्यक्ति पनि अबको स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न पाउने छैनन् ।

राज्य व्यवस्था समितिले पारित गरी संसदमा पेश गरेको विधेयकको दफा १३ ९च० मा रहेको उम्मेद्वारको अयोग्यतासम्वन्धी व्यवस्थाअनुसार जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपासार, लागूऔषध, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग अपहरणसम्वन्धी कसुर वा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाई त्यो फैसला अन्तिम भएको व्यक्ति उम्मेद्वार बन्न पाउने छैन ।

प्रचलित कानुनले कसुर मान्ने अन्य कुनै पनि अपराधमा २० वर्ष वा सोभन्दा बढी कैद सजाय पाई फैसला अन्तिम भएको अवस्थाका व्यक्ति पनि निर्वाचनमा उम्मेद्वार बन्न पाउने छैनन् ।

यस्तै, संगठित अपराधसम्बन्धी कसुरमा कैद सजाय पाएको व्यक्तिले स्थानीय निर्वाचनमा उम्मेद्वारी दिन पाउने छैनन् ।

तर, ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम सजाय पाई सजाय भुक्तान गरेको ६ वर्ष पूरा भएपछि भने त्यस्ता व्यक्तिले निर्वाचनमा उम्मेद्वारी दिन सक्नेछन् ।

जातीय भेदभाव, छुवाछूत, बोक्सी, र बहुविवाह जस्ता आरोपमा कसुर प्रमाणित भई सजाय पूरा गरेको तीन बर्षपछि भने उम्मेद्वार बन्न पाउने व्यवस्थामा सहमति भएको छ ।

निर्वाचन कसुरसम्वन्धी संघीय कानुन अनुसार कारवाहीमा परेका व्यक्ति त्यस्तो कारवाही भुक्तान गरेको दुई बर्षपछि उम्मेद्वार बन्न सक्छन् ।

भवितव्यमा परी ज्यान सम्वन्धी अपराधमा सजाय पाएका व्यक्तिको हकमा भने कसुर अनुसार कैद भुक्तान गरेको तीन बर्षपछि निर्वाचनमा उम्मेद्वार बन्न पाउने व्यवस्था कानुनमा हुने भएको गोरखापत्र दैनिकमा समाचार छ ।

सर्वोच्चले द्वन्द्वकालीन घटना छानबिन गर्ने बाटो खोलिदियो, उजुरी मापदण्ड खारेज

काठमाडौं,माघ २०-सर्वोच्च अदालतले द्वन्द्वकालीन घटनाका अपराधमा छानबिनका लागि सत्यनिरुपण तथा मेलमिलाप आयोगले बनाएको मापदण्ड बुधबार खारेज गरिदिएको छ । मापदण्ड खारेज गर्ने सर्वोच्चको निर्णयसँगै आयोगले द्वन्द्वकालका सबै प्रकृतिका घटनाका उजुरीमा छानबिन गर्न आयोग बाध्य भएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय जगदीश शर्मा पौडेल र दीपककुमार कार्कीको संयुक्त इजलासले मापदण्ड खारेज हुने निर्णय सुनाएको हो ।आयोगले द्वन्द्वकालीन उजुरी तामेलीमा राख्नेसम्बन्धी मापदण्ड, २०७३ जारी गरेको थियो । उक्त माप दण्ड लागू भए आयोग स्वेच्छाचारी भई द्वन्द्वका नाममा भएका गम्भीर अपराधबाट उन्मुक्तिका लागि बाटो खुल्ने खतरा पैदा हुने दाबीसहित द्वन्द्वपीडितद्वारा सर्वोच्चमा रिट दायर भएको थियो । गत साउन ४ गते आयोबाट ऐनअनुसारको मापदण्ड तय भएको थियो । अाजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

मापदण्डलाई लिएर आयोग सदस्य डा. माधवी भट्टले विरोध जनाउँदै आएकी थिइन् । अध्यक्षसहित चारजना पदाधिकारीको बहुमतका आधारमा यो मापदण्ड जारी भएको थियो । सर्वोच्चले मापदण्ड खारेज गरे पनि पूर्ण फैसला आउन बाँकी छ । पूर्ण फैसलापछि आयोगलाई खुला रूप

आज माघ १९ अर्थात कालो दिन (ज्ञानेन्द्र शाहको सम्बोधनको पूर्ण पाठ सहित )

तत्कालीन राजा ज्ञानेन्द्र शाहले देशको शासन व्यवस्था आफ्नो हातमा ल्याएको दिन, आज माघ १९ । आजको दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा कालो दिनको रुपमा लिने गरिन्छ ।

२०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिनुभएको थियो । तत्कालीन राजतन्त्रले शासन सत्ता हत्याए लगत्तै मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित भएको थियो ।

त्यो माघ १९ पछि देशमा ठूल्ठूला परिवर्तन भएका छन् । २ सय ४० वर्षदेखिको राजतन्त्र समाप्त भएर गणतन्त्र आएको छ ।

नागरिकले संविधानसभाबाट आफ्नो लागि आफैले नयाँ संविधान बनाएका छन् । तर संविधान कार्यान्वयन भएर गणतन्त्र संस्थागत हुने हो कि होइन भन्ने चिन्ता कायमै छ ।

२०६१ माघ १९को शाही घोषणा

"प्यारा देशवासीहरू,

१. श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट प्रारम्भ गरिबक्सेको एकीकरण अभियानबाट निर्माण भएको नेपाल अधिराज्यमा लोकसम्मतिको आधारमा शासन व्यवस्था चलाउन हाम्रा पूर्वजबाट ऐतिहासिक महत्वका क्रान्तिकारी पाइला चालिबक्सेर देश र जनतालाई उज्ज्वल भविष्यप्रति आलोकित गरिबक्सेको सर्वविदितै छ। नेपालको एकीकरण, प्रजातन्त्रीकरण र आधुनिकीकरणको प्रत्येक मोडमा नेपाली जनता र राजा दुवै मिलेर निर्णायक भूमिका खेलेको इतिहास स्वयं साक्षी छ।

२. आज जनचाहनाबमोजिम देश र जनताका लागि शान्ति पुनःस्थापना गरी बहुदलीय प्रजातन्त्रको रक्षाका लागि फेरि एकपटक ऐतिहासिक निर्णयको घडीमा हामी आइपुगेका छौं। हत्या, हिंसा र विध्वंसले देशलाई विनाशको भिरालोमा पुर्‍याउँदा पनि देश र जनताको नाममा राजनीति गर्नेहरूले देश र जनताको हितप्रति आँखा चिम्लिन छाडेनन्। सत्ताका लागि हानाथाप, सत्ता पाएपछि राज्य संयन्त्रको दुरूपयोग तथा देश र जनताको मूल्यमा व्यक्तिगत वा समूहगत स्वार्थ पूरा गर्ने प्रतिस्पर्धाले परिस्थिति निरन्तर बिग्रने क्रम चली नै रह्यो। राजनैतिको नाममा कानूनी राज्यको सर्वमान्य मर्यादा पनि भंग गर्ने प्रयास भए। बहुदलीय प्रजातन्त्रको सार्थक अभ्यासद्वारा हाम्रा प्यारा जनताले सामाजिक, राजनैतिक एवं आर्थिक न्याय पाऊन् भन्ने हाम्रो चाहनाले मूर्तरूप लिन सकेन। जनहितमा निर्माण गरिएका विकासका पूर्वाधारसमेत ध्वस्त पार्नेजस्ता देश र जनविरोधी अपराध निरन्तर बढ्दै गए। आतंकवादविरुद्ध सम्पूर्ण प्रजातान्त्रिक शक्ति संगठित रूपमा प्रस्तुत हुनुपर्नेमा सत्ताको हानाथापमा लागेर सोझा कार्यकर्तालाई जनहितका लागि बनेका सुविधाहरू ध्वस्त पार्न उक्साउनुलाई नै नेताहरूले राजनैतिको नाम दिन थाले। यसरी निरन्तर बिग्रदै गएको अवस्थामा आतंककारी गतिविधिमा पूर्णविराम लगाएर शान्ति सुरक्षाको पुनःस्थापनाद्वारा जनचाहना पूरा गर्ने संकल्प लिनुपरेको छ।

प्यारा देशबासीहरू,

३. प्रजातन्त्र र प्रगति एक अर्काको परिपूरक हुन्। तर नेपालको विगत केही वर्षको तितो अनुभवले यसलाई असंगति सावित गर्ने चेष्टा गर्‍यो। सत्ताका लागि केन्द्रीत राजनीतिमा नै अल्मल्याएर बहुदलीय प्रजातन्त्रलाई अवमूल्यन गरियो। सरकार टिकाउने र फाल्ने होडमा संसदमा विकृति भित्र्याइयो। कुनै पनि प्रतिनिधिसभालाई आफ्नो अवधि पूरा गर्न दिइएन। प्रजातान्त्रिक प्रक्रिया बेथितिको निरन्तरताले अवरुद्ध हुन थाल्यो। जनताको आशा भंग गर्ने, भरोसा भत्काउने र प्रजातन्त्रमा नै वितृष्णा फैलाउने क्रम बढ्दै गयो। चुनाव गराउन नसकेपछि कसैप्रति पनि उत्तरदायी हुनु नपर्ने अप्रजातान्त्रिक सरकारको अभ्यास सुरु गर्ने तारतम्य मिलाउन खोजियो। जनप्रतिनिधिहरूको शून्यता सिर्जना गर्न सबै दल लिखित रूपमा एकजुट भए, तर यो शून्यता हटाउन मिलेर काम गर्न भने सहमत भएनन्। राजनैतिक दलहरूको संलग्नता र सहमतिमा भएको जनप्रतिनिधित्वबिनाको शासन व्यवस्थाको चाँजोपाँजो जनचाहना तथा बहुदलीय प्रजातन्त्रको मर्यादा अनुकुल थिएन। त्यसैले शीघ्रतिशीघ्र जनप्रतिनिधित्व प्रणालीलाई क्रियाशिल तुल्याउने उद्देश्यले प्रजातन्त्रमा निष्ठा राख्ने सबैलाई हामीबाट आह्वान गरिबक्सेका थियौं। आमजनता, जेठा नागरिक, नागरिक समाजका प्रतिनिधि तथा राजनैतिक दलका नेतालाई पटकपटक भेटेर जनमत बुझ्ने र जनचाहना तथा देशको आवश्यकता सम्झाउने प्रयास पनि गरिएकै हो। नेपाल र नेपाली जनताले भोग्नु परिरहेको अशान्ति र ध्वंसात्मक गतिविधिको अन्त गरी देशलाई शान्तिपूर्ण अवस्थामा फर्काउन अब ढिलो गर्नुहुँदैन भन्ने नेपाली जनता र नेपालका हितैषीहरूको एकमात्र चाहना भएको तथ्य पनि सम्झाइएकै हो। शान्ति सुरक्षा कायम गरी आमचुनाव गराउन विभिन्न दलका नेतालाई कार्यकारिणी अधिकारसहित मन्त्रिपरिषद् गठन गर्ने अवसर पनि पटकपटक दिइएकै हो। तर परिस्थितिमा सुधार आउन सकेन। मिलेर सरकार नचलाउने, सत्ता बाहिर जाने बित्तिकै सरकारको विरोधमा उत्रने संक्रामक रोगले राष्ट्रिय राजनीतिलाई सिकिस्त बनायो। प्रजातन्त्रसमक्ष आतंकवादले तेर्साएको एकदलीय निरकुंशताको चुनौतीलाई निष्तेज तुल्याउने गम्भीर प्रयास हुनै सकेन। राष्ट्रिय सुरक्षाका विषयमा हलुका टिप्पणी गर्ने बानी हटेन। देश र जनताको सुरक्षाका लागि रातदिन क्रियाशील रहने सुरक्षा निकायका कर्तव्यनिष्ठ अधिकारी तथा जवानको देशभक्तिको सत्प्रयासमा बल पुर्‍याउने जिम्मेवारपन दलहरूमा देखिएन। देश र जनताविरुद्ध चलिरहेको विनाशको दुष्कर्मलाई सदाका लागि अन्त गर्न बहुदलीय प्रजातन्त्रवादीहरूबीच देशहितको बिन्दुमा निष्ठापूर्ण एकता कायम हुन सकेन। दलहरूले जनचाहनाअनुसार राष्ट्रिय प्राथमिकता ठम्याउन पनि सकेनन्।

४. नेपाली जनताले इतिहासमा यस्तो आतंक, सास्ती र शोषण कहिल्यै भोग्नुपरेको थिएन। अपराधीहरूबाट नै दण्डित हुनुपर्ने, आफ्नो वैध सम्पत्ति अपराधीले कब्जा गर्दा पनि जनताका नाममा सत्तामा पुगेकाहरूबाट संरक्षण पाउन नसक्ने, जनताको प्रतिनिधित्व गर्छु भन्ने दलहरू जनताको पक्षमा नउभिने दुरावस्था कुनै पनि प्रजातन्त्रले कहिल्यै पनि भोग्नुपरेको थिएन। नेपाली जनताको चाहना र राष्ट्र हितलाई बेवास्ता गरी प्रायोजित भीडलाई अघि सारेर व्यक्ति वा झुन्डको दुराग्रहलाई राष्ट्रिय एजेन्डा बनाउन सकिंदैन। देश र जनताको भविष्यप्रतिको दायित्वबोधले धेरैपटक घच्घच्यायो। परिस्थिति एउटा यस्तो नाजुक मोडमा आइपुग्यो, जब देश र जनताको हितमा जनभावनाबमोजिम निर्णय लिन हामी बाध्य हुनै पर्‍यो।

प्यारा देशबासीहरू,

५. राजा र जनताबीचको घनिष्ट सम्बन्ध नै नेपालको स्वतन्त्रता, राष्ट्रिय एकता र निर्वाध सार्वभौमसत्ताको मुख्य कवच हो। देश र जनताको हितमा सदा समर्पित रहने राजसंस्था र देशभक्तिको संस्कार भएका जनता नै नेपाल अधिराज्यको इतिहासको गौरवमय परम्पराको निरन्तरतामा लोकसम्मतिअनुसार चल्नु नै राजसंस्थाको अपरिवर्तनीय प्रतिबद्धता रहँदै आएको छ। अधिनायकवाद वा निरंकुशता शाहवंशीय राजतन्त्रात्मक संस्कारकै असंगति हुन्। सामाजिक न्यायमा हामी विश्वास गर्दछौ। संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र नै सबै नेपालीको अटल विश्वास तथा अपरिवर्तनीय प्रतिबद्धता भएको तथ्यसँग हामीले आफूलाई आत्मसात गरेका छौ। शक्तिको केन्द्रीकरण प्रजातान्त्रिक मूल्यविपरीत हो भन्ने हाम्रो ठहर छ। माथिल्लो तहदेखि तल्लो तहसम्म निर्वाचित जनप्रतिनिधिहरूका निकायलाई शक्ति विकेन्द्रीकरणको सिद्धान्तअनुसार राज्य सञ्चालनको सच्चा हकदार बनाएरमात्रै प्रजातन्त्रको सार्थक अभ्यास गर्न सकिन्छ भन्ने हामीलाई लाग्छ। कुनै पनि नेपालीले दुःख कष्ट भोग्नु नपरोस, सबैले सामाजिक, आर्थिक र राजनैतिक न्याय निर्वाध पाऊन् भन्ने हाम्रो चाहना छ। शासन सञ्चालनमा आफ्नो चाहनाको पूर्ण मान्यता तथा आफ्नो हितको पूर्ण संरक्षण भएको अनुभूति जनताले सधैं गर्न पाउनै पर्छ भन्ने हाम्रो अडान छ। सबै देशभक्त प्रजातन्त्रवादीको संयुक्त निक्र्यौल, समझदारी र दूरदृष्टिबाट नेपाल अधिराज्यलाई परिपक्व प्रजातन्त्र र लोककल्याणकारी समाज निर्माणको फराकिलो राजमार्गमा उन्मुख गराउने हाम्रो चाहना छ। प्रजातन्त्रवादीहरूबीच राष्ट्रिय हितको मूल नीतिमा द्वन्द्व हुनै सक्तैन भन्ने हाम्रो ठहर छ।

६. नेपाल र नेपालीको हितका लागि दिगो शान्तिको पुनःस्थापना तथा सार्थक प्रजातन्त्रको अभ्यासबाहेक हाम्रो अरू कुनै स्वार्थ छैन। राजसंस्था सस्तो लोकप्रीयताबाट होइन, नेपाल राष्ट्र र नेपाली जनताको सर्वोत्तम हित र निरन्तर उन्नतिबाट मात्रै निर्देशित रहन्छ। जनताको प्रभावकारी सुधारको चाहनालाई सबैले सम्मान गर्नै पर्दछ भन्ने हामीलाई लाग्दछ। कसैलाई पनि आफ्नो असहमति व्यक्त गर्न, निराशा प्रदर्शन गर्न हतियार उठाउने बाध्यता महसुस गर्नु नपरोस। जनताको शान्ति नखल्बलाईकन प्रभावकारी ढंगमा असहमति प्रदर्शन गर्ने अवसरको सुनिश्चितता होस भन्ने हाम्रो चाहना छ। प्रजातन्त्रको निष्ठापूर्ण अभ्यास, सार्थक बजारमुखी अर्थतन्त्र, सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त विधिको शासन नै जनताको स्पष्ट चाहना हो। प्रजातन्त्रको माध्यमबाट जनतालाई सुखी बनाउनु, युवापुस्तालाई उज्ज्वल भविष्यप्रति आश्वस्त तुल्याउनु र नेपाललाई विश्व समुदायमा सम्मानपूर्ण स्थान दिलाउनु नै हाम्रो एकमात्र चाहना हो। हाम्रा सबै भाषा, सबै जाति, सबै संस्कृतिको समान उन्नतिबाट नै नेपाल अधिराज्यको विशिष्ट पहिचान कायम रहन्छ, सुदृढ रहन्छ।

७. सार्वभौमसत्ता निहित नेपाली जनताको चाहनाबमोजिम देशमा सकेसम्म शान्ति सुरक्षा कायम गरी २०६१ सालभित्र प्रतिनिधिसभाको निर्वाचन प्रारम्भ गर्ने दायित्व निर्वाहको गम्भीर प्रयास हुन सकेन, मतदाता र दललाई निर्वाचनमा सहभागी हुन तयार पारेर कानूनी, व्यवस्थापकीय, प्राविधिक तयारीमा जुट्नुपर्नेमा चुनावको शाब्दिक रट लगाएर, मौखिक तत्परता र आतुरता देखाउनमा नै समय खेर फालियो। राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकता बचाउन, देशमा शान्ति सुरक्षा कायम राख्न, देशलाई कुनै कारणबाट पनि बिग्रँदो स्थितिबाट बचाउने जिम्मेवारी पनि हामीमा भएकाले नेपाल अधिराज्यको संवैधानिक रीतिथिति र हामीबाट प्रयोग भई आएको राजकीय सत्ताको प्रयोग गरिबक्सी नेपाल अधिराज्यको संविधान, २०४७को मर्म र भावनाअनुरूप संविधानको धारा २७को उपधारा (३) लाई समेत विचार गरी देशमा शान्ति सुरक्षाको पुनःस्थापना तथा प्रजातान्त्रिक व्यवस्थालाई शीघ्र क्रियाशिल तुल्याउने जनताको चाहना पूरा गर्न हामीबाट वर्तमान मन्त्रिपरिषद् आजैबाट विघटन गरिबक्सेका छौं। अब गठन हुने मन्त्रिपरिषद् हाम्रै अध्यक्षतामा हुनेछ। आगामी ३ वर्षभित्र देशमा शान्ति सुव्यवस्था मिलाई प्रभावकारी सुधार गरेर बहुदलीय प्रजातन्त्रलाई पुनः सक्रिय तुल्याउन अब गठन हुने मन्त्रिपरिषद् प्राथमिकताका साथ लाग्नेछ।

प्यारा देशबासी,

८. सार्थक बहुदलीय प्रजातन्त्र नै जनताको प्रभावकारी शासन प्रणाली हो। सफल प्रजातन्त्र नै सक्कली जनवाद हो। यस्तो जनहितकारी, परिपक्व एवम् सुसंस्कृत र सभ्य व्यवस्थालाई खल्बलाएर, निर्दोष जनतालाई आतंकित तुल्याएर, जनतालाई त्रसित पारी जबरजस्ती चन्दा संकलन गरेर, असहमत हुनेहरूको निर्मम हत्या गरेर, विद्यार्थीहरूलाई अपहरण तथा गुरुहरूलाई पाशविक व्यवहार गरेर, सिधा जनतालाई झूटो आश्वासन र सपना बाँडेर, जनताको हितमा बनेका विकास योजना ध्वस्त पारेर चलाइएको देश र जनता विरोधी अपराध अब बन्द हुनै पर्दछ। अब यस्ता देश र जनता विरोधी अपराधलाई कानूनबमोजिम कडा कारबाही गरिनेछ। हाम्रा सुरक्षाकर्मीलाई देश र जनताको हितमा अझै बढी सशक्त भई आतंकवाद समाप्त गरी शान्ति सुरक्षा पुनःस्थापना गर्न खटाइएको छ। मानव अधिकारको सम्मान र संरक्षणमा राज्यका सबै अङ्ग विशेषरूपमा सतर्क र सजग रहनुपर्दछ। तर राज्य र आतंककारीलाई एउटै तराजुमा तौलिनु न्यायोचित हुंदैन। प्रजातन्त्रमा विश्वास गर्ने सबै शान्तिप्रेमी नेपाली जनताले शान्ति सुरक्षा कायम गर्ने कार्यमा सुरक्षाकर्मीलाई साथ दिएका छन् र दिने नै छन्।

९. बाटो बिराएर देश र जनताविरुद्ध हतियार उठाएका, शान्ति र प्रजातन्त्रविरुद्ध अपराधिक कार्यमा संलग्न रहेकालाई हतियार बुझाएर शान्तिपूर्वक राष्ट्रिय राजनैतिको मूलप्रवाहमा समाहित हुन हामी आह्वान गर्दछौं। देशभक्तिको मिलनविन्दुमा आफ्नो विचार मुखरित गर्न, आकांक्षा पूरा गर्न तथा देश र जनताको हितमा योगदान दिन सक्ने अवसरको सुनिश्चितता नै बहुदलीय प्रजातन्त्रको विशेषता हो। यो मौकाको उपयोग गरि राष्ट्रिय राजनैतिको मूल प्रवाहमा आउनेहरूका लागि राज्यका तर्फबाट सबै नागरिक सरह अवसर र अधिकार बिनाभेदभाव प्राप्त हुने आश्वासन दिन चाहन्छौ। देश र जनताविरुद्ध आतंककारी गतिविधि कायमै राखेमा जनताले सहने छैनन्, कानूनले छाड्ने छैन।

प्यारा देशबासी,

१०. आतंकवाद विरुद्ध नेपालको संकल्पलाई सराहना गर्दै उदारतापूर्वक साथ दिइरहेका मित्र राष्ट्र, विकास प्रयासलाई अगाडि बढाई राख्न सहयोग गरिरहेका अन्तर्राष्ट्रिय दातृ तथा वित्तीय संस्थालाई हामी धन्यवाद दिन चाहन्छौं। भौगोलिक रूपमा परिभाषित हुनै नसक्ने आतंकवादको जोखिमलाई आज विश्व प्रजातन्त्रले समेत भोग्नुपरेको छ। वास्तवमा सानो देश जति सुरक्षित रहन्छ, जति स्थायित्व अनुभव गर्छ, जति सम्पन्न हुन्छ, त्यति नै त्यस क्षेत्र र स्वयम् विश्वको सुरक्षा, स्थायित्व र सम्पन्नता सुनिश्चित हुन्छ भन्ने अनुभूति विश्व समुदायले गरी नै सकेको छ। यसै अनुकुल नेपाल आफ्नो हितमा र विश्व प्रजातन्त्रको हितमा आतंकवादलाई निष्तेज तुल्याउन कटिबद्ध भएको छ। नेपाल आफ्नो लागि शान्ति चाहन्छ, छिमेकीहरू र दक्षिण एसियाका लागि शान्ति चाहन्छ, विश्व शान्तिमा टड्कारो भइसकेको जोखिम हटाउन शान्ति चाहन्छ।

११. यसै क्रममा, बहुदलीय प्रजातन्त्रमा हाम्रो प्रतिबद्धता अपरिवर्तनीय रहेको तथा आर्थिक र संस्थागत सुधार जारी रहने, सार्वजनिक खर्चको उपयोग तथा सार्वजनिक सेवा प्रणालीमा सुधारका प्रयास अझै प्रभावकारी ढंगमा कायमै राखिने, बैंकिङ अनुशासन पुनर्बहाली गरिने, गरिबी न्यूनीकरणसम्बन्धी रणनीति तथा भ्रष्टाचारविरुद्ध प्रभावकारी कदम चालिने कुरा पनि उल्लेख गर्न चाहन्छौं। दिगो विकास अब नेपालको राष्ट्रिय एजेन्डा भएको छ। अब जनताको सुरक्षा र प्रजातन्त्रको भविष्यलाई जोखिममा पार्न दिइने छैन। नेपालविरुद्ध वा मित्रराष्ट्र विरुद्ध आतंकवादलाई नेपाली माटोमा आश्रय दिइने छैन। मित्रराष्ट्रहरूसँग वास्तविक र व्यवहारिक रूपमा आपसी हितका लागि सकारात्मक सम्बन्धमा जोड दिइनेछ।

१२. निरन्तर झांगिदै गएको भ्रष्टाचारले राजनीति र प्रशासनलाई दुषित बनाएकोमात्र होइन, प्रगतितर्फ अग्रसर हुनुपर्ने देशको पाइला पनि अवरुद्ध पारेको छ। भ्रष्टाचार हाम्रो समाजका लागि धमिरा सिद्ध भइसकेको छ। परिणामस्वरूप कानूनप्रति साधारण जनताको विश्वास धरमराउन थालेको छ। यसैले जनताको चाहना र सुशासनको प्रमुख आवश्यकता पूरा गर्न न्यायको सिद्धान्त उल्लंघन नहुने गरी भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम अविलम्ब चालिनेछ।

१३. प्रजातन्त्र जीवन शैली बनोस्, राजनीति प्रजातान्त्रिक मूल्य र मान्यताबमोजिम चलून्, सबैले सबै क्षेत्रमा प्रजातान्त्रिक विचार पद्धतिलाई इमानदारीपूर्वक अनुसरण गरून्, देश र जनताको हितले मात्रै सबैलाई सधैं निर्देशित गरोस् भन्ने नै हाम्रो चाहना हो। शान्तिपूर्ण वातावरणमा प्रजातान्त्रिक मूल्यहरूलाई जीवन्त तुल्याएर एक उन्नतशील एवम् विश्व समुदायमा सम्मानित नेपाल नै सबै नेपालीको भविष्यको परिकल्पना हो। मानव अधिकारको सम्मान र रक्षाले प्रजातान्त्रिक मूल्यको संरक्षण तथा प्रवर्द्धन गर्नेमात्र हैन, २१ औं शताब्दी सुहाउँदो जीवन प्रणाली र सभ्यताको पनि विकास हुन्छ भन्ने हाम्रो विश्वास छ।

प्यारा देशबासीहरू,

१४. हामीबाट गरिबक्सेको निर्णयबाट जंगी, निजामती र कुनै पनि राष्ट्रसेवकले आफ्नो जिम्मेवारी, काम र कर्तव्यबाट विचलित हुन वा अल्मलिनुपर्दैन। आज नेपाल र नेपालीको भविष्यका लागि सर्वप्रथम हामी आफैंले कम्मर कसी अघि बढ्नुपरेको छ। स्वतन्त्र सञ्चार क्षेत्र प्रजातन्त्रको चेतना वृद्धि गर्ने माध्यम हुन्। राष्ट्रिय हितको संवर्धनमा यसको विशेष भूमिका रहन्छ। शासन शैलीसँगै जीवन पद्धतिलाई नै प्रजातान्त्रिक मूल्य र आदर्शबाट प्रेरित बनाउन सञ्चार माध्यमले सशक्त योगदान दिनेछन् भन्ने हामीले विश्वास लिएका छौं। यसै कुरालाई मनन् गरेर बहुदलीय प्रजातन्त्रमा निष्ठा राख्ने सबैले आ-आफ्नो कर्तव्य पालन गर्नेछन र सबै देशबासीको साझा प्रयासबाट जनताको चाहना र देशको आवश्यकता पूरा हुनेछ भन्ने हामीबाट पूर्ण विश्वास लिएका छौ।

१५. आज देशले स्पष्ट अठोट गरेको छ। यस अनुकूल निर्णय पनि भएको छ। अशान्ति, असुरक्षा र द्वन्द्वग्रस्त अवस्थालाई बिसाएर देशले प्रजातन्त्र र प्रगतिको पक्षमा अग्रसर हुन पाइला सारेको छ। देश आतंकवादको चपेटामा परेको बेलामा सम्पूर्ण शान्ति तथा प्रजातन्त्रप्रेमी जनता एक हुनै पर्छ। यसैले अब हामी सामूहिक विवेकबाट प्रभावित हौं, राष्ट्रिय दृष्टिकोणबाट परिचालित हौं। देश र जनताको शान्ति सुरक्षामा खलल पार्ने, प्रजातन्त्रलाई सार्थक बनाउने प्रयासमा छेकबार हाल्ने दुष्प्रयासलाई देश र जनताले सहने छैनन्। तर उदारताको नाममा हामीले हाम्रो जीवन पद्धतिको उच्चतम पक्ष अनुशासनलाई कहिले पनि बिर्सनुहुँदैन। २१ औं शताब्दीको विचार पद्धति पनि यही नै हो। नेपालप्रति न्याय गर्न नसक्ने, जनताको सामूहिक विवेकमा विश्वास गर्न नसक्ने र शान्तिको पक्ष लिन नसक्नेलाई मातृभूमिको भार लाग्दछ भन्ने कुरा हामी फेरि दोहर्‍याउन चाहन्छौ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्।

जय नेपाल।"

कसले दियो देउवालाई चुनाव रोक्न दबाव ?

काठमाडौं,माघ १९ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागअनुसार संविधान संशोधन टुंग्याएरमात्रै निर्वाचन प्रक्रिया थाल्न आएको दबाबलाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई निर्वाचन मिति घोषणाका लागि निरन्तर रुपमा दबाब परिरहेका बेला बाह्य दबाब पनि आउन थालेपछि देउवाले ठाडै अस्वीकार गरेका हुन् । बाह्य प्रेरणा र मोर्चाको मागअनुसार संविधान संशोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने दिइएको दबाब अस्वीकार गर्दै सभापति देउवाले प्रधानमन्त्री दाहाललाई उल्टै निर्वाचन मिति तत्काल घोषणा गर्न दबाब बढाइरहेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

‘देउवालाई संविधान संशोधन गरेपछि मात्रै चुनावमा जान भनेर एउटा छिमेकी मुलुकको संस्थापन पक्षले दबाब दिइरहेको छ तर त्यसलाई मान्नुभएको छैन,’ उनी निकट स्रोतले भन्यो, ‘बरु त्यस्तो दबाबका बाबजुद उहाँ कुनै पनि हालतमा स्थानीय चुनाव गर्नुपर्छ भनेर लागिरहनु भएको छ ।’ बाह्य दबाबबारे एमाले शीर्ष नेताहरुसँग समेत कुराकानी भइरहेको जानकारी स्रोतले दियो । स्रोतका अनुसार स्थानीय निर्वाचनको सवालमा पछिल्लो समय प्रतिपक्ष नेकपा एमाले र कांग्रेसबीच समान धारणा बन्दै गएको छ ।

नेपाल भारतसँग राष्ट्रिय हितका मुद्दामा लम्पसार,चीनसँग चिसियो सम्बन्ध

काठमाडौं,माघ १९ । संसदको अन्तर्राष्ट्रिय तथा श्रम सम्बन्ध समिति सदस्यले वर्तमान असन्तुलित र कमजोर कुटनीतिका कारण चीन नेपालसँग सशंकित भएर टाढिएको भन्दै सरकारको तीव्र आलोचना गरेका छन् ।  समितिको मंगलबार बसेको बैठकमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र परराष्ट्रसचिव शंकरदास बैरागीसँग सांसदले सरकारको असन्तुलित र कमजोर कुटनीति सम्बन्धमा प्रश्न गरेका थिए ।

सरका भारतसँग राष्ट्रिय हितका मुद्दामा लम्पसार परेको तर अर्को छिमेकी चीनसँगको द्विपक्षीय सम्बन्धलाई बेवास्ता गरेको कुटनीतिक वृत्तमा टिप्पणी भइरहेका बेला समिति सदस्यले सरकारको छिमेकी राष्ट्रसँगको सम्बन्धबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘सरकारको असन्तुलित कुटनीतिबाट चीन अहिले नेपालसँग सशंकित भएर रिसाएको कुटनीतिज्ञहरुले बताइरहेका छन्,’ सांसद श्याम श्रेष्ठले भने । उनले चीनसँग पूर्ववर्ती सरकारका पालामा भएका सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले कार्यान्वयन गर्न चासो नदेखाएको बताए। बैठकमा सत्ताधारी गठबन्धनको प्रमुख घटक कांग्रेसका सांसद बलबहादुर केसीले यतिबेला भारत र चीन दुवै छिमेकीसँग नेपालको कुटनीतिक सम्बन्ध बिग्रेको बताए । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

सरस्वतीको पूजा–आराधना गरी श्रीपञ्चमी मनाइँदै

काठमाडौं,माघ १९ । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्या प्रारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।

उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ ।

सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिन्छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web